निर्णय नं. ७०७ - नक्सा पास गरी पोखरी पुर्न पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७०७ - नक्सा पास गरी पोखरी पुर्न पाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०१/२० २६३१ निर्णय नं. ७०७ ने.का.प. २०२९ फुल बेञ्च सम्मानीन प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको दे.फु.नं. १२४ फैसला भएको मिति : २०२९।१।२०।३ निवेदक : ललितपुर, क्वाल्खुटोल बस्ने कीर्तिब्रम्हानन्द जोशी विरुद्ध विपक्षी : ल.पु.नत्वाल बस्ने नाति महर्जनसमेत मुद्दा : नक्सा पास गरी पोखरी पुर्न पाउँ (१) नरगपञ्चायत (दोस्रो संशोधन) ऐन, २०२२ को संशोधित थप दफा १७ (५)–मनासिव कारण भएमा नगरपञ्चायतले पोखरी पुर्न अनुमति नदिन सक्नेछ । अब उक्त हुकूम प्रमांगीबमोजिम पोखरी पुर्न नदिने गरेको नगरपञ्चायत सभाको निर्णय मिले नमिलेको के हो त्यसतर्फसम्म निर्णय दिनुपर्ने हुन आएकोले त्यस सम्बन्धमा विचार गर्दा मिसिल सामेल रहेको ल.पु.नगरपञ्चायत सभाले ०२६।१।९ मा गरेको निर्णयको उतारबाट पोखरी पुर्न वा निजी रुपले चलन गर्न दिँदा जनभावनाको प्रतिकुल पर्न जाने प्रत्यक्ष देखिनाले पोखरी सार्वजनिक काममा प्रयोग गर्न नपाउने गरी निजी रुपमा कायम गरिदिन र पुर्न दिनसमेत मनासिव नदेखिनाले पुर्न दिन नमिल्ने भन्ने निर्णय गरेको देखिएको नगरपञ्चायत (दोस्रो संशोधन) ऐन, २०२२ को संशोधितबाट थप दफा १७ (५) मा “नगरपञ्चायतको इलाकाभित्रको निजी पोखरी नगरपञ्चायतमा दर्ता गराउनुपर्छ र त्यस्तो पोखरी नरपञ्चायतको स्वीकृतिबेगर पुर्न पाइनेछैन” भन्ने उल्लेख भएबाट कुनै मनासिव कारण भएमा नगरपञ्चायतले पोखरी पुर्न अनुमती नदिन पनि सक्ने देखिन्छ । सो पोखरीमा स्थानीय जनताहरूले मर्दा जुठो पुकाउने श्राद्ध गर्दा पिण्ड सेलाउने कार्य पोखरीमा नै गरी आएको सो पोखरीलाई १०८ तीर्थमध्येको १ तीर्थ पनि मानिआएको भन्नेसमेत कुरा सर्जमिनबाट समेत देखिएकोले निवदेकले नगरपञ्चायतमा दर्ता गरेको पोखरी उल्लिखित सार्वजनिक काममा प्रयोग भइआएको कारणबाट पोखरी पुर्न नदिने गरेको नगरपञ्चायत सभाको ०२६।१।९ को निर्णय मनासिव ठहराएकोसम्म डिभिजन बेञ्चको ०२६।५।२३ को इन्साफ मनासिव ठहर्छ । अरु प्रस्तुत मुद्दाबाट निर्णय गर्नु नपर्ने सो पोखरीमा घर बनाउन निवेदकले दिएको नक्सा पास नहुने ठहराएको ल.पु.नगरपञ्चायत न्यायसमितिको ०२६।१।११ को निर्णय मनासिव ठहराएको डिभिजन बेञ्चले बढी गरेको अप्रासंगिकको निर्णयसम्म मिलेको देखिएन । मुद्दा दोहर्याएमा लागेको कोर्टफी दाखिल भएको देखिनाले अरु केही गर्नु परेन मिसिल नियमबमोजिम बुझाइदिनु । (प्रकरण नं. ११) निवेदक तर्फबाट : अधिवक्ता मोतिकाजी स्थापित विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता देवनाथप्रसाद वर्मा, अधिवक्ता नारायणप्रसाद श्रेष्ठ उल्लिखित मुद्दा : फैसला न्या. सुरेन्द्रप्रसाद सिह १. मेरो ल.पु.नत्वाखाल पोखरी भन्ने जग्गा कित्ता २ राजीनामाबाट मैले भोगचलन गरिआएकोमा मेरो नाउँमा ल.पु.भू.प्र.का. मा दर्ता भएको दोयम रोपनी खला २ को ७–४–० को पोत रू.२४।८ बुझाउनुपर्ने हाल जग्गाधनी प्रमाण पूर्जा वा.नं.२० को न.ख.३८ को पाखा दोयम रोपनी ४–१–२ र वा.नं.२० को न.ख.४० को पाखो दोयम रोपनी ४–८–० जनिएको उक्त पोखरी जग्गामा माछाको खेती गर्नलाई बारतर्फ पर्खालले कम्पाउण्ड घेरी पूर्वतर्फको कुनामा पुरी राखेको पोखरीको जग्गामा माछाको रेखदेख गर्नको निमित्त नक्साबमोजिम घर बनाउन पास पुर्जी पाउँ भन्नेसमेत कीर्तिब्रम्हानन्दको नक्सा दर्खास्त । २. उक्त जग्गाको दक्षिणपट्टिको सँधियार गोपाल भनी लेखिएको म