निर्णय नं. ६९८ - ज्यान मार्न उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९८ - ज्यान मार्न उद्योग भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०४/२० ३०६८ निर्णय नं. ६९८ ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री ब्रह्मदत्त तिवारी सम्वत् २०२५ सालको फौ.फु.नं. ४३६ फैसला भएको मिति :२०२८।४।२४।२ निवेदक : श्री ५ को सरकार विरुद्ध विपक्षी : धवलागिरी अञ्चल वाग्लुङ मुलपानी गौरागाउँ ठाडा स्वारा बस्ने कविराज सुनार मुद्दा : ज्यान मार्न उद्योग (१) कुन अवस्थामा उद्योग गर्नेले, मर्नेसम्मको काम गरिसकेको देखिने । ज्यानमार्नमा उद्योग गरेको बारेमा लागू हुने एउटा ऐन ज्यानसम्बन्धी १५ नं.देखिएको छ । उक्त ऐनमा ज्यान मार्नको लागि उद्योग गरी मर्नेसम्मको जुनसुकै काम गरिसकेको सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र त्यस्तो मुख्य भई बचन दिनेलाई दश बर्ष कैद गर्नुपर्छ भन्ने लेखिएको छ । ज्यान मार्नका लागि उद्योग गरे भन्ने वाक्यांश परेकोबाट गरेको जुनसुकै उद्योगको पनि सफलता ज्यान मारेपछि मात्र प्रष्ट हुने भयो यसबाट निजबाट सो उद्योग गर्नेको मनसाय के रहेछ भन्ने थाहा पाएपछि ज्यान मार्ने मनसाय रहेको भए उक्त ऐन लागू हुने देखिन्छ । मर्नेसम्मको जुनसुकै काम गरिसकेको सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछ भने भन्ने वाक्यांशको मतलब के हुने हो भनी विचार गर्दा निजले गरेको काम यदि मर्नेसम्मको हो भने ज्यान मरी हाल्नेछ ज्यान भने मर्न पाएको रहेनछ भने निजले मर्नेसम्मको काम गरिसकेको देखिने छैन यस्तो परस्पर बिरोधी वाक्य हो भने उक्त ऐन नै निष्कृय हुनेछ । यो ऐनमा निस्कृय हुन नसक्ने कुरा केही छ कि भनी विचार गरेमा उद्योग गर्नेले मर्नेसम्मको काम गरेको बखतमा मर्न नपाउने हालत त्यस बेलामा मात्र हुनु सम्भव छ जब घटनामा पर्नेलाई बचाउने कुनै रक्षा पाउँछ घटनामा पर्नेको रक्षा भएमा उद्योग गर्नेलाई बिघ्न पर्छ । उद्योग गर्नेतर्फबाट गरेको त्यो काम सम्पूर्णतवरले गरिसकेको भएमात्र मर्नेसम्मको काम गरेको हुन्छ त्यस्तो काम गर्दा चाहिँदो प्रयत्न र मात्र पुर्याएको हुनुपर्छ घटनामा पर्नेको रक्षा हुनलाई निज तर्फबाट कुनै साधन वा उपाय गरेको हुन्छ वा पर्न आउँछ । त्यस बखतमा घटनामा पर्नेको रक्षा हुन जाँदा उद्योग गर्नेलाई बिध्नपर्छ जब त्यस्तो बिध्न वा रक्षा पर्न आउँछ भने मात्र उद्योग गर्नेले मर्ने सम्मको काम गरिसकेको र मर्न भने पाएको रहेनछ भनी यो वाक्यले देखाएको अवस्था उत्पन्न हुन्छ । (प्र.नं. १३, १४, १५) (२) मर्नेसम्मको काम गरिसकेको नदेखिए ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजाय गर्न नमिल्ने । कविराज सुनारले खुकुरीले हानी सुतेको मनकुमार र नरदेवीलाई चोट पुर्याइएको छ । निज चोट पर्नेहरूले आफ्नो बचाउ गरेको छैन र खुकुरीको चोट चाहेको अङ्गमा नपर्नेमा त्यस्तो चोट हलुका गराउने कुनै कुरा गरेको वा पर्न आएको वास्तविकता देखिँदैन जब अभियुक्तले हाने जत्तिकै मार हानेको अङ्गमा लागेको चोट पुगेको छ भन्ने अभियुक्तले नै त्यस्तो चोट पुर्याएको रहेछ भन्ने देखिएको हुँदा त्यसबाट मर्नेसम्मको काम गरिसकेको देखिएन । त्यसकारण उक्त ऐनबमोजिम सजाय गर्न मिल्दैन । ज्यान सम्बन्धीको १२ नं. बमोजिम मार्ने नियतले कुटेको हो कि भन्नलाई मार्ने अवसर छँदाछँदै उपरोक्त रक्षा वा बिध्न नपरेको हालतमा त्यस्तो चोट परेकोले मार्ने नियत पनि देखिएन । ज्यानसम्बन्धीको १२ नं.ले नियत नदेखिएमा कुटपीटको महलबमोजिम सजाय गर्नुपर्छ । अब यस मुद्दामा सरकारी मुद्दामा सरकारी मुद्दासम्बन्धी ऐनको दफा ७ (क)