निर्णय नं. ७०८ - अ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०८ - अ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०९/१५ ४५५८ निर्णय नं. ७०८ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह माननीय न्यायाधीश श्री वृषबहादुर थापा माननीय न्यायाधीश श्री जयदेव भट्ट माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२३ सालको दे.फु.नं. ७३ फैसला भएको मिति : २०२९।९।१५।६ निवेदक : भारत वहराइच बर्नपुर रेहवा बस्ने कुँवर इन्द्रप्रताप नारायण सिंह मरी मुद्दा सकार गर्ने उमासुन्दरी देवी विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने राजमाता बसन्त कुँवरवा मुद्दा : अंश (१) कुनै व्यक्तिको अचल सम्पत्ति अन्य मुलुकमा रहेकोमा दुई राज्यको अन्य सन्धि वा सम्झौता रहेनछ भने त्यस्तो अचल सम्पत्तिको हकमा जुन देशमा सो सम्पत्ति रहेको छ त्यसै देशको कानूनबमोजिम हुने । यसमा बाबाराजा विजयबहादुर सिंहले आर्जेको नेपाल सरहद जिल्ला बर्दिया तप्पे रजहट मौजे डेउडाकला १ भवानीपुर १ पडरीया १ सुकैपुर ।। तप्पे फ्रैना मौजे वंगाई १ समेत ४।। मौजा बाबाको शेषपछि सगोलका जेठा दाजु रुद्रप्रताप नारायणका नाममा दर्ता गराई भोगचलन गरिआएको निज दाजु परलोक हुनुभएपछि भतिजा विजयप्रतापले एकलौटी आफ्नो नाममा दर्ता गराएको सो मौजाहरूमा मेरो भाग आधा पंक्ति दिलाइपाउँ भन्ने वादीको दावी परी मुद्दा चलेको रहेछ । वादी प्रतिवादी दुवै पक्ष विदेश भारतका नागरिक भए पनि नेपाल अधिराज्यमा भएको उक्त जिमिदारी मौजाहरूमा वादीले भाग पाउने नपाउने समेत यहाँको कानूनबमोजिम न्याय लिन दुवैपक्षले यहाँको अदालतको अधिकार क्षेत्रमा आफूलाई समर्पण गरेको र निजी अन्तर्राष्ट्रिय कानूनको सिद्धान्तअनुसार कुनै व्यक्तिको अचल सम्पत्ति अन्य मुलुकमा रहेकोमा दुई राज्यको अन्य सन्धि या सम्झौता रहेनछ भने त्यस्तो अचल सम्पत्तिको हकमा जुन देशमा सो सम्पत्ति रहेको छ त्यसै देशको कानूनबमोजिम हुने हुनाले वादी दावीको नेपाल अधिराज्यमा भएको जिमिदारी मौजाहरूमा आधा भाग दिलाइपाउँ भन्ने वादीको नालिस तत्काल प्रचलित अंशबण्डाको ६१ नं. बमोजिम हदम्याद नाघेको भन्न मिल्ने अवस्था छ छैन उक्त जिमिदारी मौजाहरूमा वादीले पाउने नपाउने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ । (प्रकरण नं. १३) (२) नेपाल अधिराज्यमा भएको सम्पत्तिमा नेपालको कानूनबमोजिम वादीले अंश पाइसकेको सबूद गुज्रन नआए अंशबण्डाको १।२ नं. बमोजिम अंश पाउने ठहर्ने । अब नेपाल अधिराज्यमा भएको वादी दावीको जिमिदारी मौजाहरू कहिलेको आर्जन रहेछ भन्नेतर्फ वादी इन्द्रप्रताप सिंह गुजाराले अन्दाजी ३० वर्षदेखि भिन्न बसी आएको भनी २०११ सालमा दिएको प्रतिवादीमा उल्लेख गरेको प्रतिवादीकै लेखाइअनुसार सो भिन्न भएको भनेको मितिले ३० बर्ष अघि १९८१ सालतिर पर्न आउने र वादी दावीको जिमिदारी मौजाहरू १९६३ सालदेखि भोग भई आएको भन्ने देखिएकोले वादी सगोल छँदैका अवस्थाको आर्जन रहेछ भन्नमा कुनै शंका छैन । नेपाल अधिराज्यमा भएको सम्पत्तिमा नेपालको कानूनबमोजिम वादीले अंश पाइसकेको सबूद गुज्रन नआएकोले वादी दावीको जिमिदारी मौजाहरूमा अंशबण्डाको १।२ नं. बमोजिम आधि वादीले पाउने