निर्णय नं. ५२७ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५२७ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०४/१० २५६९ निर्णय नं. ५२७ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री बब्बरप्रसाद सिंह न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०२५ सालको दे.फु.नं. २० निवदेक : गण्डकी अञ्चल पश्चिम ४ नं. स्याङ्गजा जिल्ला पुतलीखेत घर भई नारायणी अञ्चल चितवन भरतपुर बस्ने हाल चितवन कारागारमा थुनामा रहेको वर्ष २९ को भोलाकुमार शेरचनको निमित्त निजका एकाघर सगोलका बाबु हर्षबहादुर शेरचन विरुद्ध विपक्षी : चितवन जिल्ला अदालत भरतपुर चितवन, नारायणी अञ्चल वाइल्ड लाईफ मेनेजमेण्ट डिभिजन कार्यालय, वनविभाग चितवन समेत बिषय : बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ (१) सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ४७ (१) को प्रतिबन्धात्मक वाक्यांश–बन्दीकोतर्फबाट अरुले दिएको निवेदनपत्रमा निज बन्दीको नामबाट दिन परिस्थिति नपरेको भन्ने उल्लेख भई कारवाई चलिसकेको परिस्थिति नपरेकोले अरुबाट निवेदन दिन लगाएको भनी अनुरोध गरेमा–उक्त निवेदनपत्र खारेज गर्न नमिल्ने । उक्त नियम ४७ (१) को प्रतिबन्धात्मक वाक्यांशमा अरुले निवेदनपत्र दिंदा त्यस्तो निवेदनपत्रमा बन्दीले सहीछाप गर्न नसक्नाको कारण पनि उल्लेख हुनु पर्छ भन्ने व्यवस्था छ । सो अनुसार बाबुको नामबाट प्रस्तुत निवेदनपत्र दर्ता गर्दा बन्दीको नामबाट दिन परिस्थिति नपरेको भन्ने निवेदनमा परेकैले उक्त नियमको मनसाय पुरा भएको मानी कारवाई चलिसकेको र भोलाकुमार शेरचनलाई उपस्थित गराउने ०२६।२।७।३ को फुल बेञ्चबाट आदेश भई उपस्थित गराइएको निज भोलाकुमार शेरचन भन्नेलाई यसबेञ्चबाट सोधनी गर्दा म जेलमा बन्दी भैरहेको म आफैंले सहीछाप गरी निवेदनपत्र दिन परिस्थिति नपरेकोले मेरो बाबुबाट निवेदन दिन लगाएको हुँ भनि बेञ्च समक्ष अनुरोध गरेको समेत यस स्थितिमा बन्दीले सहीछाप गर्न नसक्नाको कारण नखुलेको बेरीत भनी प्रस्तुत निवेदनपत्र खारेज गरी दिन मनासिव देखिएन । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा : आदेश न्या. श्री रत्नबहादुर विष्ट १. २०२४ साल आषाढ १६ गते विहान छोरा भोलाकुमार शेरचनलाई नारायणगढतर्फ जान लाग्दा प्रहरीले पकडाउ गरी चितवन कारागारमा थुनामा राखिएको थियो । २०२४।३।२९ मा कारागार कार्यालय मार्फत निज भोलाकुमार शेरचनलाई चितवन जिल्ला अदालतबाट जारी गरेको भनी दिइएको पुर्जीमा थाकखोला घर भई प.३ नं. लामाचौर बस्ने भोला थकाली के वादी श्री ५ को सरकार भएको गैंडा चोरी मुद्दामा २०२४।२।७ का फैसला पुरानो मुलुकी ऐन चौपायाको २३ नं. ले हालको अड्डाको फौ.नं. ११७ का लगतले लागेको जरिवाना रु.२०,०००। बिगो रु. ८,४००। समेत जम्मा रु.२८,४००। मा वा. लामेडिका चलानीसाथ आएको चौपायाको २३ नं. ले हुने कैद वर्ष ३। मा निज परेको ०२४।३।१९ ले २०२७ साल आषाढ १८ गते तक कैदमा बसी ऐ १९ गते छुटी जाने भएकोले तपाईलाई यो सूचना पूर्जी गरी दिएको छ भन्ने रहेछ । हाल थुनाम रहेको मेरो छोराको नाम भोला थकाली होइन र निजको नाम भोलाकुमार शेरचन हो । थाकखोलामा वा पश्चिम ३ नम्बर लामाचौरमा निज छोरो समेत हामी कसैको घरबास छैन र कहिल्यै रहे बसेको सम्म पनि छैन । हाम्रो घर पश्चिम ४ नं. स्याङ्गजा पुतलीखेतमा छ । मेरो छोरो भोलाकुमार शेरचनलाई थाकखोला घर हुने तथा पश्चिम ३ न