निर्णय नं. ७०९ - सावाँ ब्याज भराइपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०९ - सावाँ ब्याज भराइपाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०८/०८ २७५६ निर्णय नं. ७०९ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह माननीय न्यायाधीश श्री वृषबहादुर थापा सम्वत् २०२९ सालको दे.फु.नं. ११३ फैसला भएको मिति : २०२९।८।८।६ निवेदक : का.जि. कपन बस्ने ठुली खड्केनी क्षेत्रिनी विरुद्ध विपक्षी : ऐ. कपनटार बस्ने भीमबहादुर खड्का क्षेत्री मुद्दा : सावाँ ब्याज भराइपाउँ (१) म्यादमा धितो चलन नगरेकोबाट कपाली हुन गई कपाली भएको नाताले ब्याज भराउन नमिल्ने । यसमा २०२९।५।२९।४ को डिभिजन बेञ्चको फैसलाले वादीलाई ब्याज भराउने गरेको कानून अनुकुल छ वा छैन यस्तोमा तत्कालिन साहू आसामीको ५ नं.ले ब्याज नपाउने वा तत्काल रजिष्ट्रेशनको ७ र साहू आसामीको २क.नं. बमोजिम ब्याज पाउने के हो भन्ने कुराको निर्णय दिनुपर्ने हुन आएको छ । वादी प्रतिवादीका बीचमा भएको ०१९।३।११ को लिखतमा ब्याजको शर्त लेखिएको छैन । कारोवार भएका बखत बहाल रहेको साहू आसामीको २क.नं.मा साहूले भोगबन्धकीमा १ वर्षभित्र र दृष्टिबन्धकीमा २ वर्षभित्र चलन गर्नु वा चलन गर्न नदिए चलन चलाई माग्नालाई नालिस दिनुपर्छ भन्ने लेखिएको म्यादभित्र नालिस नदिई ब्याजसम्म लिने खाने गरिआएको रहेछ भने ब्याजैको लोभले रहेको ठहर्नाले लेखिदिएको भोग दृष्टि समाउन पाउँदैन । कपालीसरह हुन्छ भन्ने लेखिएको र सोही महलको ५ नं.मा लेनदेन गर्दा व्याज लेखिएकोमा व्याज र मुनाफा लेखिएकोमा मुनाफा सयकडा १० वा त्यसभन्दा घटी लेखिएकोमा लिखतैबमोजिम सम्म मात्र भरिपाउँछ भन्ने लेखिएको रजिष्ट्रेशनको ७ नं.मा रजिष्ट्रेशन पास गराउनु पर्ने कागज पास नगराई ११ नं.का म्यादमा पास गराउन नालेस पनि नदिएको रहेछ भने त्यस्ता कागजबाट जग्गाजमीन घरमा दावा गरेको नालिस लाग्न सक्दैन थैली परेकोमा परेको थैली र त्यसको आयस्ता वा ब्याज अथवा भोग्न पाएको जतिमा ऐनबमोजिम शुदसम्म साहूले कपालीसरह भराइलिन पाउँछ भन्ने लेखिएको देखिन्छ । लिखतमा ब्याजको शर्त नलेखिएको रहेछ भने उक्त साहू आसामीको ५ नं.ले ब्याज नपाउने र लिखतै पास हुन सकेको रहेनछ भने उक्त रजिष्ट्रेशनको नं.७ ले ब्याज भराउने व्यवस्था गरेको देखिन्छ । म्यादमा धितो चलन नगरेको वा चलन चलाई माग्न नालिस नगरेकोमा धितो समाउन नपाउने ब्याजको लोभमा बसेको ठहर्ने उक्त साहू आसामीको २क.नं.मा समेत व्यवस्था भएको पाइन्छ । रजिष्ट्रेशन पास नभएकाबाट ब्याज भरी पाउने उक्त रजिष्ट्रेशनको ७ नं.को व्यवस्था यो लिखत पास भइसकेको मुद्दामा लागू हुने देखिएन । साहू आसामीको २ (क) नं. बमोजिम म्यादमा धितो चलन नगरेकोबाट कपाली हुन गई कपाली भएका नाताले ब्याज पाउने हो कि भन्नालाई लिखतमा ब्याज तिर्ने शर्त नलेखिएकोमा ब्याज भराउन नमिल्ने साहू आसामीको ५ नं.को व्यवस्थाअनुसार कपाली भए पनि ब्याज लिने खाने शर्त भएको अवस्थामा मात्र ब्याज भराउने कानूनी तर्क हुन आउँछ । यो मुद्दामा साहूले धितो चलन गर्न नपाएको नभई साहूले आफै चलन नगरेको या चलन चलाई माग्न नालिस नगरेको भन्ने अवस्था देखिन आएको हुनाले आफ्नो कानूनी अधिकार र कर्तव्यमा निर्भर गर्ने साहूले नै धितोको आयस्तामा माया मारेको अवस्था पर्न जान्छ । प्रतिवादीको भनाइबाट हरसाल मुरी ८।१० धान आयस्ता बुझाई आएको रसिद भरपाई नदिई ब्याजमा दोहोरो लिन दावी गरेको भन्ने भनाई भएकोमा लिन नपाउने ब्याज दुईपक्षको राजीखुसीबाट घरसारमा लिए खाएको हवस् वा नह