निर्णय नं. ५२८ - जग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५२८ - जग्गा दर्ता भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०९/०४ २६६६ निर्णय नं. ५२८ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह ०२५ सालको दे.फु.नं. ६७ निवेदक : पं ३ नं. कास्की मौजे माझठाना पैरे बस्ने खडु गुरुङको हकमा स्वास्नी उदवेनी गुरुङस्यानी विरुद्ध विपक्षी : ऐ बस्ने लालसिरी गुरुङस्यानी मुद्दा : जग्गा दर्ता (१) पारपाचुके भएको प्रष्टरुपमा लिखतमा खुलाउन नसक्नाको साथै माइत घर गई बसेकी सगोलमै छन भन्ने “पहिले लेखेको देखिएमा पारपाचुके भएको” भन्ने भनाई जिकिर समर्थित हुन नआउने । सर्वजित लालसिरीको पारपाचुके भएकै भए त्यो कुरा प्रष्टरुपले खुलाएको हुनुपर्ने राजीनामा लिखतमा दाजु सर्वजीतको स्वास्नी छोरा समेत कोही नभई अपुतालीबाट हक भएको भन्नेसम्म उल्लेख गरेको र राजीनामा गरी दिने दाता नैनसिंहले यो मुद्दामा प्रतिवादी नै नदिइ म्याद गुजारी बसेको, पहिले सर्भेमा परेको मुद्दामा कागज गर्दा सर्वजित लालसिरीको पारपाचुके भएको थियो भन्न नसकी हामी भाइ भाइ छुट्टिभिन्न भएका थिएनौ, दाजु सर्वजित परलोक भएपछि ऋण कर्जा लागी व्यवहार मिलाउँदा केही जग्गा सुक्री बिक्री गरेको हुँ । भाउजू माईत घरमा गई बसेकी थिइन सगोलमै छन भन्ने लेखी दिएको समेतबाट सर्वजीत लालसिरीको पारपाचुके भएको भन्ने प्रतिवादी खडुको भनाई जिकिर समर्थित हुन आउँदैन । (प्रकरण नं. १३) निवेदक तर्फबाट : भोजराज पाध्या विपक्षी तर्फबाट : अधिवक्ता श्री रामगोपाल श्रेष्ठ उल्लेखित मुद्दा : x फैसला प्र.न्या. श्री भगवतीप्रसाद सिंह १. बाजे धनवीर गुरुङका ४ छोरामा जेठो गंगे, माहिला मेरा खसम सर्वजित, साहिला मनो गुरुङ, कान्छा नैनसिंह गुरुङ भएकोमा ९५ सालमा छुट्टिभिन्न भई जो भएको श्री सम्पत्ति अंशबण्डा गरी बेगल बसेको अवस्था मेरा खसम सर्वजितले आफ्नो अंश भागमा परेको जमिन ०७ सालमा दामोदर भाटलाई रु.२५००। मा भोगबन्धकी दिएकोमा लोग्ने सर्वजित परलोक भएकोले म मेरो माईत ज्यामिरेमा गई बसेको थिएँ । यसै अवस्था ०२० सालको सर्भे नापि हुँदा आफ्नो जग्गा नामसारी गर्न भनी सर्भे डोर भएको ठाउँमा जाँदा यो जग्गा मैले नैनसिंहबाट राजीनामा लिएको हुँ भन्ने खडु गुरुङ मैले बिक्री गरेको छु भन्ने नैनसिंह गुरुङ भई खिचोला गरेकोले मैले सो डोरमा निवेदन दिएकोमा कारवाई हुँदा पेश हुन आएका लिखतहरुमा मेरा खसम सर्वजितले दामोदरलाई दिएको रु.२५००। को फट्टा र दाजु सर्वजितको अंश हकको निज मर्दा निजको छोरा स्वास्नी कोही नहुँदा अपुतालीबाट मेरो हक हुन आएको भनी रु. ४०००। मा नैनसिंह राजीनामा दिने खडु गुरुङ राजीनामा लिने गरेको देखिँदा म खुद स्वास्नी छँदाछदै मेरो खसम पछि मेरो हक लाग्ने जमिन हकै नलाग्ने देवरले बिक्री गर्न नपाउने हुँदा सर्भेले ७ दिन भित्र हक बेहकमा जानु भनी ०२०।१२।१४ मा सुनाएकोले नालेश गर्न आएको छु । तिरो रु.१।१२ को कुखुरेपानी भन्ने खेत मुरी–।१३।१० तिरो रु.–।३२ को ऐ खेत मुरी–।४ विजमाना–।–।२ को पाखो १ विज माना–।१ को टारपाखो १ समेत मेरो हक सदर थामी विपक्षीको दर्ता बदर गरी मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने समेत ०२०।१२।१८।४ को लालसिरी गुरुङसेनिको फिरादपत्र । २. वादी दावीको जग्गा मध्ये कुखुरेपानी खेत मुरी ।१३।१० को कित्ता १ ऐ भन्ने खेत मुरी–।४ मध्ये खेत मुरी–।२ को कित्ता १ बिजमाना–।–।४ को जग्गा मध्ये बिज माना–।–।३ को पेरेटार भन्ने पाखो कित्ता १ समेत ३ कित्ता जग्गा र अरुहरु जग्गा समेत