निर्णय नं. ७०५ - जालसाजी, जिम्मावारी धनमाल हिनामिना गरे
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०५ - जालसाजी, जिम्मावारी धनमाल हिनामिना गरे भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०३/१० २५१० निर्णय नं. ७०५ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको फौ.फु.नं. २७ फैसला भएको मिति : २०२९।३।१०।३ निवेदक : पं.३ नं. काश्की मौजे छाहा चौक गाउँ बस्ने शिवलाल उपाध्याय विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने जुठु पाध्या मुद्दा : जालसाजी, जिम्मावारी धनमाल हिनामिना गरे (१) विदेश जानेको सम्पत्ति ऐनले अपुताली खान पाउने नजिकको हकवालाको जिम्मा राख्नु रखाउनुपर्ने कानूनी व्यवस्था नभएको । तत्सम्बन्धमा कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित आशौच बार्नेको ३५ नं.मा देश परदेश गएको मानिस मर्यो जिउँदो केही पत्ता नभएकोमा घरबाट जाँदाको उमेर परदेश गएपछिको बर्ष जम्मा गरी १३० बर्ष उमेर नाघेपछि काजकृया गर्नुपर्ने र १०० बर्ष नपुगी अपुतालीको आशाले काजकृया गरेकोमा पछि जिउँदो फर्की आयो भने कृया गर्नेलाई उसैले पाउने अपुताली बमोजिम दण्ड हुनेसम्म व्यवस्था गरेको पाइन्छ, त्यस्ता विदेश जानेको सम्पत्ति ऐनले अपुताली खान पाउने नजिकको हकवालाको जिम्मा राख्नु रखाउनुपर्ने कुनै पनि कानूनले व्यवस्था गरेको पाउन सकिएन । (प्रकरण नं. ९) (२) विदेश जानेको सम्पत्ति अरु जिम्मा लगाएकोमा मेरो जिम्मा लगाई रखाइपाउँ भन्ने हकवालाको नालिस लाग्न नसक्ने । नजिकको हकवालाकै जिम्मा राख्नु रखाउनुपर्ने कानूनी व्यवस्था नभएपछि विदेश जानेको सम्पत्ति हिनामिना हुन गर्न नपाउने गरी जोसुकै जिम्मा पनि राख्न रखाउन कानूनले नमिल्ने हुँदैन । नजिकको हकवालाबाहेक अरु जिम्मा राखे रखाएकोमा सो जिम्मा लिने व्यक्तिले जिम्मा लिएको सम्पत्ति हिनामिनासमेत गरेमा अपुतालीबाट हक खोज्न पाउने अवस्था पुगेकोमा ऐनले अपुताली खान पाउने नजिकको हकवालाले अपुतालीको तहबाट ऐनबमोजिम दावी नालिस गरेमा उसैबखत ठहरेबमोजिम हुने कुरा हो । उपरोक्त आशौच बार्नेका ३५ नं. बमोजिम विदेश जानेको १०० बर्ष उमेर नभएसम्म हकवालाले कृयासमेत गर्न नपाउने र विदेश जाने मानिस आफै फर्की आएमा आफ्नो सम्पत्ति निजले नै खोजी गरी लिन पाउने हुन्छ नगिचको हकवालाले ऐनले अपुताली हक खोज्न पाउने अवस्था पुगी सकेको हुनु बेगर विदेश जानेको सम्पत्तिमा पहिले नै हकवालाको हक पुग्न सक्ने हुँदैन यस स्थितिमा विदेश जानेको सम्पत्ति अरु जिम्मा राख्न रखाउन कानूनले बन्देज नलगाएकोमा अरु जिम्मा लगाएको बदर गरी मेरो जिम्मा राखी रखाई पाउँ भनी हकवालाले दावी नालिस गर्न पाउने हक नै कानूनले दिएको छैन । त्यसकारण वादीको यो नालिस लाग्न नसक्ने प्रष्ट हुन्छ । (प्र.नं. १०) निवेदक तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ विपक्षी तर्फबाट : कृष्णप्रसाद घिमिरे उल्लिखित मुद्दा : फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दामा ०२५।८।२१।३ को डिभिजन बेञ्चबाट भएको इन्साफ दोहर्याई पाउँ भन्ने प्रतिवादी शिवलाल पाध्याको निवेदनपत्र परेकोमा ब्यहोरा साँचो हो र अब फुल बेञ्चबाट मुद्दा हेरी छिनिंदा हारे पनि फेरि दोहर्याई पाउँ भनी विन्ति गर्ने छैन भन्ने कागज गर्छन भने गराई एकपटक फूल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूमको प्रमांगी बक्स भई यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : मूल पुर्खा चिरञ्जिवीका ३ छोरामा माहिला त्रिलोचन निजका छोरा जागेश्वर निजको