निर्णय नं. ४७९९ - घरजग्गा खिचोलासमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७९९ - घरजग्गा खिचोलासमेत भाग: ३५ साल: २०५० महिना: माघ अंक: १० फैसला मिति :२०५०/०३/२५ ३३६० निर्णय नं. ४७९९ ने.का.प. २०५० (ग) अङ्क १० पूर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझी माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०४६ सालको दे.पु.इ.नं. – ७६ फैसला मिति : २०५०/३/२५/६ विन्तिपत्रवाला/वादी: का.जि.का.न.पा. वडा नं. १ ज्ञानेश्वर बस्ने अम्विका देवी उपाध्याय । विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने पोषणनाथ उपाध्यायसमेत । मुद्दा : घरजग्गा खिचोलासमेत । (१) प्रतिवादीको राजिनामाको किल्लाबाट निजको पश्चिम किल्ला बुना महारानीको वंगला घरदेखि पूर्वपट्टिको ढल भन्ने छ सो बंगला घर राजिनामाबाट वादीले लिएको देखिने भएपछि सो घरदेखि पूर्व तर्फको ढल प्रतिवादीको राजिनामाको साँध मान्नु पर्ने । (प्र. नं. १९) (२) वादीले राजिनामा लिँदा ग्यारेज घर र चर्पी लिएको देखिँदैन । प्रतिवादीको राजिनामामा भने ग्यारेज घर र चर्पीसमेत प्रष्ट रुपमा उल्लेख भएको देखिन्छ । वादीले राजिनामा लिँदा बंगला घर १ र भत्कन लागेको पुरानो २ तले घर १ सम्म खरिद गरेकोमा सो घरको मोहडा पश्चिम भन्ने उल्लेख छ । न.नं. २ को ग्यारेज घरको मोहडा प्रस्तुत मुद्दाको ०२९ सालको नक्सा र प्रमाण मिसिल सामेल रहको ०१९ सालको नक्साबाट समेत दक्षिण तर्फ रहेको देखिन्छ । प्रतिवादीले राजिनामा लिँदा ग्यारेजको मोहडा दक्षिण भन्ने हुँदा मोहडाको दृष्टिबाट पनि सो ग्यारेज र चर्पी घर वादीको भन्न नमिल्ने । (प्र. नं. २०) (३) किल्ला वदरमा उभय पक्ष कसैको दावी नभए पछि उत्तरको सो किल्लासम्म वादी प्रतिवादी दुवै थरीको जग्गा रहेछ भन्ने कुरामा दुवै थरीको मुख मिलेकै सम्झनु पर्ने । (प्र.नं. २०) (४) २०२९ सालको नक्साको विवादको न. नं. १ को पूर्व पट्टि र पश्चिम पट्टि समेत पर्खाल देखिन्छ । वादीले पर्खाल लिएको नभै निजको राजिनामाको पूर्व किल्ला पर्खालको साँधसम्म भएकोमा सो साँध न. नं. १ को पूर्व पट्टिको पर्खाललाई मान्दा पश्चिम पट्टिको पर्खाल वादीको राजिनामा भित्र पर्न जाने भै वादीले किन्दै नकिनेको पर्खाल पनि निजले प्राप्त गर्ने अवस्था पर्न आउने । (प्र. नं. २१) (५) प्रतिवादीले पर्खाल भत्काई बनाएको भन्ने वादीको कथनबाट पनि साविकदेखि नै प्रतिवादीको पर्खाल रहेको कुराको पुष्टि हुने । (प्र. नं. २१) (६) प्रतिवादीले राजिनामा गरी लिँदा घर जग्गामा लगाएको पर्खाल समेत खरिद गरेको र वादीको राजिनामामा पर्खाल साँध भनेको सोही पर्खाल वादी प्रतिवादी बीच सीमाना कायम भै निजहरुको साँधमा उत्तर दक्षिण रहेको तथ्य प्रमाण मिसिलको २०२० सालको नक्साबाट पनि देखिन्छ । सा १ नं. को जग्गा वादीलाई दिलाउने हो भने माथि लेखिए अनुसार वादीले समेत स्वीकार गरेको प्रतिवादीको उत्तर साँध वासुदेव समशेरको घर जाने बाटोसम्मको जग्गा प्रतिवादीले नपाउने हुन जान्छ । साथै वादीको राजिनामाको पूर्व किल्लामा पूर्वको विर्ता र बुना महारानीको पर्खाल साँध भन्ने उल्लेख भएकोमा विर्ताको साँधमा रहेको पर्खालसम्म नै वादीलाई जग्गा दिएको मान्दा बुना महारानीको स्वामित्वमा पर्खाल मात्र रहन जाने भै त्यसरी पर्खाल मात्र बाँकी राख्नु पर्ने कुनै औचित्य नदेखिने । (प्र. नं. २१) (७) जग्गा यकिन गर्न चारकिल्लाको सर्वाधिक महत्व हुने । (प्र. नं. २२) निवेदक तर्फबाट :– विद्वान अधिवक्ता श्री प्रचण्डराज अनि