निर्णय नं. ७१५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१५ - अंश भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०९/१७ ३१७० निर्णय नं. ७१५ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२७ सालको दे.फु.नं. १४४ फैसला भएको मिति : २०२९।९।१७।१ निवेदक : ल.पु.जि.बाग्मती पुल बस्ने वंसमान अमात्य बिरुद्ध विपक्षी : ऐ. घर भई हाल मोरङ प्र.गोग्राहा विराटनगर बस्ने सुचेतमान अमात्यको मुद्दा सकार गर्ने र आफ्ना हकमा समेत टंकमाया अमात्यनी समेत मुद्दा : अंश (१) एउटै घरमा बसेको नाताले एकाघरका भनी नलेखिने, अंश नभई एउटै घरमा बसेका अंशियारलाई एकाघरको भनी लेखिने । यसमा दावीबमोजिम वादीले अंश पाउने नपाउने के हो भन्ने कुराको निर्णयको लागि मिसिल कागजहरूको अध्ययन गरी हेर्दा प्रतिवादीबाट पेश हुन आएको रु. १२१ लिई अंशमा दावी छोडी दिएका भन्ने व्यहोराको ८०।६।२९ को कागज आफूले गरी दिएको होइन भनी वादीले जिकिर लिन नसकेको र यो मुद्दाको प्रतिवादी सुचेतमानले वादी बंशमानउपर अंशको दावी खिचोला मेटाई कागज सदर गरी पाउँ भनी दिएको मुद्दामा सोही ८०।६।२९ को कागजलाई आधार लिई आफूले हक दावी छोडी सकेकोमा फेरि अंश पाउँ भनी दावी गरेको समेत ठहराई देवानी तेश्राबाट ८८।१।२६ मा भएको फैसला अन्तिम रुपमा रहेको देखिएको समेतबाट वादी वंशमान पहिले एक पटक छुट्टी भिन्न भई रु. १२१। लिई अंशमा दावी छाडी बसेको प्रमाणित हुन्छ तथापी प्रमाणमा पेश भएको सो पछिका अन्य कागजहरू हेर्दा प्रतिवादी सुचेतमानले रामहरि पाध्यालाई ९९।८।२।३ मा पास गरी दिएको फार्छेपत्र निज सुचेतमानले पूर्णलाल अमात्यलाई २०००।३।१७ मा पास गरी दिएको भोगबन्धकी तमसुकमा ऋणीको एकाघरको छोरा बंशमान अमात्य भन्ने लेखी वादीलाई साक्षी राखेको र प्रतिवादी सुचेतमानले तिरुवा विर्ता पाई २००३।४।२४।२ मा भएको लालमोहरमा पनि विर्ता पाउने सुचेतमानको एकाघरको छोरा वंशमान अमात्य भन्ने लेखिएको समेत देखिन आयो प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले उक्त लिखतहरूमा एकाघरको भन्ने लेखेको भए पनि एकाघर सगोलको नभनेको र छुट्टी भिन्न भएको छोरा पनि बाबु बसेको एउटै घरमा बस्न सक्ने र त्यसरी एउटै घरमा बसेकोलाई एकाघरको भन्ने लेखिने हुँदा त्यस्तो लेखिदैमा अंश छुट्टिएको पछि सगोलमा बसेको मानिन नसक्ने भन्ने तर्क उठाउनु भएको हकमा ८० सालमा बाबुसँग १२१। लिई अंशमा दावी छाडी बसेको भनिएको वादी फेरि सगोलमा नमिलिएको भए त्यस्तो व्यक्ति पुर्खौली घरमा बाबुका साथ बस्न सक्ने स्थिति नै उत्पन्न हुन सक्तैन र बहालमा मगनीमा बसेको भन्ने पनि देखिँदैन वास्तवमा एउटै घरमा बसेको नाताले जोसुकैलाई पनि एकाघरको भनि लेखिने नभई अंश नभई एउटै घरमा बसी आएका अंशियारहरूल लाईसम्म एकाघरको भनी लेखिने कुरा हो उपरोक्त लिखतहरूमा वादी वंशमानलाई सुचेतमानको एकाघरको छोरा भन्ने लेखिएको र प्रतिवादी सुचेतमानले दुर्गादेवी पाध्यानीसँगको बहाल भराई घर चलन पाउँ भन्ने मुद्दामा वादी वंशमानलाई वारेस राखी २००६ साल भाद्रमा गरी दिएको वारेसनामामा मेरो एकाघरसँग मानो जोडी बसेको छोरा भन्ने बोली परेको समेतबाट वादी पहिले एक पटक छुट्टिएको भए पनि पछि फेरि बाबुसँग मानो जोडी सँगबसेको रहेछ भन्ने प्रष्ट हुन्छ बाबुले लेनदेन कारोवार गर्दा छोरालाई एकाघरको भनी लिखतमा साक्षी राखिन्छ भने सो लेनदेन कारोवार भएको सम्पत्तिमा अंश हकको दैयादार छोरालाई साक्षी राखी कारव्यवहार भएको भन्ने पुष्टि हुन आउँछ । पहिले भिन्न भई