निर्णय नं. ७०० - राजकाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०० - राजकाज भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०३/२१ २३६६ निर्णय नं. ७०० ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२८ सालको फौ.फु.नं. ३१ फैसला भएको मिति : २०२९।३।२१।३ पुनरावेदक : जिल्ला सप्तरी माल झमुना राजपुर बस्ने अनुपलाल चौधरीसमेत विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : राजकाज (१) सरकारी मुद्दासम्बन्धी (चौथो संशोधन) ऐन, २०२४ को दफा ४ द्वारा थप दफा ७ (क)–सरकारी मुद्दासम्बन्धी ऐनको संशोधन सहित अनुसूची १ वा २ भित्र नपरी सरकार वादी देखिन नआएका मुद्दामा प्रतिवादीहरू उपर लगाइएको अभियोग अरु ऐनअन्तर्गत कारवाई गर्न अदालतले आदेश दिई सरोकारवाला व्यक्तिले सकारे, खडा भइराखेकै मिसिलबाट कानूनबमोजिम किनारा गर्नुपर्ने उक्त ऐनको मनसाय । यसै मिसिलबाट सरकारी मुद्दासम्बन्धी (चौथो संशोधन) ऐन, २०२४ को दफा ४ द्वारा थप दफा (क) अनुसार गर्न मिसिल जिल्ला अदालतमा पठाउन मिल्ने नमिल्ने के हो भन्ने सम्बन्धमा डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय नमिलेकोले त्यसतर्फ यस बेञ्चबाट निर्णय दिनु पर्ने भई हेर्दा उक्त थप दफा ७ (क) मा यो ऐनबमोजिम श्री ५ को सरकार वादी भई दायर भएका कुनै मुद्दा अनुसूचि १ वा २ भित्र नपर्ने भन्ने देखिएमा अदालतले आदेश दिई सरोकारवाला व्यक्तिलाई झिकाई निजले सकार गरेमा वादी पक्ष कायम गरी सोही मुद्दाको मिसिलबाट प्रचलित नेपाल कानूनबमोजिम कारवाई किनारा गर्नुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । उपदफा ७ (क) मा सोही मुद्दाको मिसिलबाट कारवाई किनारा गर्नुपर्छ भन्ने उल्लेख भएकोले सरकारी मुद्दासम्बन्धी ऐनको संशोधन सहित अनुसूचि १ वा २ भित्र नपरी सरकार वादी देखिन नआएको मुद्दामा प्रतिवादीहरू उपर लगाइएको अभियोगमा अरु ऐनअन्तर्गत कारवाई गर्न अदालतले आदेश दिई सरोकारवाला व्यक्तिलाई झिकाई निजले सकार गरेमा खडा भइराखेकै मिसिलबाट प्रचलित नेपाल कानूनबमोजिम कारवाई किनारा गर्नुपर्ने उक्त ऐनको मनसाय प्रष्ट देखियो । (प्र.नं. ७) पुनरावेदक तर्फबाट :  विपक्षी तर्फबाट : का.मु. सरकारी अधिवक्ता इन्द्रराज पाण्डे उल्लिखित मुद्दा :  फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा ०२८।५।१५।३ को डिभिजन बेञ्चबाट निर्णय हुँदा मा.न्या श्री ब्रम्हदत्त तिवारी मा.न्या.श्री जयदेव भट्टको मतैक्य हुन नसकेबाट निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य : रामपुर जमुवा गा.पं.का प्रधनपञ्च पदसमेतको निर्वाचनामा उम्मेदवार हरूको दर्खास्त लिई छानविन गरी अनुपलालको दर्खास्त बदर गरी प्र.पं.को उम्मेद्वार हरिहर मण्डललाई ०२६।१।२२ मा निर्विरोध घोषणा गर्दा दुनालाल समेतका मानिसले सरकारी काममा रहेको अवस्था कर्मचारीलाई कुटपीट लुटपीट समेत गरी कर्तव्यबाट विचलित गरेकोले कानूनबमोजिम गरिपाउँ भने पोलिङ्ग अधिकृत सत्यनारायण देव घनश्यामप्रसादहरूको प्रतिवेदन परेकोमा राजकाज अपराध र सजाय ऐन, २०१९ को संशोधनसहित दफा ६ (३) बमोजिम कारावाई चलाउने भन्ने प्रहरी प्रतिवेदन परेको रहेछ । ३. प्रतिवादीहरूको भनाईमा पोलिङ्ग अधिकृतसमेतलाई कुटपीट गरी सरकारी कागजपत्र लुटि कर्तव्यबाट विचलित गरेको होइन म अनुपलालको दर्खास्तमा हरिहर मण्डलको दर्खास्त खारेज हुँदैन भन्दा हरिहर मण्डल रिसाई टेबुलमा रहेको सबै कागजपत्र आफ्नो घरतर्फ लागेका हुन भन्नेसमेत रहेछ । ४. कर्मचारीहरूलाई कुटपीटको घाउखत लागेको समेत देखि