निर्णय नं. ७७९ - घर चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७९ - घर चलन चलाई पाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/06/14 २६९१ निर्णय नं. ७७९ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२८ सालको दे.फु.नं. १३५ फैसला भएको मिति : २०३०।६।१४।३ मा निवेदक : का.न.पं. वार्ड नं.१० भोंसिको टोल बस्ने रूद्रमान श्रेष्ठ समेत विरूद्ध विपक्षी : ऐ.घर हाल का.जि.डिल्लीबजार बस्ने उमादेवी श्रेष्ठनी मुद्दा : घर चलन चलाई पाउँ (१) बन्धकी लेखिएको घर बन्धकी लिखत कायम छँदै चलन चलाई दिन कानूनले मिल्ने नदेखिने । यसमा चलन चलाई पाउँ भनी वादीले दावी लिएको घर वादीलाई चलन चलाई दिन मिल्ने नमिल्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ उक्त निर्णयको लागि दुवै पक्षले आधार लिएको पहिले परेको घर खिचोला मुद्दामा ०२५।९।२४ को डिभिजन बेञ्चबाट भएको निर्णय के कस्तो रहेछ भनी हेर्दा उमादेवीको नाउँबाट दर्खास्त परी उमादेवीका नाउँमा बनेका घर निजको मञ्जूरी बेगर बण्डापत्रमा अरूको भागमा पारेको सदर हुन नसक्ने एकाको नाउँमा बनेको घरमा अरूको पनि हक लाग्छ भन्न कानून व्यवहारले नमिल्ने भन्नेसमेत ठहर उल्लेख गरी उमादेवीको हक कायम गरेको भए पनि उमादेवीको लोग्ने सितलकाजीले रूद्रमानलाई गरी दिएको भनेको ०१३।८।१५ को बन्धकी लिखतको हकमा सो घर बन्धकीमा लिने साहूको बन्धकी बदर हुन्छ कि भन्नालाई उमादेवीले यसतर्फ बदर गरिपाउँ भनी उजूर बाजूरसमेत गरेको नदेखिँदा बन्धकी तर्फ अहिले अदालतले बोलिरहनु पर्ने अवस्था देखिँदैन भनी कुनै ठहर नगरेको देखियो आफ्नो घर अरूले बन्धकी लिखत पास गरी दिएको छ भने पनि बन्धकी लिखतबमोजिम सो घर बन्धकीवालाले नै भोगेको अवस्थामा सो लिखत बदर गराउनालाई कानूनबमोजिम नालेस उजूर गरेको भएमात्र उजूर गर्नेको हक देखिएमा बदर हुने स्थिति आउन सक्ने हो प्रस्तुत मुद्दामा सितलकाजीले रूद्रमानलाई गरी दिएको भनेको उक्त बन्धकी लिखत बदर गरिपाउँ भन्ने तर्फ वादीको कानून बमोजिमको दावी उजूर परेको नदेखिएको र कपाली भएको भन्ने भनाइको हकमा कपाली भएको कुनै कानूनी आधार प्रमाण देखाउँन पनि नसकेकीले यस्तो अवस्थामा त्यस्तो बन्धकी लेखिएको घर बन्धकी लिखत कायम छँदै वादीलाई चलन चलाई दिन कानूनले मिल्ने देखिँदैन, तसर्थ बन्धकी बदर नभएसम्म वा बन्धकी थैली बुझाउनु पर्नेेले नबुझाएसम्म वा बन्धकी लेखिएको घर वादीलाई चलन चलाई दिन नमिल्ने भनी बागमती अञ्चल अदालतले ०२७।१।१०।५ मा छिनेको इन्साफ मनासिव ठहर्छ, ०२८।२।१४।६ को डिभिजन बेञ्चले वादीलाई चलन चलाई दिने ठहराएको इन्साफ मिलेको देखिएन अरू तपसीलबमोजिम गर्नु । (प्रकरण नं. १०) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : वैतनिक वरिष्ठ अधिवक्ता दिनेशमान प्रधान उल्लिखित मुद्दा :  फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।८।१२।१ को हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मेरो दाइजो पेवाको ठहरी ०२५।९।२४ गतेको फैसलाले जिती पाएको मेरो भोंसिको टोलको ब्लक नं.१०।३०१ को घरमा विपक्षीहरू बसिरहेका छन् घर खाली गराउन सकेको छैन साहू रूद्रमानले देवकुमारीका नाउँमा नालेस गरी आफ्नो थैली भराई लिनु पर्ने आजसम्म गरेको छैन