निर्णय नं. ६९४ - हर्जाना दिलाइपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९४ - हर्जाना दिलाइपाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०६/०१ ४७९३ निर्णय नं. ६९४ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुृर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी माननीय न्यायाधीश श्री जयदेव भट्ट माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२५ सालको देवानी फु.नं. ६१ फैसला भएको मिति : २०२८।६।१।६ निवेदक : का.जि. थापाथली बस्ने ज. तुंगशमशेर ज.ब.रा. मरी मु.स. गर्ने द्रोणशमशेर ज.ब.रा. विरुद्ध विपक्षी : इण्डियन एयरलाइन्स कर्पोरेशन, काठमाडौं मुद्दा : हर्जाना दिलाइपाउँ (१) मृत व्यक्तिका हकवालाहरू अधिकार आघात भएको व्यक्ति मानिन नसक्ने । यस्तो दुःखद हवाई दुर्घटनामा परेर आफ्नो नाति नातिना छोराछोरी समेत ८ जना बालबच्चाको एकैसाथ आकस्मिक मृत्यु हुन जानाले वादीहरूलाई मानसिक र आर्थिक आघात पुग्न जानु त स्वाभाविकै भयो तर यस्तो अवस्थामा उक्त नागरिक अधिकार ऐनको दफा १२ र दफा १७ (१) अनुसार मृत व्यक्तिको ज्यान वापतको क्षतिपूर्तिमा हकवालाको दावी लाग्न सक्ने नसक्ने के हो भन्ने कुरालाई उक्त दुवै दफाहरू संयुक्त रुपमा मनन गरी हेर्दा दफा १२ मा कुनै पनि व्यक्तिको भन्ने वाक्यांश राखी अधिकार पाउने व्यक्तिलाई संकेत गरेको र दफा १७ (१) मा कसैले कसैको भन्ने र अधिकार आघात भएको व्यक्तिलाई भन्ने वाक्यांश राखी जसको अधिकार आघात भएको छ उसै व्यक्तिलाई जनाएकोले उक्त दफाहरू अनुसार जसको अधिकार आघात भएको छ उसै व्यक्तिले दावी गर्नसक्ने स्थिति रहेको अवस्थासम्म त्यस्तो व्यक्तिले दावी गरी नालिस गरेकोमा अधिकार प्राप्त अदालतले ठहर गरेमा अधिकार प्राप्त अदालतले ठहर गरेबमोजिमको क्षतिपूर्ति दिनुपर्ने उक्त दफाहरूको मनसाय प्रष्ट हुन्छ । उक्त दफाहरूको तात्पर्यको लागि कानूनको अभावमा मृत व्यक्तिका हकवालाहरू अधिकार आघात भएको व्यक्ति मानिन नसक्ने हुनाले उक्त दफा १२ बमोजिम अधिकार हनन् भएकोमा मृत व्यक्तिको ज्यानवापतको क्षतिपूर्ति हकवालाले दावी गर्न पाउने उक्त दफा १७ (१) ले अधिकार दिएको देखिन आउँदैन । (प्रकरण नं. १६) (२) अंशमा अपुतालिको हकबाट ऐनले मर्नेको हकवालाका दायित्व सर्नसक्ने सम्पत्ति भर्नु भराउनु दिनु दिलाउनु चलन चलाउनुपर्ने कुरामा सम्म मुद्दा सकार गर्न पाउने अ.बं.२१८ को व्यवस्था । उक्त दफा १७ (१) अनुसार क्षतिपूर्ति पाउन सक्ने व्यक्तिको मृत्यु भए पनि तत्काल प्रचलित अदालती बन्दोबस्तको २१८ नं.मा ऐनले भर्नुभराउनु वा दिनु दिलाउनु चलन चलाउनु पर्नेसमेत मुद्दाको झगडिया मरेमा हकवालाले सकार गर्न पाउने व्यवस्था भइराखेकाले हकवालाले दावी गरी नालिस गर्न पाउने भन्ने तर्कका हकमा अंश या अपुतालीको हकबाट ऐनले मर्नेको हकवालामा दायित्व सर्न सक्ने सम्पत्ति भर्नु भराउनु दिनु दिलाउनु चलन चलाउनुपर्ने कुरामासम्म हकवालाले मुद्दा सकार गर्न पाउने उक्त अ.बं.२१८ नं.को व्यवस्था हो । मृत्यु भएको व्यक्ति जीवित रहँदा निजले नै व्यक्तिगत रुपबाट कारवाई चलाई दिलाई भराइलिन पाउने कानूनले हक अधिकार प्रदान गरिराखेकोमा त्यस्तो व्यक्ति मरेपछि त्यस्तो हकअधिकार ऐनमा प्रष्ट व्यवस्था भएको हुनुबेगर हकवालामा सर्न सक्दैन र मृत व्