निर्णय नं. ७८५ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७८५ - जग्गा खिचोला भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/06/28 ३१३९ निर्णय नं. ७८५ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. १११ फैसला भएको मिति : २०३०।६।२८।३ मा निवेदक : वास्तरा देउराली गा.पं.वार्ड नं.६ कोखे बस्ने उदयबहादुर खत्री क्षेत्री विरूद्ध विपक्षी : ऐ.ऐ. प्राथे ढुङ्गा बस्ने वीरबहादुर मास्के मगर मुद्दा : जग्गा खिचोला (१) अन्तिम भइराखेको फैसला र न्यायिक परिपाटी सिद्धान्तको विपरीत हुने गरी फैसला गर्न नमिल्ने । यसमा झगडा परेको जग्गा वादी या प्रतिवादी कसको हकको हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ यसै जग्गामा अघि पटक पटक मुद्दा परी मेरो हक ठहरी सकेको भन्ने प्रतिवादीको मुख्य जिकिर भएकोले प्रमाणमा आइराखेको मिसिलहरू हेर्दा यिनै वादी प्रतिवादीहरूको पहिले परेको जग्गा बाली लुटपिट मुद्दामा मेरो खेत मुरी ।७ भन्ने वादीको दावी र खिमबहादुरसँग बन्धकी लिएको खेत पाथी ।.।१६।५।६ कुंम सिंसँग राजीनामा लिएको खेत पाथी ।.।१६।५।६ मेरो जग्गा भन्ने प्रतिवादीको जिकिर भएकोमा जग्गाको साँध लामु ढुङ्गा कायम भई स्याङ्जा अदालतबाट ०१५।३।३०।२ मा र सोही सदर गरी पाल्पा अपीलबाट ०१६।६।४।१ मा फैसला भएको र सो पछि यिनै वादी प्रतिवादीहरूको यसै जग्गामा अर्को जग्गा बाली मुद्दा परेकोमा अघिको फैसलाले साँध कायम गरेको लामु ढुङ्गा सो मुद्दामा भएको न.नं.९।९१ को ठाउँनेर कायम गरी वादी वीरबहादुरलाई हराई स्याङ्जा जिल्ला अदालतबाट ०१३।१२।१५।३ मा र सोही सदर गरी गण्डकी अञ्चल अदालतबाट ०२४।१०।२६।६ मा फैसला भएकोसमेत पाइन्छ । यो मुद्दामा पनि सो खेत मुरी ७ मध्येकै खेत मुरी २ मा खिचोला गर्‍यो भन्ने वादीको दावी र अघिको मुद्दामा जिकिर लिए बमोजिमकै मेरो खेत ।.।१६।५।६ भन्ने प्रतिवादीको भनाई भएकोले सो विवादको टुंगो लगाउन अघिका फैसलाहरूले साँध कायम गरेको लामु ढुङ्गा कहाँनेर रहेछ भन्ने कुरा नै मुख्य रूपले हुर्ने पर्ने हुन आयो त्यसतर्फ हाल यो मुद्दामा भएको नक्सामा सो लामु ढुङ्गा न.नं.१० को भन्ने वादी र न.नं.११।१९ नेरको भन्ने प्रतिवादीको भनाई भएकाले कुन रहेछ भनी छुट्याउन पहिले परेका मुद्दाहरूमा भएको नक्सा र यो मुद्दामा भएको नक्सासमेत भिडाई हेर्दा पहिले परेको मुद्दाहरूमा भएको फैसलाले कायम गरेको लामो ढुङ्गा सो मुद्दाहरूमा भएको नक्सामा वादीको खेत मुरी ।७ भनी प्रतिवादीले देखाएको र झगडा परेको जग्गाको बीचमा किसिम रोलाकै आडमा खर भिर पखेरोको पूर्वपट्टि र पूर्णबहादुरको खेत देखिन पश्चिमपट्टि भएको देखिन आएको छ यो मुद्दामा भएको नक्सामा वादीले लामो ढुङ्गा भनी देखाएको न.नं.१०, न.नं.२९ पूर्णबहादुरको खेतदेखि दक्षिणपट्टि झगडा परेको न.नं.६ आवादीको देखिन पूर्व छेउमा नै अघिको नक्सामा कति पनि मिल्न भिड्न आउँदैन पूर्णबहादुरको खेत खर भिर पखेरो किसिम खोलोसमेत बाट सो लामो ढुङ्गा न.नं.६।७ को बीच प्रतिवादीले देखाएको ठाँउ न.नं.११।१९ नेरको भएको अघिको नक्सासमेत बाट प्रष्ट हुन्छ डिभिजन बेञ्चको तर्क अनुसार २१ नं.पाखो बारीको पश्चिम छेउलाई चिनु मानी त्यसदेखि सोझै किसिम खोलासम्म सबूद प्रमाण आधार बेगरको रेखा कल्पना गरी सो भन्दा पश्चिमपट्टि वादीको र पूर्वपट्टि प्रतिवादीको ठहर्‍याई दिन अघिको अन्तिम भइराखेको फैसलाहरू र न्यायिक परिपाटी सिद्धान्तको पनि विपरीत हुन जानेसमेत भई नमिल्ने देखिन्छ तसर्थ उपरोक्त उल्ल