निर्णय नं. ७१३ - वाली भराइपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१३ - वाली भराइपाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०८/२३ २४७३ निर्णय नं. ७१३ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२६ सालको देवानी फु.नं. ७१ फैसला भएको मिति : २०२९।८।२३।६ निवेदक : धादिङ ज्यामरुक कसंसाल गाउँ बस्ने लालप्रसाद धमला विष्णुप्रसाद धमलासमेत विरुद्ध विपक्षी : ऐ. ज्यामरुक बस्ने चौ.रेशमविक्रम शाह मुद्दा : वाली भराइपाउँ (१) तत्काल प्रचलित अ.बं.१०७ नं. अन्तर्गत नालिस गरेको नभई आफ्नो हक देखाई नालिस गरेकोमा उक्त अ.बं.१०७ नं. लागू हुन्छ भन्ने तर्क गर्न नमिल्ने । चौ.यक्षविक्रमले ०१८।४।१२।५ मा बयान गर्दा आफ्नो उमेर ८३ बर्ष पुगेको भनी लेख्नु भएको देखिएको र तत्काल प्रचलित अदालती बन्दोबस्तको १०७ नं.मा ७५ बर्ष उमेर नाघेकाको हक पुग्ने जुनसुकै कुरामा पनि नालिस उजूर गर्नुपर्ने भएमा ती मानिसको एकाघरसँग बसेको १६ बर्ष नाघेका हकदार कोही रहेनछन् भने अपुताली खान पाउने हकवालाले सो कारणसमेत देखाई हदम्यादभित्र नालिस उजूर गर्न पाउनेसमेत व्यवस्था भएकोले एकाघरमै भएको १६ बर्ष नाघेको हकदार वादीको नालिस नलाग्ने हो कि भन्ने तर्क गर्न चौ.यक्षविक्रमको ७५ बर्ष उमेर नाघिसकेको अवस्था देखाई उक्त अ.बं.१०७ नं.अन्तर्गत भनी चौ.यक्षविक्रमको हकमा वादीले नालिस गरेको नभई चौ.यक्षविक्रम सदर भई बस्नुभएकोले सो गुठीको पूजाआजा पहाड घरमा जो रहेछ बुबा चौ.चन्द्रविक्रम शाह हुनु भएमा उहाँले र म भएमा मैले गर्ने गरी गुठीको काम चलाई शेष बाँकी रहेको खाने गरिआएको हुँदा बाँकी बाली मलाई दिलाई भराइपाउँ भनी चौ.रेशमविक्रमले आफ्नै हक देखाई नालिस गरेको देखिनाले उक्त अ.बं.१०७ नं.यसमा लागू हुन्छ भन्ने तर्क गर्न मिलेन । (प्रकरण नं. १०) (२) वारेसनामासमेत रीतपूर्वकको लिखत बेगर नालिस गर्न हक प्राप्त भएको मान्न नमिल्ने । अब तत्कालप्रचलित अ.बं.१०६ नं. बमोजिम नालिस गर्न पाउने वादी चौ.रेशमविक्रमको हकदैया छ छैन भन्नेतर्फ हेर्दा उक्त वायु गुठीको कामकाज चलाई गुठी कसर बुझाई खान पाउने गरी चौ.यक्षविक्रमको ज्युताभरलाई पाएको भन्ने कुरामा विवाद नभएको र सो गुठीको पूजाआजा पहाड घरमा जो रहन्छ वुवा चौ.चन्द्रविक्रम शाह हुनु भएमा उहाँले र म भएमा मैले गर्ने गरी गुठी काम चलाई शेष बाँकी रहेको खाने गरी आएको भन्ने वादीको लेखाई र पछि चौ. यक्षविक्रम शाहले बयान गर्दा धादिङ ज्यामरुक समेत पहाड जतिको उठतीपुठती तिमी भाइ भतिजाले उठाई लिनु गर्नपर्ने घर व्यवहार आजापूजा गुठी गाना देवालीसमेतको काम तिमीहरूले नै गर्नु भनी मैले पहाडको घर व्यवहार जम्मै वादी समेतलाई छाडिदिएको हुनाले वादी भतिजाले यो नालिस गरेका हुन् । वादीले नालिस गरेकोमा मेरो मञ्जुर छ वादी दावी बमोजिम बाली वादीलाई भराइपाउँ भनेका समेत भए पनि चौ.यक्षविक्रमले आफ्नो ज्युताभर खान पाउने गरी पाएको उक्त वायु गुठीको हक अर्कोमा सर्न सक्ने र सो गुठीको बालीमा अर्कोले नालिस गर्न पाउनेसमेत कानूनी आधार र चौ.यक्षविक्रमले वादीलाई हक छोडिदिएको लिखत सबूद समेत वादी तर्फबाट कुनै आउन नसकेको र चौ.यक्षविक्रमले पछि बयान गर्दा वादीले नालिस गरेकोमा मञ्जुरी व्यक्त गर्दैमा वारिसनामा समेत रीतपूर्वक लिखत बेगर चौ.रेशमविक्रमलाई नालिस गर्ने हक प्राप्त भएको मान्न नमिल्नेसमेत हुनाले अ.बं.१०६ नं. बमोजिम नालिस लाग्नसक्ने वादी रेशमविक्रमको हकदैया भएको देखिन आएन । (प्रकरण नं. ११) फैसला प्