निर्णय नं. ७८४ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८४ - जग्गा खिचोला भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/06/07 २४९१ निर्णय नं. ७८४ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२९ सालको दे.फु.नं. १२५ फैसला भएको मिति : २०३०।६।७।३ मा निवेदक : मोरङ कञ्चनबारी गा.पं.वार्ड नं.२ बस्ने बहादुरदास थारुसमेत विरूद्ध विपक्षी : चैनपुर दसमझिया माडि खिवाई विर्ता बस्ने रूद्रप्रसाद उपाध्याय दाहाल मुद्दा : जग्गा खिचोला (१) साविक दण्ड सजायको २८ हाल अदालती बन्दोवस्तको ७४ दफाको १ नं.–तिरोको हिसाबले जग्गाको मोल बिगो कायम गर्न मिल्ने नदेखिने । कोर्टफी लिने सम्बन्धमा कोर्टफी ऐन, ०१७ को दफा ४ को उपदफा (२) मा जग्गा जमीनको हकमा सो जग्गा खरीद बिक्री भई कायम भएको या त्यसबखत प्रचलित मोल बिगो खुलाउनु पर्ने र दफा ६ को खण्ड (क) मा सोही मोल बिगोको हिसाबले शुरू कोर्टफी लाग्नेसमेत व्यवस्था भएकोले कोर्टफीको लागि उपरोक्त दफा ४ को उपदफा (२) अनुसारकै जग्गाको मोल बिगोको आवश्यकता पर्ने र न्यायप्रशासन विविध व्यवस्था (संशोधन) ऐन, ०२१ को दफा २ ले संशोधित मुल ऐनको दफा ८ को उपदफा (२) को खण्ड (ख) अनुसार सोही मोल बिगोबाट हद मुनी माथिको छुट्याउनु पर्नेसमेत कानूनी व्यवस्था प्रष्ट छ यस्तो कोर्टफी लाग्ने मुद्दामा साविक दण्ड सजायको २८ हालको अदालती बन्दोबस्तको ७४ नं.१ दफाबमोजिम तिरोको हिसाबले जग्गाको मोल बिगो कायम गर्न कानूनले मिल्ने देखिँदैन कोर्टफी लिँदा भने पुनरावेदनमा खुलाएको बिगोलाई कायम मानी कोर्टफी लिने हद माथी मुनी छुट्याउँदा भने तिरोको हिसाबले मोल बिगो कायम गरी हदमाथी मुनी छुट्याउने यस्तो हुन कानूनको प्रयोगमा असमान्जस्य हुन जान्छ । (प्रकरण नं. १४) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल उल्लिखित मुद्दा : (दे.फु.नं. ७० वरिवम वि.हंसराम वम जग्गा) फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : साविकमा वावा डि. विष्णुभक्तका नाममा र वहाँको शेषपछि मेरा नाममा नामसारी श्रेस्ता भई भोग गरी आएको मध्ये कि.नं.४२५।३७९।३९०।३९१ को तिरो रू.१५।४।२ को जग्गा विगाहा १।।।३।१ मा प्रतिवादीहरूले खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने वादी । ३. वादीको जग्गामा खिचोला गरेकोसमेत होइन आमाले लिएको कि.नं.२ को जग्गा ऽ२।।।१ च्याप्ने नियतले झुठ्ठा उजूर गरेका हो भन्नेसमेत प्रतिवादी । ४. कि.नं. २ को २।।१ जग्गा १३।३।१२ मा खरीद गरी भोगी आएको छु भन्नेसमेत दुखनी थरुनीको बयान । ५. न.नं.१ को जग्गा वादीको कि.नं.४३५ को न.नं.८ को जग्गा वादीको कि.नं.३९०।३९१ को न.नं.३ को जग्गा प्रतिवादीको कि.नं.१ को ठहर्छ भन्नेसमेत मोरङ जिल्ला अदालतको फैसला। ६. सोउपर चित्त बुझेन भन्ने दुवै पक्षको पुनरावेदन । ७. इन्साफ शुरुको मनासिव ठहर्छ भन्ने कोशी अञ्चल अदालतको ०२८।५।२२।३ को फैसला । ८. सोउपर चित्त बुझेन भन्ने प्रतिवादीहरूको पुनरावेदन । ९. तिरो रू.१५।४।२ को जग्गा विगाहा १।।३।१ मा खिचोला गरे भन्ने फिराद दावी भएको तत्कालिन दण्ड सजायको २८ नं.सयकडा ४ ले बिगो रू.३७५।५० र हालको अ.बं.७४ नं.१ दफा सयकडा २।। ले बि