निर्णय नं. ४८०० - बन्दी प्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४८०० - बन्दी प्रत्यक्षीकरण भाग: ३५ साल: २०५० महिना: माघ अंक: १० फैसला मिति :२०७०/०७/१९ २८९६ निर्णय नं. ४८०० ने.का.प. २०५० (ग) अङ्क १० पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०५० सालको रि.पु.इ.नं. – ५० आदेश मिति : २०५०/७/१९/५ निवेदक/प्रतिवादी: का.जि.का.म.न.पा. वडा नं. ४ कलंकी डेरा गरी बस्ने ललितपुर जिल्ला ढुङ्गेअड्डामा वर्कसप खोली स्थायी रुपमा बस्ने काठमाडौं डिल्लीबजार चारखाल खोरमा थुनामा रहेको वर्ष ३० को हरिवंश सिंह पंजावीको हकमा गगन सिंह । विरुद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत, काठमाडौं समेत । विषय : बन्दी प्रत्यक्षीकरण । (१) गम्भिर प्रकारको अपराधमा अपराधको आरोप लागेको व्यक्ति भागी जान नसकोस् भन्ने उद्देश्यले थुनामा राख्न पनि सकिने व्यवस्था भएको हो । नेपाल अधिराज्यमा स्थायी बसोवास नभएको व्यक्ति आफू उपर लागेको अभियोगबाट बच्नको लागि भागी जान सक्ने सम्भावनालाई ध्यानमा राखी ६ महिना वा सो भन्दा बढी कैदको सजाय हुन सक्ने कसूरको अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्छ भन्ने कानूनी व्यवस्था अनुसार नै तत्काल प्राप्त प्रमाणको मूल्यांकन गरी जिल्ला अदालतबाट थुनामा राख्ने आदेश भएको देखिन्छ । अधिकार क्षेत्र विहिन अदालत वा कुनै अन्य निकायबाट कुनै व्यक्तिलाई गैरकानूनी रुपमा थुनामा राखिएकोमा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको माध्यमबाट थुनाबाट छुटकारा दिलाउन सक्दछ । तर अधिकारप्राप्त अदालतमा दायर भएको मुद्दामा प्रमाणको मुल्यांकन गरी प्रतिवादीलाई थुनामा राख्ने आदेश भएको र अन्य प्रमाण बुझ्ने कार्य बाँकी नै रहेको अवस्थामा थुनामा रहेको व्यक्तिलाई बन्दीप्रत्यक्षीकरणको प्रयोग गरी छुटकारा दिलाउनु कानून संगत नदेखिने । (प्र. नं. १८) निवेदकका तर्फबाट :– विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी विद्वान अधिवक्ता श्री शिव कुमार श्रेष्ठ विद्वान अधिवक्ता श्री महम्मद शेष अब्बास विपक्षी तर्फबाट :– विद्वान सरकारी अधिवक्ता श्री बलराम के.सी आदेश न्या. हरि प्रसाद शर्मा – संयुक्त इजलासबाट १. ०४८ सालको रिट नं. २१९५ मा प्रतिपादित सिद्धान्तसँग इजलास सहमत हुन नसकी रुलिङ्ग बाझिएकोले निर्णयार्थ प्रस्तुत रिट निवेदन स.अ.नि. ०४९ को नियम ३(१) ख बमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने संयुक्त इजलासबाट भएको आदेश बमोजिम पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको निवेदन जिकिर यस प्रकार छः– २. मिति २०४९/१०/२७ गते काका सानुकाजी के.सी. दूध किन्न बजार तर्फ जानु भएको थियो । त्यसै बखत प्रतिवादी हरिवंश सिंहले चलाई ल्याएको वि.पि.४वि. १८०० नम्बरको मोटरसाइकलले काका सानुकाजीलाई ठक्कर दिई घाइते भएका र प्रतिवादी पंजावी स्वयंले वीर अस्पतालमा लगि उपचार हुँदा हुँदै मिति २०४९/११/१० मा सानुकाजी के.सी. को मृत्यु भएकाले कानून बमोजिम गरी पाउँ भन्ने कुमार के.सी. को मिति ०४९/११/१० को जाहेरी दरखास्त । ३. मृतक सानुकाजी के.सी. को शरिरमा कुनै घाउ चोट पटक नदेखिएको भन्ने लास जाँच प्रकृति मुचुल्का । ४. मैले मोटर साइकिल चढी गई रहेको अवस्थामा पछि मात्र नाउँ थाहा पाएको सानुकाजी के.सी. बाटो क्रस गर्न लागेको देखि बे्रक लगाई मोटर साईकिल रोक्दा निज सानुकाजी अडिए । फेरि विस्तारै अगाडि बढाउँदा निज सानुकाजी फेरि अगाडि बढेकाले बायाँ हातको कुइनाले लाग्न गई लडेकाले तत्कालै वीर अस्पतालमा ल्याई उपचार