निर्णय नं. ७७८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/06/14 २७६५ निर्णय नं. ७७८ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२९ सालको रि.फु.नं.३१ आदेश भएको मिति : २०३०।६।१४।३ निवेदक : चितवन रातापुर गा.पं.वार्ड नं.८ बस्ने बुधे महतो विरूद्ध विपक्षी : भूमिसुधार अधिकारी भू.प्र.ईकाई चितवन चितवन रातापुर गा.पं.वार्ड नं.८ बस्ने विकना महतोसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूल भएमा सच्याउन लगाई फिल्ड बुक दर्ता तेरिज ठिक गराई दर्ता बमोजिमको पूर्जा भूमिप्रसाशकले दिनेछ भन्ने उल्लेख भएकोमा जग्गा हकबेहकसम्बन्धी प्रश्न उपस्थित भएकोमा आफैंले त्यस कुराको निर्णय गर्न नपाउने । अदालतबाट हकबेहकको निर्णय गराई ल्याउनु सुनाउनु पर्ने । तत् सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा जग्गा (नापजाँच) प्रथम संशोधन ऐन, २०२४ द्वारा संशोधित दफा ८ (१) मा दर्ता पूर्जा पाएपछि चित्त नबुझ्ने व्यक्तिले दर्ता पूर्जा पाएको मितिले ४५ दिनभित्र तोकिएको अधिकारी समक्ष कारण सहित उजूर गर्न सक्नेसमेत व्यवस्था गरेको देखिन्छ । तर त्यस्तो उजूरीको निर्णय गर्ने सम्बन्धमा उक्त ऐन संशोधन भइसकेपछिको जग्गा (नापजाँच) (प्रथम संशोधन) नियमहरू, २०२४ को नियम ६ द्वारा संशोधित मूल नियम ७ को उपनियम (४) मा ऐनको दफा ८ को उपदफा (१) बमोजिम पर्न आएको उजूरीको छानविन गरी कुनै भूल भएमा सो सच्याउन लगाई फिल्डबूक दर्ता तेरिज ठिक गराई दर्ता बमोजिमको पूर्जा भूमिप्रशासकले दिनेछ भन्ने उल्लेख गरी भूल भएकोमा सच्याउनेसम्म कुराको उक्त अधिकारीलाई अधिकार प्रदान गरेको र सोही नियमको नियम ४ द्वारा संशोधित मूल नियम ५ को उपनियम (६) मा जग्गा नापजाँच हुँदा दुई वा सोभन्दा बढी व्यक्तिको बीच हकबेहक तेरो मेरो सम्बन्धी प्रश्न उठेमा वा त्यसरी नापजाँच हुनुभन्दा अगावै उठेकोमा अदालतबाट अन्तिम निर्णय भएबमोजिम त्यस्तो जग्गा सम्बन्धित व्यक्तिको नाममा दर्ता हुनेछ भन्ने व्यवस्था भएकाले ऐनको दफा ८(१) को प्रयोजनको लागि उपरोक्त संशोधित नियमको नियम ७(२) अनुसार तोकिएको अधिकारी समक्ष पर्न आएको उजूरी छानविन हुँदा भूलसम्म भएको देखिन नआई दुई पक्षका बीच जग्गा हकबेहक तेरो मेरोसम्बन्धी प्रश्न उपस्थित भएकोमा तोकिएको अधिकारी आफैंले त्यस कुराको निर्णय गर्न नपाउने, उपरोक्त नियम ५(६) अनुसार अदालतबाट हकबेहकको निर्णय गराई ल्याउन सम्बन्धित पक्षलाई सुनाई दिनुपर्ने प्रष्टै छ, यस्तै रि.फु.नं.२४ निवेदक कृष्णप्रसाद दाहाल विरूद्ध भूमिसुधार अधिकारी भूमिप्रशासन ईकाई चितवनको उत्प्रेषणको केशमा २०२९।१०।१७।३ को फुल बेञ्चबाट तेरो मेरो हकबेहक पर्न आएकोमा भूमिसुधार अधिकारीले हेरी निर्णय गर्न नपाउने हकबेहकमा सुनाई अदालतबाट अन्तिम निर्णय भएबमोजिम हुने भन्ने ठहर भइराखेको पनि छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : का.मु.सरकारी वरिष्ठ अधिवक्ता जोगेन्द्रप्रसाद श्रीवास्ताव उल्लिखित मुद्दा : (रि.फु.नं.२४ कृष्णप्रसाद दाहाल वि.भूमिसुधार अधिकारी भूमिप्रशासन ईकाई चितवन, उत्प्रेषण ) आदेश प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत केश २०२९।३।१५।४ को डिभिजन बेञ्चमा पेश हुँदा माननीय न्यायाधीशहरूको राय नमिली निर्णयार्थ सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क) अनुसार यस बेञ्चमा पेश हुन आएको रहेछ । २. तथ्