निर्णय नं. ७९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/06/01 २६५९ निर्णय नं. ७९१ ने.का.प. २०३० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२९ सालको रिट.नं.१०१६ आदेश भएको मिति : २०३०।६।१।४ मा निवेदक : श्री महाकाली राइस आएल एण्ड फ्लोर मिल प्रा.लि.को मेनेजिंग डाइरेक्टर का.जि.थापाथली वार्ड नं.१ बस्ने श्री महाराजकुमार मंसुरी शमशेर ज.ब.रा विरूद्ध विपक्षी : श्री ५ को सरकार अन्तःशुल्क कार्यालय नेपालगञ्जसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) राजपत्रमा प्रकाशित सूचनाको विपरीत विभागीय निर्णय भई श्री ५ को सरकारले समर्थन नगरेको निर्णय बदर हुने । मिति २०२७ साल आषाढ २२ गतेको राजपत्रमा प्रकाशित अर्थ मन्त्रालयको सूचनामा नेपाल अधिराज्य भित्रको फ्याक्टरी मिल कारखानामा उत्पादनमा तयार भएका वस्तुहरूमा २०२७ साल आषाढ २२ गतेदेखि देहायबमोजिम अन्तःशुल्क लगाई असूल उपर गरिनेछ भन्ने उल्लेख भई देहाय २ मा स्टिम इञ्जिन भएको वा ३० हर्ष पावर वा सो भन्दा बढी शक्तिले सञ्चालित चामल तेल मिलहरू वोक ३० हर्ष पावर भन्दा कम शक्ति भएका चामल मिलहरू वोर प्रति हलर देहायबमोजिम अन्तःशुल्क असूल गरिनेछ भन्ने र २ (ख) मा ३० हर्ष पावर भन्दा कम शक्ति भएकाले तेल मिलहरूबाट प्रति एक्सपेलर देहायबमोजिम अन्तःशुल्क असूली गरिनेछ भन्ने लेखी देहाय (३) मा २० देखि २९ हर्ष पावरसम्म मासिक अन्तःशुल्क रू.९०० थप प्रति एक्सपेलर ४५० भन्नेसमेत उल्लेख भएको देखिन्छ यसबाट उक्त तेल मिल उक्त सूचनाको २ (ख) अन्तर्गत पर्न आएको देखिएकोले सोबमोजिम अन्तःशुल्क असूल गर्नु पर्नेमा त्यस महाकाली राइस एण्ड फ्लोर मिल इष्टिम इञ्जिनको एउटै फर्म एउटै कम्पाउण्ड भित्रको हुँदा उत्पादनको आधारले अन्तःशुल्क लिने भन्ने विभागीय निर्णय भइसकेको हुँदा सो समर्थन गरी उत्पादनकै आधारबाट अन्तःशुल्क लिने भन्ने मिति ०२९।१।२९ मा श्री ५ को सरकारले निर्णय गरेकोसमेत उक्त २०२७ साल आषाढ २२ गतेको राजपत्रमा प्रकाशित अर्थ मन्त्रालयको सूचनाको विपरीत देखिएकोले सो निर्णय आदेशसमेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ यो आदेशको प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता शुशिलकुमार सिन्हा विपक्षी तर्फबाट : का.मु.सरकारी अधिवक्ता इन्द्रराज पाण्डे उल्लिखित मुद्दा :  आदेश न्या. धनेन्द्रबहादुर सिंह १. श्री ५ को सरकार र विभागको निर्णयहरू बदर गरी बढी असूल गर्नु भएको रकम फिर्ता गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ । २. तथ्य यसप्रकार छ : (अर्थ मन्त्रालय अन्तःशुल्क विभाग) अन्तःशुल्क कार्यालय नेपालगञ्जको ०२८।१।१४ को पत्रमा त्यस मिल परिया भित्र रहेको २६ हर्ष पावरको मिल ल्फेट रेटबमोजिम चलाई आएकोमा मिल रुरियाभित्र ल्फेट रेट लागू हुन नमिल्ने भनी विभागीय निर्णय भई आएकोले साविकबमोजिम असूल रजिष्टर खडा गरी मिल चलाउन हुन सुचित गरिन्छ भनी र मिति २०२९।२ को च.नं.११०३ को श्री ५ को सरकार अर्थ मन्त्रालय अन्तःशुल्क विभागको पत्रमा महाकाली राइस आएल एण्ड ल्फोर मिल्स (प्रा) लि.२६ हर्ष पावरको मिल हुँदा आर्थिक बर्ष ०२७।०२८ को लागि प्रकाशित अन्तःशुल्क दरबन्दी लाग्ने भनी अनुसार ल्फेट रेटको आधारबाट अन्तःशुल्क लाग्नु पर्नेमा उत्पादनको आधारबाट अन्तःशुल्कबाट पत्र पाएकोले कानूनी तथा प्राकृ