निर्णय नं. ७८३ - उखडा जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८३ - उखडा जग्गा भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/03/26 २९४४ निर्णय नं. ७८३ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२९ सालको दे.फु.नं. १७० फैसला भएको मिति : २०३०।३।२६।३ मा निवेदक : जि.कपिलवस्तु तप्पे धनौरा मौजे तौलिहवा बस्ने महमद इसलाम खाँ विरूद्ध विपक्षी : ऐ. बरदहवा बस्ने रामु चमार मुद्दा : उखडा जग्गा (१) कबुलियत रसिद नभएको भन्ने कारणलेमात्र उखडा कायम नहुने भन्न नमिल्ने । उखडामा कमाएको कबुलियत रसिदसमेतको लिखत सबूद प्रतिवादी तर्फबाट कुनै पेश दाखिल हुन नआएकोले उखडामा कमाएको मान्न नमिल्ने भन्ने मुल तर्क उठाइएको हकमा उखडा ऐन प्रारम्भ हुनु भन्दा पहिलेदेखि नै उखडामा जोती आएको उखडा सम्बन्धी ऐन, ०२१ को दफा २ परिभाषा (घ) मा बोल कबोलसम्म बाट कमाएको पनि उखडा मानिने व्यवस्था भएको र यस्तै उखडाको हो होइन भन्ने विवाद उठेकोमा कबुलियत रसिद नभएको पनि हुन सक्ने स्थितिलाई ध्यानमा राखी सोही उखडा सम्बन्धी ऐन, २०२१ को संशोधित दफा ८ को उपदफा (१) मा आवश्यकतानुसार सर्जमिन गराउन सक्ने पनि व्यवस्था भई राखेकोले कबुलियत रसिद नभएको भन्ने कारणलेमात्र उक्त स्थितिमा उखडा कायम नहुने भन्न मिल्दैन यस्तो कबुलियत रसिद नभएकोमा बुझिएका सर्जमिन भनाइकै मुल्यांकनको आधारमा उखडा हो होइन भन्ने कुराको निर्णय दिनु उपयुक्त हुने देखिन्छ । (प्रकराण नं.९) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुन्जविहारीप्रसाद सिंह विपक्षी तर्फबाट : अधिवक्ता सुधानाथ पन्त उल्लिखित मुद्दा :  फैसला न्या. जयदेव भट्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : जग्गाधनी इसलाम मुसलमानको फि विगाहा १ के रु. २०। पोत लाग्ने जग्गा फि विगाहा रू.२८।८० दिने गरी ।।।४।।।१ जग्गा उखडामा चलन गरेको भन्ने रामु चमारको विवरण फाराम । ३. सो जग्गा रामुलाई उखडामा कमाउन दिएको छैन मेरै शिर भोगमा छ उखडामा कमाएको भए रसिद कबुलियत दाखिल गर्न सक्नु पर्छ विपक्षीको बाबु लक्ष्मण चमारले उखडामा कमाएको जग्गाको बाली रक्षा गरिपाउँ भन्ने निवेदन दिएकोमा म्याद गुजारी चुप लागी बसी कारवाईसमेत नगरेकोबाटै उखडामा नकमाएको सिद्ध छ मेरो जग्गामा झुठ्ठा दावी गरेको भन्नेसमेत महमद इसलाम खाँको विरोध उजूरी । यो जमीन मेरो बाबुको पालादेखि जोती आएको हुँ लक्ष्मण चमार मेरो जेठो बाबु हुन मसमेतका रैतीले उखडा बालीको रक्षा गरिपाउँ भनी निवेदन दिएको के तोक लाग्यो थाहा छैन यो जमीनको पोत सालको कच्ची विगाहा १ के भा रू.४ का दरले भा.रू.२४ दिन्थेँ रसिद नदिएकोले थाहा छैन २१ सालदेखि पोत मालमा धरौट राखेको छु गत सालदेखि यो जमीन पर्ति नै छ भन्ने रामु चमारको बयान । ४. अघि जग्गाधनीले खिचोला गरेको भन्ने किसानको बयान भएको सो खिचोलामा कारवाई गरी आफ्नो हक कायम गरेको नदेखिएको २१ साल देखिको पोत धरौट र जोताहाको अस्थायी निस्सा र अनिवार्य वचतको निस्साकै आधारमा किसानले उखडामा कमाएको हो कि भन्न किसानले बयान गर्दा २२ सालदेखि जमीन पर्ति छ भन्ने, पछि उक्त २३ सालमा पाएको अस्थायी निस्सा र बचतको निस्साकै भरमा उखडा कमाएको भन्न र ठहराउन कानूनसंगत नहुँदा किसानले उखडामा कमाएको ठहर्दैन भन्ने कपिलवस्तु उखडा ट्राईबुनल नं.४ को ०२४