निर्णय नं. ७८० - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७८० - लिखत पास भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/06/07 २८८८ निर्णय नं. ७८० ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२८ सालको दे.फु.नं. १६३ फैसला भएको मिति : २०३०।६।७।३ मा निवेदक : जि. धुनषा मौजे जनकपुर वेलही विर्ता बस्ने वसन्तकुमारी पाध्यायी विरूद्ध विपक्षी : ऐ.ऐ.बस्ने असर्फी साहू तेली मुद्दा : लिखत पास (क) राजीनामाको व्यहोराको लिखतलाई छ्वमासी भन्ने शब्द उल्लेख भएकोसम्म कारणबाट अलिफार्छे लिखतको संज्ञा दिन नमिल्ने । (ख) आय टिकट टाँसिएको कारणले लिखतको व्यहोरा तर्फ ध्यानै नदिई पास गर्नु पर्ने लिखत होइन भन्न नमिल्ने । यसमा वादी दावीको ०२०।२।२६ को लिखत रजिष्ट्रेशन पास हुने नहुने के हो सो कुराको मुख्य निर्णय दिनुपर्ने हुन आएको छ उक्त लिखतको अन्तमा राजीनामा छ्वमासी लेखी भन्ने बोली परेकोबाट छ महिना नाघेपछि अर्को कागज गराउनु पर्ने स्थितिको कागज देखिएकोले अलिफार्छेको लिखतको संज्ञा दिन मिल्ने भन्ने तर्क उठाइएको हकमा जुनसुकै कागजको अर्थ गर्दा त्यसको सम्पूर्ण व्यहोराको अध्ययन नगरी एउटा वाक्य या शब्दसम्मलाई लिई कुनै अर्थ गर्न नमिल्ने सर्वमान्य कुरा हो उक्त लिखतको सम्पूर्ण व्यहोरा अध्ययन गरी हेर्दा थैली रू.४७५२।४० लिनु दिनु गरी २० सालका बालीदेखि जग्गा साहूले दर्ता भोग गर्न पाउनेसमेत बोली पारी जग्गा राजीनामा गरी दिए लिए राजीनामाको व्यहोरा प्रष्ट उल्लेख भएको र छ्वमासी भन्ने जुन शब्द छ त्यसको हकमा छ महिनामा रजिष्ट्रेशन अड्डामा गई रजिष्ट्रेशन पास गराउनु पर्ने लिखत भएबाट छ्वमासी भन्ने शब्द परेको पनि हुन सक्ने हुनाले यस्तो राजीनामाको व्यहोराको लिखतलाई उक्त छ्वमासी भन्ने शब्द उल्लेख भएकोसम्म कारणबाट अलिफार्छेको लिखतको संज्ञा दिन मिल्ने देखिँदैन, उक्त लिखतमा भएको सहिछाप आफ्नो होइन भन्ने प्रतिवादी वसन्तकुमारीले नसकेकी र लिखतको मिति भन्दा ७ दिन अगावै छोरी भेट्न वीरगञ्ज गएको विरामी परी १ महिना वीरगञ्जमै छु २० साल माघ फाल्गुण कता हो आई चिनीको निमित्त दिने निवेदन हो भनी झुक्याई सही गराएकोले पास गरी दिनु नपर्ने भन्नेसमेत प्रतिवादीको मुख्य जिकिर भएको हकमा विरामी भई औषधी गराएको डाक्टरले जाँच गरी दिएको सर्टिफिकेट जवाफ नारानप्रसादसँग छ भनी प्रतिवादीमा प्रमाण दिएको सर्टिफिकेट भने दीर्घ जीवन औषधालय वीरगञ्जको कविराजको पेश हुन आएकोबाट वीरगञ्जमा विरामी भई डाक्टरसँग औषधी गराएको भन्ने प्रतिवादीको कुरै मिल्न नआएको र वादीले मलाई झुक्याई सही गराएको बारेमा मैले जिल्ला अदालतमा निवेदन पठाएको छु भन्ने प्रतिवादीमा उल्लेख गरेकी यदि वादीले झुक्याई सही गराएको साँचो भए सो कुरा पहिले नै आफूलाई थाहा भइसकेपछि त्यसरी निवेदन दिन सक्नेले सो लिखत बदर गराउन मौकैमा कानूनबमोजिम नालेस पनि गर्न सक्नुपर्ने सो गरेको पनि देखिन नआएको प्रतिवादी लेखाई अनुसार चिनीको पूर्जि गराउन पनि आफ्नो लोग्ने गोविन्दप्रसाद स्वयम् नगरपञ्चायतमा गइरहेको छँदै बीचको मानिसले चिनीको निमित्त दिने निवेदन भनी सहिछाप गराउन ल्याएको विश्वास मानी निवेदन भन्ने पत्यारै नपर्ने किसिमको उक्त लिखतको शीर पुछार र शीरमा टिकट टाँसिएकोसमेत धेरै ठाउँमा दायाँ वायाँ सहिछाप गरी दिए होलिन् भन्ने कुरा विलकुलै पत्यारलायक पनि नभएकोसमेत बाट झुक्याई सहिछाप गराएको जालसाजी भन्ने प्रतिवादीको जिकिर साँचो देखिन आएन उक्त लिखतको किनारामा लोग्ने