निर्णय नं. ७०३ - प्राचीन मूर्ति ल्याए राखे हटाए भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०३ - प्राचीन मूर्ति ल्याए राखे हटाए भन्ने भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०४/२४ २८३४ निर्णय नं. ७०३ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०२८ सालको फौ.फु.नं. ४७ फैसला भएको मिति : २०२९।४।२४।३ पुनरावेदक : का.जि.बहादुर भवन रोयल होटल बस्ने वोरिस लिया सोमिच विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : प्राचीन मूर्ति ल्याए राखे हटाए भन्ने (१) सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क)–फुल बेञ्चमा रायबाझी भई आएकोमा राय बाझिएको कुराले समुच्चै कुरामा असर पार्न नसक्ने अवस्थामा राय नमिलेको सम्म विषयमा निर्णय दिए हुने । यस बेञ्चबाट मुद्दाका सम्पूर्ण विषयमा निर्णय दिनुपर्ने या डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय नमिलेको विषयमा सम्म निर्णय दिए हुने के हो भन्ने हकमा फुल बेञ्चबाट हेरिने मुद्दाहरूको सम्बन्धमा व्यवस्थित सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३(क) मा डिभिजन बेञ्चका न्यायाधीशहरूको राय नमिलेको भन्ने उल्लेख भएबाट यस्तो रायबाझी भइआएकोमा सो राय बाझिएको कुराले समुच्चै मुद्दामा असर पार्न नसक्ने अवस्थामा राय नमिलेकोसम्म विषयमा फुल बेञ्चबाट निर्णय दिए हुने देखिन्छ । (प्रकरण नं. ९) (२) प्रहरी प्रतिवेदनमा चोरीको माल भनी लेखिएको हुँदैमा चोरीको माल कायम गरी मालधनीलाई फिर्ता दिलाउन मिल्ने नदेखिने । तत्सम्बन्धमा मा.न्या. श्री हेरम्बराजको रायमा उक्त हेमलक्ष्मी अंकित आर्यताराको मुर्ति चोरीको माल भनी प्रहरी प्रतिवेदनमा लेखिएको भन्ने मुख्य आधारमा मालधनीलाई फिर्ता दिने भन्ने ठहर गर्नुभएको रहेछ । कुनै पनि चिज चोरीको हो भनी कायम गर्नलाई कानूनबमोजिम पहिले चोरीमा मुद्दा चली अदालतको निर्णयबाट चोरी कायम भएको हुनुपर्छ । अनिमात्र चोरीको माल भन्न ठहराउन मिल्ने हुन्छ । सोअनुसार चोरीमा मुद्दा चलाएको र उक्त मुर्ति चोरीको ठहरी अदालतबाट निर्णय भएकोसमेत नदेखिएको र मालधनीले फिर्ता पाउनुपर्छ भन्नेतर्फ वादी श्री ५ को सरकारको पुनरावेदन परिआएकोसमेत नहुनाले प्रहरी प्रतिवेदनमा चोरीको माल भनी लेखिएको हुँदैमा चोरीको माल कायम गरी यसै मुद्दाबाट मालधनीलाई फिर्ता दिलाउन मिल्ने देखिँदैन । त्यसकारण चोरीको माल भनी मालधनीलाई फिर्ता दिने गर्नु भएको मा.न्या.श्री हेरम्बराजको रायमा सहमत हुन मिलेन । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट : का.मु.सरकारी अधिवक्ता इन्द्रराज पाण्डे उल्लिखित मुद्दा : फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा ०२९।१।८ को डिभिजन बेञ्चबाट निर्णय हुँदा मुर्ति फिर्ता दिन मिल्ने नमिल्ने कुरामा मा.न्या.श्री हेरम्बराज र मा.न्या.श्रीब्रम्हदत्त तिवारीको मतैक्य हुन नसकेकोबाट सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३ अनुसार निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको छ । २. मुद्दाको विवरण ययसप्रकार छ : का.मु.स.इ.कृष्णबहादुरको प्रतिवेदनबमोजिम वोरिसको घर खानतलासी गर्दा विभिन्न किसिमका प्राचीन मूर्तिहरू बरामद भएकोले सो मूर्ति र वोरिससमेतलाई दाखिल गरेको छु भन्ने का.मु.स.इ.छिरिङ समेतको प्रतिवेदनबाट यो मुद्दाको शुरुआत भएको रहेछ । ३. वोरिसले मूर्ति संकलन गरी राख्न खरीद गरेको भन्ने पत्यार लाग्दो नदेखिएको सो मूर्तिहरू अन्यत्र निकासी गरी लाभ उठाउन खोजेको भगतरामबाट मूर्ति किनेमा सावित भएको आर्यत