निर्णय नं. ७९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/10/08 ३२८९ निर्णय नं. ७९२ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको रि.फु.नं. ४४ आदेश भएको मिति : २०३०।१०।८।६ मा निवेदक : नेपालगञ्ज नगरपञ्चायत वार्ड नं.१० भैरवगञ्ज बस्ने मुलचन्द आजाद विरूद्ध विपक्षी : बाँके बासदेवपुर गा.प.वार्ड नं.२ कटलिया बस्ने ललित चन्द विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निर्वाचनको लागी गैरकानूनी कार्य गरे गराएछ भने सो कार्य निर्वाचनको तिथि मिति भन्दा अघि भएको किन नहोस निर्वाचन अपराध भएको मुद्दा निर्वाचन विशेष अदालतले हेरी निर्णय दिनुपर्ने कानूनी हुन जाने । यसमा प्रतिपक्षी मुलचन्द अजादको तर्फबाट विद्वान अधिवक्ता श्री गणेशराज शर्मा निवेदक ललित चन्दतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ निर्वाचन विशेष अदालतको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिलले गर्नु भएको बहससमेत सुनिएको प्रस्तुत केशमा निर्णय तर्फ हेरेमा निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा १४ ले निर्वाचनमा गैरकानूनी कार्य गर्न हुँदैन भन्ने निषेध गरेको हुनाले निर्वाचन भन्नाले निर्वाचनको समय अवधि भित्र गैरकानूनी कार्य भएको मुद्दामात्र निर्वाचन विशेष अदालतले हेर्ने निर्वाचनको तिथि मिति घोषण हुनु भन्दा अगावैको गैरकानूनी कार्य भयो भनिएको मुद्दा निर्वाचन विशेष अदालतले हेर्दा अधिकारक्षेत्रात्मक त्रुटि हुन गएकोछ भनी डिभिजन बेञ्चको निर्णयमा उल्लेख भएको देखिन्छ । निर्वाचनमा गैरकानूनी कार्य भए गरेको भन्नाले निर्वाचनको लागि या निर्वाचनको निमित्त गैरकानूनी कार्य गर्नु गराउनु हो, यदि निर्वाचनको लागि गैरकानूनी कार्य गरे गराएछ भने सो कार्य निर्वाचनको तिथि मिति भन्दा अधि भएको किन नहोस् निर्वाचनमा अपराध भएको मुद्दा निर्वाचन विशेष अदालतले हेरी निर्णय दिनुपर्ने कानूनी सक्षमता हुन जान्छ त्यसकारण प्रस्तुत मुद्दामा निर्वाचन विशेष अदालतले निर्णय दिएको अधिकारक्षेत्रात्मक त्रुटि भन्ने मिल्ने देखिएन । (प्रकरण नं. ७) (२) कानूनी अधिकारीले मुद्दामा कारवाई तथा निर्णय गर्दा कानून अनुकुल निर्णय दिनुपर्ने कुरामा प्रमाणको आधारमा निर्णय दिनुपर्ने । कानूनी अधिकारीले मुद्दामा कारवाई तथा निर्णय गर्दा कानून अनुकुल निर्णय दिनु पर्ने कुरामा प्रमाणको आधारमा निर्णय दिनु पर्ने कानूनी न्यायिक परिपाटी हो निर्वाचन विशेष अदालतले गरेको फैसला तदनुकूल छ वा छैन भन्ने तर्कका हकमा विपक्षी ललित चन्दले निर्वाचनको मुखमा निर्वाचनको सन्निकटामा बन्दुक पेस्तोलहरू राष्ट्रिय पञ्चायत निर्वाचनमा मतदान गर्न पाउने मेवालाल हरिहर अयोध्याप्रसादसमेत ३ जनालाई ल्याई दिएमा ललित चन्द आफ्नो लिखितजवाफमा सावित हुनु भएको छ पक्ष विपक्षका साक्षीहरूले कसले साँचो बक्यो कसले झुठ्ठो बक्यो भन्ने कुरामा विचार गर्नुभन्दा त्यस्तो बन्दुक पेस्तोल ल्याई दिएकोबाट निर्वाचनमा असर पर्यो कि परेन भन्ने कुरा नै केलाउनु परेकोछ र बन्दुक पेस्तोल ल्याई दिएमा ललित चन्द सावित भएकोबाट बन्दुक पेस्तोल लिनु दिनु गरेको कुरा तथ्य मिल्न आयो, ललित चन्द निर्वाचनमा विजयी हुँदा मुलचन्द भन्दा २ भोट बढी पाई विजयी भएकोमा उक्त बन्दुक पस्तोल ल्याई दिएको ३ जवानको मत निर्णयात्मक द