निर्णय नं. ६९९ - निखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९९ - निखनाई पाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०६/१६ २७१६ निर्णय नं. ६९९ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको दे.फु.नं. १३२ फैसला भएको मिति : २०२९।६।१६।२ निवेदक : का.जि.वानेश्वर बस्ने ना.सु.विष्णुरमण उप्रेती विरुद्ध विपक्षी : का.जि.डि.बजार बस्ने राजेश्वरीदेवी उपाध्या समेत मुद्दा : निखनाई पाउँ (१) देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस भएको भन्ने आधारले पुरै नालिस खारेज हुने भन्न नमिल्ने । देवानी फौज्दारी २ मुद्दाको एउटै फिरादपत्र दर्ता गर्न ल्याएको देखिएपछि उपरोक्त अ.बं ७२ नं.अनुसार एक मुद्दाको यसै फिरादपत्रबाट कारवाई गर्ने गरी दर्ता गरी दिने र एक मुद्दाको चाहिं यस फिरादपत्रबाट इन्साफ गर्नु नपर्ने अर्को फिराद दिएमात्र इन्साफ गर्नुपर्ने भनी सो फिरादपत्रको शिरमा लेखी हाकिमले दस्तखत गरी सो कुरा फिरादपत्रवाला लाई थाहा हुना निमित्त सो फिरादपत्रको भर्पाईमा लेखी दिनुपर्ने कर्तव्य अदालतको थियो, तर सो अनुसार नगरी देवानी फौज्दारी २ मुद्दाको दावीको एउटै फिरादपत्र दर्ता गरी कारवाई चलाउनु अदालतको गल्ती हो, यस किसिमको अदालतको गल्तीले देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस दर्ता गरिदिएकोमा पछि आई देवानी फौज्दारी दुई मुद्दाको एउटै नालिसबाट कारवाई इन्साफ गर्न नमिल्ने भनी पुरै नालिस खारेज गरी दिँदा ऐनको विरुद्ध पक्षलाई आघात पुग्न जाने हुन्छ, अदालतको गल्तीले पक्षको हकमा आघात पुग्न नसक्ने सिद्धान्तलाई यस अदालतले मानिराखेको पनि छ, खास गरी उक्त अ.बं.७२ नं.ले निर्देश गरेबमोजिम एउटै फिरादपत्रमा देवानी फौज्दारी दुई मुद्दाको दावी भएकोमा एक मुद्दाको चाहिं यसै नालिसबाट कारवाई चल्न सक्ने नै हुँदा देवानी फौज्दारी २ मुद्दाको एउटै नालिस भएको भन्ने आधारले पुरै नालिस खारेज हुने भन्ने रायमा सहमत हुन मिलेन । (प्र.नं. १०) (२) (क) निखन्न पाउँ भन्ने दावीको साथै बढी अंक राखी थैली जालसाज गरे भन्ने दावी परिणाममा निखन्ने कुराको लागि नै हुने । (ख) थैली थाहा भएकोमा निखनी लिन चाहनेले लेनदेन व्यवहारको ११ नं.को म्यादभित्र थैली धरौट राखी नालिस गर्नुपर्ने । अब वादी दावीको देवानी या फौज्दारी कुन चाहिं मुद्दाको यस नालिसबाट कारवाई इन्साफ गरी दिने कुन चाहिंमा अर्को नालिस गर्नुपर्ने भनी सुनाउने भन्ने प्रश्न आउँछ । निखनाई पाउँ भन्ने दावीको साथै बढी अंक राखी थैली जालसाज गरे भन्ने वादीमा अर्को जुन दावी लिएको छ त्यो पनि परिणाममा निखन्ने कुराको लागि नै हो अतः निखनाई माग्नलाई कानूनले निर्देश गरेबमोजिम विधि पुर्‍याई वादी आएको भएमात्र निखनाई पाउँ भन्ने हक प्राप्त भई निखनाई पाउँ भन्ने र जालसाजी समेतमा कारवाई चल्न सक्ने स्थिति आउने हुनाले पहिले त्यसतर्फ नै विचार गर्नुपर्ने हुन आयो । यस सन्दर्भमा लेनदेन व्यवहारको १६ नं.हेर्दा थैली तिरी निखनी लिन पाउने गैह्र कुरामा निखनाई पाउँ भनी अड्डामा उजूर गर्न आउँदा थैली थाहा भएकोमा पहिले नै थैलीसमेत ल्याई धरौट राख्नुपर्ने र थैली थाहा नभएकोमा सम्म प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र र मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई अपील तहसम्मबाट फैसला भएपछि वा ऐनले अपील नलाग्ने अवस्था पुगेको ३५ दिनभित्र सो तिर्नुपर्ने थैली ल्याई धारौट राख्नु पर्ने व्यवस्था भएको पाउँछौं । वादीले थैली थाहा नभएको भन्न नसकी रु. २६९९९