निर्णय नं. ६९३ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९३ - लेनदेन भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०१/१५ २७०३ निर्णय नं. ६९३ ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२८ सालको दे.विविध नं.५९५ फैसला भएको मिति : २०२९।१।२५।१ निवेदक : हेराकाजी डंगोल का.जि.लगनबहाल विरुद्ध विपक्षी : रत्नमान रञ्जितकार मरी मुद्दा सकार गर्ने तुल्सीमाया रंजितकार्नी का.लगनटोल मुद्दा : लेनदेन (१) कसरी उजूर गर्ने हदम्याद कायम गर्ने ? यसमा हिराकाजी डंगोलले रत्नमानलाई ०१३।८।५ मा बर्ष ८ को भाखाको दृष्टिबन्धकी पास गरिदिएको रहेछ सो तमसुकबमोजिम चलन नगरेको हुँदा कपाली भएको छ । निजले ब्याज बुझाएको ०२२ सालको ब्याज रू.९० कट्टा गरी बाँकी ब्याज र सावाँ पाउँ भन्ने दावीमा उक्त तमसुकबमोजिम उजूर गर्न वा १० बर्ष नाघेकोले भरिभराउ हुन नसक्ने भनी प्रतिवादी भएकोबाट दुवै पक्षले आफ्नो आफ्नो बहस पेश गरेका छन् । ०२४ साल पौष २० गते ५ फिराद परेपछि ०१३ साल मार्ग ५ गतेको तमसुक मितिबाट १० बर्ष नाघिसकेको लेनदेन व्यवहारको नं.२ को हद नाघिसकेको छ भन्ने बहसमा तमसुकको मितिदेखि ८ वर्षको भाखा तत्काल प्रचलित साहू आसामीको १३ नं.को ऐनअनुसार भएकोले ८ वर्षसम्म चलन गर्न नपाउने र त्यस मितिबाट २ वर्षभित्र चलन गर्दा १० बर्ष पुग्न जान्छ । १० वर्षसम्म चलन गर्ने म्यादै छ भने १० वर्षभित्र नालिस नपरेको हुनाले उजूर गर्न हद नाघिसकेको भन्न मिल्दो होइन भन्ने बहस भएकोमा यी दुवै पक्षको सहारा कुन ऐनले दिने हो भनी हेरिएको छ । ब्याज बुझाएको छैन भन्ने प्रतिवादीले इन्कार गरेकोले दुवैतर्फका मुख नमिलेको र लेनदेन व्यवहारको ५ नं.अनुसारको निस्साबेगर ब्याज बुझाएको भन्न मिल्दैन र तमसुक भएका मितिदेखि नै उजूर गर्ने हद १० वर्षको गणना हुन्छ किनभने लेनदेन व्यहारको २ नं.मा त्यस्तै लेखेको छ, तर त्यही ऐनमा भोग वा दृष्टिबन्धकी हदमा यसै महलको ३ नं. बमोजिम भन्ने वाक्य परेकोले तमसुक भएका मितिदेखि गणना गर्ने परिपाटी कपाली तमसुक भएकोमा मात्र रहेछ र प्रस्तुत मुद्दामा दृष्टिबन्धकीबाट भोग नगरी कपाली भएको र ८ वर्षको भाखासम्म दृष्टि चलन गर्ने वा आसामीलाई पक्रन नपाउने भएका अवस्था भएको छ । कपाली तमसुकमा तमसुक भएको मितिदेखि गणना गर्नलाई अपवाद रहेको छ । ती के हुन् भने भाखापत्र गराएको वा ब्याज असुल गराएको र तिनै कुरा भएको मितिबाट १० वर्षको म्याद पाउँछ । दृष्टिबन्धकीबाट भाखाभित्र चलन गरेन भने २ वर्षको म्यादभित्र चलन गर्न नालिस गर्नुपर्छ चलन गर्ने नालिस गर्ने भनी दृष्टिबन्धककै हालतमा तमसुक रहेछ भने त्यसबाट ८ वर्षको भाखा र चलन गर्न दुई वर्षसम्म १० बर्ष दृष्टिबन्धककै हैसियतमा रहन्छ भन्न १० वर्षभित्र नालिस नगरेको भनी दावा नलाग्ने गर्नु भएन, सो म्यादभित्र नालिस नदिएमा बन्धकी लिखत कपालीसरह हुन्छ भनी लेनदेन व्यवहारको नं.३ मा वाक्य परेको छ । बन्धकीबाट कपालीमा हुन पुगेको मिति त्यही हुन्छ जो भाखामाथि चलन गर्ने गर्न नदिएमा फिराद गर्ने दिन जोड्दा हुन्छ कपाली तमसुक त्यसै दिन भएकोले तमसुक भएको मितिबाट गणना गरेजस्तै त्यही मितिबाट १० वर्षको हदम्याद गणना गर्नुपर्छ । लेनदेन व्यवहारको २।३ नं.को माथि लेखिएको व्यवस्थाले ०१३ साल भाद्र ५ गतेबाट १० बर्ष २०२३ साल भाद्र ४ गते कपाली भएको हुँदा सो मितिबाट १० वर्षभित्र यो नालिस फिराद दायर हुन सक्छ । दृष्टिबन्धकी लिखतमा सयकडा १० ले ब्याज लेखिएको र साहूले चलन नगरी बन्धकी हक छाडेकोमा कपाली भएपछि साविक साहू आसामीको २६ नं.को आशय र (प्रचलित