निर्णय नं. ७०२ - आफ्नो जिम्माको सम्पत्ति मसौट गरे भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०२ - आफ्नो जिम्माको सम्पत्ति मसौट गरे भन्ने भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०९/२६ २६९३ निर्णय नं. ७०२ ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२६ सालको फौ.पु.नं.६२५ फैसला भएको मिति : २०२८।९।२६।२ पुनरावेदक : पं. १ नं.नु.जि. मैदान सल्ले गाउँ पञ्चायत वडा नं.४ बस्ने श्यामबहादुर थापा क्षेत्री विरुद्ध विपक्षी : श्री ५ को सरकार (वि.प्र.वि.) मुद्दा : आफ्नो जिम्माको सम्पत्ति मसौट गरे भन्ने (१) संस्थाबाट जिम्मा लिएको रकमवापत दाखिल गर्न नसके संस्थाले कानूनबमोजिम नालिस गरिलिन सक्ने, त्यसतर्फ भ्रष्टाचार गरेको भन्न नमिल्ने । नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेरी पुनरावेदक श्यामबहादुर समेत रोहवरमा रही श्री ५ को सरकार (विशेष प्रहरी विभाग) को तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले गर्नुभएको वहससमेत सुनी निर्णयतर्फ विचार गर्दा प्रतिवादी पुनरावेदक श्यामबहादुर थापाका विरुद्ध अभियोग लागेको रकममध्ये मालपोत यो उजूर परिसकेपछि दाखिल गराएकोलाई अघि सो रकम हिनामिना गरी उजूर परेपछि मात्र दाखिल गराएकोबाट प्रतिवादीलाई सफाई हुन नसक्ने पञ्चायतको रजिष्टर श्रेस्तामा पञ्चायत घर बनाउँदा खर्च भएको सहकारीको रकमलाई प्रधानपञ्चको निजी रकम भनी लेखाएको, पछि सो रकम सोधभर्ना हुँदा खाने विचार गरेको देखिने भन्नेसमेत विद्वान सरकारी अधिवक्ताले वहस गर्नुभयो । सहकारी विक्री तथा ऋण संघ लिमिटेडको रकमतर्फ सो संस्थाबाट पुनरावेदकले जिम्मा लिएको रकम वापस दाखिल गर्न नसकेमा सो संस्थाले कानूनबमोजिम नालिस गरी लिनसक्ने कुरा भएको हुनाले त्यसतर्फ भ्रष्टाचार भई गरिसकेको भन्ने मिलेन । मालपोतको रकम पनि दाखिल गर्न दिइराखेको भनी पुनरावेदकले कागज बयानमा उल्लेख गरेका व्यक्ति टेकबहादुरबाट दाखिल हुन आएको हुनाले प्रतिवादीले हिनामिना गरेको भन्ने देखिएन अरु पञ्चायतको रकम पञ्चायतकै कर्मचारीको तलवमा खर्च भएको भन्ने भरपाई कागजहरूबाट देखिन आएको, पञ्चायतले पनि आवश्यक परे नालिस गर्न सक्ने हुनालेसमेत प्रतिवादी पुनरावेदक श्यामबहादुर थापाले भ्रष्टाचार गरेको नदेखिने हुँदा बागमती विशेष अदालतले प्रतिवादी पुनरावेदकलाई विगोसमेत तिराउने गरी गरेको २०२५।३।३१।१ को फैसला मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु । (प्रकरण नं. ८) पुनरावेदक तर्फबाट :  विपक्षी तर्फबाट : सरकारी अधिवक्ता प्रचण्डराज अनिल उल्लिखित मुद्दा :  फैसला न्या. झपटसिंह रावल १. मालपोत रु. ३३५१। धुरी कर रु. १३००। उठाएको र रु. १७००। सहकारीबाट ल्याएकोमा श्यामबहादुरले नै स्वीकार गर्नुभएको र जम्मा मालपोत रू.३३५१। मा रू.२४०८। माल दाखिल गरी बाँकी रू.९४३। आफैले मसौट गरी खाएको छ । श्यामबहादुरलाई पहिलो प्रश्न गर्दा रू.७००। उपप्रधानपञ्चलाई राख्न दिएको भनेको पछि तहविलमा रू.९४३। नपुग देखिन आएपछि त्यो सबै नै राख्न दिएको भनी बयान गरेको त्यस्तै धुरी कर उठाएको रू.१३००। मध्ये सयकडा १० र २५ को हिसावले केही रकम जिल्ला सभाको कोषमा दाखिल गरी बाँकी रकम गाउँ सभाको बैठकमा बजेट पेश गरी पास भएको बजेटको शीर्षक अनुसारमात्र पञ्चायतले खर्च गर्नुपर्ने त्यस्तो रकम आफूले विनाआदेश पञ्चायत भवन बनाउने र मसलन्दको काममा खर्च भएको भन्ने श्यामबहादुरको भनाई आधारयुक्त छैन । सहकारी कोषबाट रू.१७७३।३८ को मालसामान ल्याएकोमा रू.१३७३।३८ को मालसामान विक्री भइसकेको देखिन्छ । सो विक्रीबाट आएको रुपै