निर्णय नं. ७०४ - गलत लिखत तयार गरी आफ्नो नियन्त्रणको सम्पत्ति मसौट गरे भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०४ - गलत लिखत तयार गरी आफ्नो नियन्त्रणको सम्पत्ति मसौट गरे भन्ने भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०५/०३ ३२४८ निर्णय नं. ७०४ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधशि श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२७ सालको फौ.फु.नं. ३५ फैसला भएको मिति : २०२९।५।३।६ निवेदक : का.जि. असन वालकुमारी बस्ने नेपालकुमार मिश्र विरुद्ध विपक्ष : विशेष प्रहरी विभाग, श्री ५ को सरकार मुद्दा : गलत लिखत तयार गरी आफ्नो नियन्त्रणको सम्पत्ति मसौट गरे भन्ने (१) लिखतहरू तयार गर्ने वा अनुवाद गर्ने काम भएको पदको राष्ट्रसेवक नभई अरु पदमा बहाल रहेको राष्ट्र सेवक देखिन आए भ्र.नि.ऐन, २०१७ को दफा ९ को कसूर अन्तर्गत नपर्ने । सर्वप्रथम विल सच्याएको भन्ने कसूर भ्र.नि.ऐन, २०१७ को दफा ९ अन्तर्गत पर्ने नपर्ने के हो भन्नेतर्फ उक्त दफा ९ अध्ययन गर्दा लिखतहरू तयार गर्ने वा अनुवाद गर्ने काम भएको कुनै राष्ट्रसेवकले राष्ट्र वा श्री ५ को सरकार वा सरकारी मान्यताप्राप्त कुनै संस्था वा कुनै व्यक्तिलाई हानी पुर्याउने खास बदनियतले वा हानी पुग्छ भन्ने जानीजानी कुनै लिखत तयार गर्दा वा अनुवाद गर्दा गलतसँग वा गलत छ भन्ने जानीजानी तयार गरेमा वा अनुवाद गरेमा सजाय गर्ने व्यवस्था भएको पाइन्छ । लिखतहरू तयार गर्ने वा अनुवाद गर्ने काम भएको राष्ट्रसेवकहरूको हकमा सम्म उपरोक्त उल्लिखित कसूर गरेमा उक्त दफा ९ प्रयोग हुनसक्ने उक्त दफामा उल्लिखित वाक्यांशहरूबाट प्रष्ट हुन्छ । तदनुसार प्रतिवादी नेपालकुमार लिखतहरू तयार गर्ने वा अनुवाद गर्ने काम भएको पदको राष्ट्रसेवक नभई घरेलु तालिमकेन्द्रको एउटा शिक्षक पदमा बहाल रहेको राष्ट्रसेवक देखिन आएकोले निज नेपालकुमार उपर लगाइएको विल सच्यायो भन्ने कसूर उपरोक्त दफा ९ अन्तर्गत पर्न आउने देखिएन । (प्रकरण नं. ९) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता मधुप्रसाद शर्मा विपक्षी तर्फबाट : का.मु. सरकारी अधिवक्ता इन्द्रराज पाण्डे फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्याइदिनु भन्ने हुकूम प्रमांगी बक्स भई यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : ०१९ साल माघ १ गतेदेखि ०२० साल आषाढ मसान्तसम्मको घरेलु इलम तालिम अञ्चल केन्द्र बैतडीको हिसाब किताबको श्रेस्ता अडिट गरी एकाउण्टेण्ट डिल्लीराजले पेश गरेको प्रतिवेदनबाट शिक्षक नेपालकुमार मिश्रले काठमाडौंबाट खरीद गरी लगेको मालको विलहरू सच्याएको समेत देखिएकोले बिल सच्याई सरकारी रकम हिनामिना गरी जालसाजसमेत गरी मासे खाएको देखिन आएकोले भ्रष्टाचार निवारण ऐन, ०१७ अन्तर्गत कारवाई हुने भनी वैतडी गौंडाले पठाई विशेष प्रहरी विभागबाट अनुसन्धान कारवाई भएको । ३. निज नेपालकुमार मिश्रले घरेलु इलम तालिम केन्द्रमा पेश गरेको प्रतिवेदनबाट रू.१५०। को हाइड्रोसल्फाइड र रू.८१ को एसिडसमेत विल्टी गरी पठाएको आजसम्म आइनपुगेको आइपुगेपछि दाखिल गर्नेछु भनी लेखिदिएको थियो । निजउपर भ्र.नि.ऐन अन्तर्गत कारवाही हुन लागेपछि फसाद पर्यो भनी पछि बुझाएको देखिएकोले अघि सो रकम जालसाजी साथ मसौट गरी खाने प्रयत्न गरेको भन्ने स्पष्ट हुन आउँछ, निजले पेश गरेको नं.१४२।१५०।१५७।१६६।१५९ को बिलमा अंकहरूमा घटीलाई बढी गराई सच्याएको छ । विक्रेता बुझेमा हामीले सच्याएको छैन भनी लेखेको र केही विलमा प्राप्त नक्कलहरूबाट घ