निर्णय नं. ७९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/08/26 २३४० निर्णय नं. ७९४ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री वृषबहादुर थापा सम्वत् २०२८ सालको रि.फु.नं.४१ आदेश भएको मिति : २०३०।८।२६ मा निवेदक : वीरगञ्ज नगरपञ्चायत वडा नं.३ बस्ने मदनप्रसाद उपाध्याय विरूद्ध विपक्षी : ऐ.वडा नं.७ बस्ने विष्णुकुमार पार्थिव विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अमान्य लिलामबाट एकाको हकको जग्गामा अर्काको हक कायम हुन नसक्ने । यसमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने नपर्ने के हो सो कुराको निर्णयको लागि हेर्दा जुन जग्गाको ०२४ सालको मालपोत नबुझाई बाँकी राखेको भनी विपक्षी भूमिप्रशासकले जग्गा लिलाम गरेको हो सो जग्गाको बुझाउनुपर्ने मालपोत भन्दा पनि बढी नै रूपैयाँ जग्गा लिलाम हुनुभन्दा अगावै ०२५।१।३१ मा जग्गाधनीले विपक्षी भूमिप्रशासन कार्यालयमा नै धरौट राखी सकेको देखिन आएको छ भूमिप्रशासन ऐन, ०२४ को दफा १० को उपदफा (४) अनुसार मालपोत दाखिल नगर्नेको जग्गासम्म लिलाम हुन सक्ने हो यदि पहिले नै मालपोत दाखिल गरी सक्ने जग्गावालाको जग्गा लिलाम गरिन्छ भने कानूनबमोजिम बाहेक भएको लिलामलाई लिलाम भएकै मान्न भएन त्यस्तो कायम नहुने लिलामबाट जग्गा प्राप्त गर्ने व्यक्तिको सम्बन्धित सम्पत्तिमा हक स्थापित हुन नसक्ने हुँदा त्यस्तो हक स्थापित नहुने व्यक्तिको रिट निवेदनबाट कानून अमान्य लिलाम सदरै रहने र मालपोत दाखिल गर्दागर्दै जग्गा लिलाम हुन गई प्रत्यक्ष अन्याय यथावत रहने गरी अदालतले आदेश दिन नमिल्ने कुरा ०२९।३।१०।६ को डिभिजन बेञ्चले विचार गरेको पाइएन खास गरी संवैधानिक या कानूनी हकको हनन हुन गयो सो हकको प्रचलन गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत रिट निवेदन अन्तर्गत गर्न आउने निवेदकले जुन चिजमा आफ्नो हक हनन् भयो भनी देखिएको छ सो चिजमा पहिले निजको निर्विवाद हक स्थापित भएको हुनुपर्छ अनिमात्र त्यस्तो निवेदन लाग्ने र त्यस उपर विचार हुन सक्ने हुन्छ प्रस्तुत केशमा जुन जग्गा लिलामबाट पाएको भनी निवेदकले आफ्नो हक देखाएको छ सो लिलाम नै गैरकानूनी हुँदा अमान्य लिलामबाट एकाको हकको जग्गामा अर्काको हक कायम हुन पनि नसक्ने हुनाले निवेदन जिकिरको जग्गामा निवेदकको निर्विवाद हक स्थापित भएको नै देखिन आएको त्यस्तो निर्विवाद हक स्थापित नभएको जग्गामा निवेदकको रिट निवेदन नै लाग्न नसक्ने हुँदा अरू कुरा विचार गरिरहनु परेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ उत्प्रेषणको आदेश जारी गर्ने गरी ०२९।३।१०।६ को डिभिजन बेञ्चले छिनेको मिलेको देखिएन, नियमबमोजिम मिसिल बुझाई दिनु । (प्रकरण नं. ८) प्रतिपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल, अधिवक्ता मुकुन्द रेग्मी निवेदक विपक्षीतर्फ : अधिवक्ता कृष्णप्रसाद घिमिरे, सरकारी अधिवक्ता गोविन्दबहादुर आदेश प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा २०२९।३।१०।६ को डिभिजन बेञ्चबाट निर्णयहरू भएको दोहोर्‍याई पाउँ भन्ने मदनप्रसादको निवेदन परी न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट २०२९।१०।२।९ को हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : भोडाहा गाउँ पञ्चायतको मदनप्रसाद उपाध्यायसमेतको जग्गा ०२४ सालको पोत बाँकीमा लिलाम बढाबढ हुँदा बिष्