निर्णय नं. ६९७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९७ - उत्प्रेषण भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०५/०७ २६९० निर्णय नं. ६९७ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री प्रकाशबहदुर के.सी. सम्वत् २०२८ सालको रि.फु.नं. ३९ आदेश भएको मिति : २०२९।५।७।३ निवेदक : जिल्ला सप्तरी प्र.पकडी मौजे महदेवा बस्ने रामचरण साहू तेली समेत विरुद्ध विपक्षी : जि.भु.सु.अधिकारी जि.भू.सु.कार्यालय सप्तरी समेत विषय : उत्प्रेषण (१) सबुद प्रमाणको आधार नै नदेखाई बुँदा नै उल्लेख नगरी न्यायिक फैसला गरिएको कानूनी प्रत्यक्ष भूल तथा त्रुटि गरेको मान्नु पर्ने । अब रहृयो बुँदाको उपयोग नगरी कानूनको विपरित निर्णय गरेको भन्ने कुरा, यस सन्दर्भमा कानूनी व्यवस्था हेर्दा अ.बं.१८५ नं.मा फैसला लेख्दा जति परिबन्धले सो ठहर गरिएको हो सो समेत खोली झगडीयाको बुँदा र जुन कानूनबमोजिम इन्साफ र सजाय गरिएको हो सो कानूनको समेत उल्लेख गर्नुपर्छ भन्ने व्यवस्था भएको र अ.बं.१८९ नं.फैसलाको नमुनामा यस्तै फलाना फलाना प्रमाण भएको हुनाले यो यो रित प्रमाण र यो कानून यो ठहर्छ भनी लेख्नुपर्ने उल्लेख भएको पाइन्छ । भूमिसम्बन्धी ऐन, ०२१ को दफा ६३ मा यो ऐनमा र यस ऐनअन्तर्गत बनेको नियमहरूमा लेखिएकोमा सोही बमोजिम अरुमा प्रचलित नेपाल कानूनबमोजिम हुनुपर्छ भन्ने उल्लेख भएकोले भूमिसम्बन्धी ऐन अन्तर्गतको मुद्दाहरूमा समेत फैसला निर्णय गर्दा अ.बं.१८५।१८९ नं.समेतको पालना गर्नुपर्ने अनिवार्य न्यायिक वा अर्धन्यायिक जुनसुकै निकायले न्यायिक निर्णय गर्दा यसले हार्छ यसले जित्छ भनेर मात्र पुग्ने होइन पक्षहरूबाट गरी हुनआएको र कानूनबमोजिम अड्डाबाट बुझिएकोसमेत सबूद प्रमाणको मूल्यांकन गरी उपरोक्त अ.बं.१८५।१८९ नं. बमोजिम यो यो सबूद प्रमाणको आधारमा यस्तो ठहर्छ भनी बुँदासमेत उल्लेख गर्नुपर्ने फैसला निर्णयहरूको एउटा मौलिक गुण हो यदि सबूद प्रमाणको आधार नै नदेखाई बुँदा नै उल्लेख नगरी न्यायिक फैसला निर्णय गरिएको छ भने त्यसलाई कानूनको प्रत्यक्ष भूल तथा त्रुटि गरेको मान्नुपर्छ । (प्र.नं. ९) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुंजबिहारीप्रसाद सिंह विपक्षी तर्फबाट : का.मु.सरकारी अधिवक्ता इन्द्रराज पाण्डे उल्लिखित मुद्दा : आदेश प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत केश न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याई दिने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : रामचरण साहू तेलीको कित्ता कित्ताको जग्गा बिगाहा १२ धेरै वर्षदेखि मैले बटैयामा कमाई आएको भई १ नं.फाराम भरी ४ निस्सासमेत लिएको सो घर मध्ये मंसापुरको ४।। कठ्ठामा ०२४।३।२२ गते हटक गरेकोले मोहियानी हक कायम गरिपाउँ भन्ने मधैया धानुकको फिराद, मलादेवाको ।।१ कठ्ठा जग्गा छुटिएको छोरा मुरलिको नाउँमा दर्ता भई निजले मंसापुरको ४। कठ्ठा म आफै नै जोत आवाद गरेको सडैपारको ।२।। भनेको ।३। कठ्ठा जग्गा धनाई साहूले कमाई ४ नं.निस्सा लिएको छ वादी झुठ्ठा हो भन्ने म चरणको प्रतिवादी भएकोमा रामफल मण्डलले जोताहा निस्सा नलिई जोतेको जग्गामा रामचरण समेतले मोहियानी खिचोला गरेको ठहर्छ भनी भूमिसुधार कार्यालय सप्तरीबाट ०२६।६।२८।२ मा निर्णय भएको रहेछ। ३. नेपालको संविधानको धारा १५ ऐ.धारा ११ को उपधारा ३ ले सजाय गर्दा ऐनको प्रयोग गर्नुपर्ने अनिवार्य गरिएको छ । जबसम्म यो एनेको दफाअनुसार जरिवाना गरिएक