निर्णय नं. ८६६९ - हक कायम खिचोला चलन दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६६९ - हक कायम खिचोला चलन दर्ता भाग: ५३ साल: २०६८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६८/०३/०७ ३७०१ ने.का.प. २०६८, अङ्क ८ निर्णय नं. ८६६९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास संवत् २०६६ सालको दे.पु.नं. ५१७ फैसला मितिः २०६८।३।७।३ मुद्दाः– हक कायम, खिचोला चलन, दर्ता । पुनरावेदक वादीः जिल्ला बारा, उत्तर झिटकैया गा.वि.स.वडा नं. ३ बस्ने हरिनारायण महतो धानुक विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ.बस्ने गौरी महतो धानुक समेत शुरु फैसला गर्नेः मा.जि.न्या.श्री दुर्गादत्त भटृ पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री टंकबहादुर मोक्तान § अंश र अपुतालीका विषयहरू झट्ट हेर्दा उस्तै देखिने भए पनि पृथक विषयहरू हुन् । अंशको विवादमा अंशियार हुनलाई नाता सम्बन्ध महत्वपूर्ण हुन्छ । तर, अपुतालीको सम्बन्धमा स्याहार संभार गर्ने व्यक्तिलाई मर्ने व्यक्तिको सम्पत्तिको हकदार मानिएको देखिन्छ । बाँचुञ्जेल मर्ने व्यक्तिलाई स्याहार संभार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने, तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दावी गर्ने र त्यस्तो सम्पत्तिमा हक प्राप्त गर्ने कुरालाई अपुतालीको ११ नं.को कानूनी व्यवस्थाले अनुमति दिएको नदेखिँने । (प्रकरण नं.७) § अपुतालीको महलको २० नं.अनुसार तीन बर्षको हदम्यादको आधारमा फिराद खारेज गर्ने हो भने विवादित सम्पत्तिको वैधानिक हकवाला को हुने भन्ने विवाद टुङ्गो लाग्ने अवस्था भएन । साथै वैधानिक रुपमा फिराद दायर गरी दावी गर्न नसकेको सम्पत्तिमाथि अवैधानिक रुपले गरेको खिचोला कव्जालाई जायज ठहराउनु पर्ने अवस्था हुने भयो । जुन कानून र न्यायको दृष्टिमा सर्वथा उचित मान्न नमिल्ने । (प्रकरण नं.९) पुनरावेदकतर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता बबिता उप्रेती ढकाल अवलम्बित नजीरः नेकाप २०४९ नि.नं. ४६६० सम्बद्ध कानूनः § अ.वं. १३९ नं. § अपुतालीको ११, २० नं. § मुलुकी ऐन जग्गा पजनीको २ र २ क नं. फैसला न्या.दामोदरप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अनुसार पुनरावेदन अदालत हेटौडाको मिति २०६३।८।२१ को फैसलाउपर मुद्दा दोहोर्याउने निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अनुसार मुद्दा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः शिवशरणका २ पत्नीमध्ये जेठीतर्फबाट छोराहरू क्रमशः लगन महतो, गुली महतो र असर्फी महतो तथा कान्छी तर्फबाट १ छोरा विपक्षी गौरी महतो हुन् । शिवशरण र निजका दुवै पत्नीहरू तथा असर्फी महतो, तथा निजको श्रीमती समेतको मृत्यु भइसकेको छ । गुली महतो सर्बे नापी हुनुअघि नै अंश लिई अलग बसेको र निःसन्तान भई मृत्यु भइसकेको छ । लगन महतोको छोरा म वादीले काकी सुर्जी धनुकाइन अर्थात् काका गुली महतोको पत्नीको सेवा टहल गरी आएकोमा काकी सुर्जीले मलाई कि.नं. ६५ र कि.नं. ११५ को जग्गा बकसपत्र गरी दिएकोमा बकसपत्र गर्ने अड्डाले सबै जग्गा अहिले बकसपत्र गर्न मिल्दैन, कि.नं. ११५ को ०–४–१० को जग्गा श्राद्ध किरिया आदिलाई चाहिन्छ भनी भन्दा सो बकसपत्रमा उक्त ०–४–१० जग्गाको कित्ता केरियो । सो जग्गा पनि मैले नै भोगी आएको र काकीको सेवा गर्दै आएकोमा निजको मिति २०३६।९।९ मा परलोक हुँदा श्राद्ध किरिया, पिण्डपानी मैले नै गरी आएको हुँ । उक्त कि.नं. ११५ को जग्गा मेरो अपुताली हकको