निर्णय नं. ७१४ - बाली र निष्काशन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१४ - बाली र निष्काशन भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/१०/१३ २३७० निर्णय नं. ७१४ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२७ सालको दे.फु.नं. ९७ फैसला भएको मिति : २०२९।१०।१३।३ निवेदक : भ.पु.तेखाछे टोल बस्ने राम ठिमी विरुद्ध विपक्षी : भ.पु. इताछे टोल बस्ने पूर्णबहादुर भुजु मुद्दा : बाली र निष्काशन (१) अघिल्लो दिन नभ्याई अधुरो रहेको सर्जमिन भोलिपल्ट बुझेकोलाई गैरकानूनी भन्न नमिल्ने । मुख्य दरभाउमा विवाद भएकोले सो सम्बन्धमा ०२८।९।१६ का फुल बेञ्चका आदेशबमोजिम बुझी आएको सर्जमिन मुचुल्का हेर्दा ०२९ साल श्रावण १५ र १६ गते दुई दिन उक्त सर्जमिन बुझ्ने काम भएको देखिएको र यसै कुरालाई लिई पहिलो दिन सर्जमिन बुझ्ने काम भइसकेपछि फेरि दोस्रो दिन बुझ्न नहुने बुझेको गैरकानूनी हो भनी वादीतर्फका विद्वान अधिवक्ताले आपत्ति उठाउनुभएको समेत भए पनि पहिलो दिन श्रावण १५ गते सर्जमिन बुझ्ने काम भएकोमा आज ज्यादै हुलदंगा भएको र साथै समयले पनि नभ्याएको हुँदा बाँकी पुनः सर्जमिन हुनेछ भनी सुनाएको सुनिपायौं । सर्जमिनका मानिसहरू धेरै बाँकी भएको र समयले पनि नभ्याएको हुँदा आजलाई स्थगित भएको ठीक हो भन्नेसमेत सो सर्जमिन मुचुल्कामै लेखी दुवैपक्षको समेत सहिछाप गराई मिति बन्द गरी बाँकी सर्जमिन भोलिपल्ट श्रावण १६ गते फेरि बुझेको उक्त सर्जमिन मुचुल्काबाट देखिएको र त्यसरी अघिल्लो दिन समयले नभ्याएकोमा भोलिपल्ट फेरि बुझ्न नहुने कानूनले बन्देज लगाएको नहुनाले अघिल्लो दिन नभ्याई अधुरो रहेको बाँकी सर्जमिन भोलिपल्ट बुझेकोलाई गैरकानूनी हो भन्न मिल्ने देखिएन । (प्रकरण नं. ९) फैसला न्या. चन्द्रप्रसाद प्रधान १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ । २. तथ्य यसप्रकार छ : मेरो नाममा दर्ता भएको ३२ नं.इन्द्रायणी न.नं.८९७।९०४।११७ ९०३।९९८।९०१ समेतको अवल रोपनी ३।।। ।।।३ मध्ये ३ खण्डको २ खण्ड रोपनी पनि २।। ।।२ प्र.को दाजुले ०१७ सालदेखि कमाएकोमा १८।१९ सालको बालीमा मेरो नालिस पर्दा प्रतिवादी राम ठिमी मोही ठहरी मुद्दा फैसला भएको प्रतिवादीले २०।२१।२२ सालको बाली नदिएकाले जम्मा धान मुरी ।९।१४।५ को मुरी १ के रू.९५ ले रू.९२४।४६।१ गहुँ मुरी २।१४ को मुरी १ के रू.८०। ले रू.२१६ समेत जम्मा रू.११४०।४६।१ भराई जग्गाबाट निष्काशन गरिपाउँ भन्नेसमेत वादी । ३. वादीले २० सालको बाली बुझी नलिएकोले भ.पु.माल दोश्रामा जिन्सी धान धरौट राखिदिएको छु ०२१ सालको बाली नबुझेकाले भ.पु.माल दोस्रामा र ०२२ सालको पनि नबुझेकाले भ.पु.नगर पञ्चायतमा धरौट राखेको छु बाली मेरो पेट बाँकी छैन भन्नेसमेत राम ठिमीको प्रतिवादी । ४. जग्गा मिच्नेको १८ नं.यसमा प्रयोग हुन नसक्ने र भूमिसम्बन्धी प्रथम संशोधन ऐन, ०२२ को दफा ३३ (क) को प्रष्टीकरण अन्तर्गत २०२१ सालको बालीको दावी खारेज हुने ०२२ सालको बालीका हकमा प्रतिवादीले सयकडा १० भन्दा बढी नपुग हुने गरी धरौट राखेको देखिएकाले भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३६ अन्तर्गत बाली बाँकी नै भन्नु परी वादीले प्रतिवादीबाट सो २२ सालको बाली किसिम बमोजिम भरिपाउने र निष्काशनसमेत गरिपाउने ठहर्छ भन्ने भूमिसुधार विशेष अदालत ललितपुर, भक्तपुरको ०२४।३।२३।३ को फैसल