निर्णय नं. ७०६ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०६ - अंश भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/१०/२३ ३५४१ निर्णय नं. ७०६ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२८ सालको देवानी फु.नं. १८६ फैसला भएको मिति : २०२९।१०।२३।६ निवेदक : का.जि.सेतोदरवार बस्ने देवेन्द्र शमशेर ज.ब.रा. विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने लिला शमशेर जबरा मुद्दा : अंश (१) तत्काल प्रचलित अ.बं.२८ नं.: बाबुबाट अंश दिलाइपाउँ भन्ने छोराको अ.बं.२८ नं. बमोजिम दावी पुग्न नसक्ने यसमा जेठी मुमा भक्तीदेवी र उहाँको छोरा चुडाराज शमशेर ०९ सालमा छुट्टिने अवस्थामा नगद गहनाको एउटा बण्डामा लाग्ने खडा गरी उहाँहरूको भागसम्म छुट्याई बाँडी दिई हाम्रो भाग पनि देखाए तापनि लिएदिएको नभई बुबाको साथमा म समेत सगोलमा रही बसेको १६ साल वैशाख १५ गते बुबाले करकापसँग कागज गराउनु भएकोले नालिस दिई चित्त नली १६ साल वैशाख १६ गतेदेखि भिन्न बसेको छु, रीतपूर्वक बुबाको जिउ छँदै बण्डा छुट्याई राख्न श्रेय देखिएकोले सम्पत्तिको तायदाती मेरो अंश छुट्याई दिलाइपाउँ भन्ने वादीको दावी र ०९।१।२९ मा चल अचलसमेतको बण्डापत्र खडाबमोजिम वादीले आफ्नो अंश भाग लिइसकेको हुँदा अंश दिन बाँकी छैन भन्ने प्रतिवादीको जिकिर रहेछ । प्रतिवादीले पेश गरेको ०९।१।२९ को बण्डापत्र लिखत वादीलाई सुनाउँदा मेरो सही परेको भए पनि कानूनले मान्य नहुने खेश्रा सरहको कागज हो भनी बयान गरेको प्रतिवादीको भनाइबमोजिमका लागि तत्काल प्रचलित अंशबण्डाको ४९ रजिष्ट्रेशनको ३ नं. बमोजिम रजिष्ट्रेशन पास भएको लिखत देखिएन, तर दावीबमोजिम वादीले अंश पाउने नपाउने के हो भन्नेकुराको निर्णय गरी दिनालाई यो फिरादपत्र ०१७।९।२२ मा दायर भएको र त्यसबखत बहाल रहेको अंशबण्डाको २८ नं.मा सम्वत् १९६४ साल पौष ४ गतेदेखि अब उप्रान्त एकै स्वास्नी वा धेरै स्वास्नी तिरको छोरा भए पनि बाबुको जीउ छउन्जेल छोराहरूको अंशमा कर लाग्दैन भन्ने उल्लेख भएको, छोराले बाबुलाई अंशमा कर लगाउन पाउने र बाबुले अंश दिन बाध्य हुनुपर्ने कानूनी व्यवस्था नभएकोले बाबुबाट अंश दिलाइपाउँ भन्ने छोरा वादीको उपरोक्त अंशबण्डाको २८ नं. बमोजिम दावा पुग्न सक्दैन । ०२८।५।१९ को फुल बेञ्चसमेतले इन्साफ ठहर गरेको मिलेको देखिएन । वादीले कोर्टफी राखी नालिस दायर गरेको हुँदा अरु केही गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु । (प्रकरण नं. ११) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता शुशीलकुमार सिन्हा, अधिवक्ता कृष्णकुमार वर्मा, उल्लिखित मुद्दा : फैसला न्या. वासुदेव शर्मा १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार सर्वोच्च अदालतमा रहेका सबै स्थायी न्यायाधीश समेतको वृहद् फुल बेञ्च बसी दोहर्याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहोरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : बुबा मे.ज.लिला शमशेरकी ३ स्वास्नीमा जेठी विवाहिता भक्तिदेवी राणा त्यसतर्फको छोरा भू.पू.मन्त्री चुडाराज शमशेर माहिली अनारदेवीतर्फबाट सन्तानै नभएको कान्छी मेरो मुम