निर्णय नं. ६९६ - पर्चा बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९६ - पर्चा बदर भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/१२/०८ ३३४९ निर्णय नं. ६९६ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री ब्रह्मदत्त तिवारी माननीय न्यायाधीश श्री वृषबहादुर थापा सम्वत् २०२७ सालको दे.फु.नं. १२९ फैसला भएको मिति २०२८।१२।८।३ निवेदक : का.जि.चावहिल बस्ने रमाकेतन ढुङ्गाना विरुद्ध विपक्षी : ऐ.का जि.हालको नरदेवी डेरा गरी बस्ने मैयाँ ढुङ्गाना मुद्दा : पर्चा बदर (१) कुनैपनि लिखतको अर्थ गर्दा बीचको एउटा कुनै शब्द अथवा वाक्यलाईसम्म लिई अर्थ गर्न नमिल्ने । मुख्य सो घर ०२१।२।१६।६ मा पास भएको बकसपत्रमा परे नपरेको के रहेछ भन्ने तर्फ उक्त बकसपत्र लिखतमा निज संस्थापकको व्यक्तिगत घरवार नै उक्त संस्थानको नाममा बकस गरी भन्ने बोली परेकोलाई आधार लिई घरसमेत बकस गरी दिएको भन्ने निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ताले बहसमा जिकिर लिनु भएको छ । खास गरी कुनै पनि लिखतको अर्थ गर्दा बीचको एउटा कुनै शब्द अथवा वाक्यसम्म लाई लिई अर्थ गर्न मिल्ने नभई सम्पूर्ण लिखतको अध्ययन गरी त्यसको अर्थ गर्नुपर्ने हुन्छ । यस तथ्यलाई ध्यानमा राखी उक्त बकसपत्र लिखत सम्पूर्ण अध्ययन गरी हेर्दा आखिरी बकसपत्र गरी दिएको भन्ने उल्लेख गरेको ठाउँमा पूर्व सडक पश्चिम सडक दक्षिण ज्यापुको रैकर उत्तर आधा सडक र आधा सत्येलको रैकर यति ४ किल्ला भित्रको मेरो नाउँमा काठमाडौं माल दोश्रामा नं.९१ मा दर्ता भएको मौजे चावेलको सो मालमा सालको रू.७९८ तिर्नु पर्ने चसीको पाखो बारी रोपनी ७ सातको खला स्कूल बनाउनाको निमित्त बकस गरी दियाँ । सो जग्गा स्कूलकी सेवीका एवं उपचारीका रमाकेतनाका नाउँमा दर्ता हुने गरी हालको बकसलेखी दियाँ भन्ने लेखी जग्गासम्म बकस गरिदिएको कुरा किटानी उल्लेख गरेको पाइन्छ । यदि घरसमेत बकस गरी दिएको भए यति ४ किल्लाभित्रको यो यति लम्बा चौडा यो यति तलाको कच्ची या पक्की घरसमेत बकस दिएँ भन्ने उक्त लिखतमा प्रष्ट किटानी उल्लेख हुनुपर्ने थियो तर सो उल्लेख छैन लिखतमा सो प्रष्ट उल्लेख भएको हुनु बेगर बकस गरी दिनु परेको कारणको भूमिकामा निज संस्थापकको व्यक्तिगत घरबार नै उक्त संस्थाको नाममा बकस गरी भन्ने उल्लेख गरेको सम्मबाट घरसमेत बकस गरिदिएको भन्ने अर्थ गर्न मिल्दैन, किनकी व्यक्तिगत घरबार भन्नेसम्म लेखाइको त्यस्तो अर्थ आउन सक्तैन । (प्र.नं. १३) फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. ज्ञानबहादुर ढुङ्गाना क्षेत्रीसँगको माना चामल मुद्दामा का.दे.इ.अ.को ०२१।२।७।४ का फैसलाबमोजिम निजसँग भरी पाउने ठहरेको बिगो रु. १३८६। र अरु दस्तुर रु. ।९७ समेत जम्मा रु. १३८६।९७ भराई पाउँ भन्ने मिठु मैयाँको ०२१।५।१९ को दर्खास्त । २. ज्ञानबहादुर ढुङ्गानाबाट मिठुमैयाँले पाउने बिगो बारे भनी यस अदालतबाट निज ज्ञानबहादुरको जायजात गर्न भनी डोर खटी आई निज ज्ञानबहादुरको भनी तायदात गरी ल्याएको तपसीलबमोजिमको घर जग्गा निज ज्ञानबहादुरको हकको नभई सो जायजात भएको घर जग्गा श्री दिर्घमानको सभापतित्वमा ०१९ साल फाल्गुण १८ गतेका दिन महेन्द्र चिल्ड्रेन्स पेडागोजीको उद्घाटन समारोह सम्पन्न भई श्री ज्ञानबहादुरको निजी सम्पत्ति एवं स–परिवार संयुक्त प्रयासबाट विश्वमा सर्वप्रथम प्रारम्भ भएको यो बाल शिक्षक संलग्न संस्थानले प्राथमिक स्कूलमा विद्यार्थीहरूको बारेमा निमित्त निजको घरबार नै उक्त संस्थाको नाममा रजिष्ट्रेशन मार्फत् ०२१।२।१६।६ मा रमाकेतनलाई सेवा र उपचार गर्नाको लागि मेरै नाउँमा दर्ता हुने गरी ब