निर्णय नं. ५३० - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५३० - जालसाजी भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/१२/१४ २२६४ निर्णय नं. ५३० ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज सम्वत् ०२६ सालको फौ.फु.नं. ३६ निवेदक : भ.पु.इ.तोलाछें टोल बस्ने पञ्चमाया प्रजापतिनी समेत विरुद्ध विपक्षी : ऐ बस्ने हेमलक्ष्मी प्रजापतिनी मुद्दा : जालसाजी (१) प्रचलित दान दातव्यको ९ नं.–विधवा स्त्री पछि पोइल गए पनि निजले पास गरी दिएको फार्छेपत्र बदर नहुने भएमा–उक्त फार्छेपत्र जालसाजी भन्न नहुने । निज लतनबहादुर नाठो पुनकुमारको एकाघरको समेत नभई बीचको मानिस देखिएको र नातेदार भए पनि पछि पञ्चमाया पुनकुमार आफूहरुले खान पाउने गरी अघिल्लो लोग्ने पट्टिको सम्पत्ति निज लतनबहादुरका नाउँमा फार्छे पास भए गराएको परिबन्द पुगेको नदेखिएकोले तत्काल प्रचलित दान दातव्यको ९ नं. अनुसार रीतपूर्वकको फार्छे पास भइसकेपछि पोइल गएको जाहेर भए पनि बदर नहुने हुँदा यस स्थितिमा साहू लतनबहादुर समेत मिली जालसाजी लिखत खडा गरेको भन्न मिल्ने देखिन आउँदैन । (प्रकरण नं. १९) निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता श्री सर्वज्ञराज फैसला न्यायाधीश श्री धनेन्द्रबहादुर १. बाबु गोपालको छोरा प्र. पञ्चमायाको लोग्ने गोविन्द र छोरीमा जेठी गोमालक्ष्मी र म वादी हेमालक्ष्मी भएकी हामीहरुको विवाह भइसकेको बाबु गोपाल ०९७ सालमा परलोक भएको र भाइ गोविन्द २००७ सालमा परलोक भइसकेको श्री सम्पत्ति गैर बुहारी प.पञ्चमायाले स्याहारी बसेकीमा पुनकुमारसंग ०११ साल फाल्गुणदेखि लसपस गरी भँुडी बोकेको शंका लागि पक्रँदा हात हाला–हाल मुद्दाको मिसिलमा शहर बस्ने खरदारलाई मोरु.६०००। मा फार्छे लेखी दिएको भनी र पोइला गएको ५ महिना जति भयो गर्भ रहेको छ भनी ०१२।११।२४ मा बयान गरेकीले ल.पु. पोता रजिष्ट्रेशनबाट ०१२।११।५ मा नक्कल लिई हेर्दा निज पञ्चमायाको सहोदर साहिला बाबु पञ्चमायाको हालको लोग्ने पुनकुमारको ससुरा प्र.लतनबहादुर धनी पञ्चमाया ऋणी भई ०१२।८।१९ मा र ०१२।९।१० गते घर जग्गा समेत पास गरी जालसाजी तमसुक खडा गरेको रहेछन्, अपुतालीको ३ नं. मेरो माईति पट्टिको हक खाने म बाहेक अरु कोही नभएकोले सो बेच बिखन गरेको विर्ता घर र पाताल बगैंचा समेत मैले अपुताली खान पाउने र ऐनले सो अपुताली परेको मेरो हक नपुग्ने भए सरकार लाग्ने हुँदा यस्तो पोईला गइसकेपछि अन्यायहरु मिलेमतो भई अघिको मिति पारी जालसाजी फार्छे कागज पास गरेमा निज अन्यायहरुलाई सजाय गरिपाउँ भन्ने हेमालक्ष्मीको ०२४।२।२५।६ को फिरादपत्र । २. पञ्चमायाले बराबर मसंग बेतमसुकी कर्जा पनि लिने गरेकी र ससुरा गोपाल लोग्ने गोविन्द बिरामी हुँदा औषधी खर्च र निजहरु मर्दा काजकृया खर्च गर्न समेत रुपैयाँ लिएकी हुँदा ०१२।८।१९।१ मा र ०१२।९।१०।१ मा वादी दावीको जग्गा पञ्चमायाबाट पास गरी लिएको हुँ, जालसाजी गरेको होइन भन्ने समेत लतनबहादुर र खुसीराजीबाट गरेको कागज हुँदा जालसाजी व्यवहार होईन भन्ने प्र.केदारनाथ समेतको प्रतिवादी । ३. ससुरा गोपाल परलोक भइसकेपछि ऋण धन बेहोरी आएको लोग्ने गोविन्द पनि २००८ साल चैत्र सुदी १० को दिन परलोक हुँदा लाग्नेले गरी राखेको ऋणहरु तिर्न र काजकृयामा लागेको साहू तिर्न ०१२।८।१९ मा र ०१२।९।१०।१ मा फार्छे पास गरी दिएको लाग्नेको घरमा बस्न नसकिने भएकोले ०१२।९।२९ गते पुनकुमारसंग पोईल गई बसेको जालसाज गरेको होइन भन्ने समेत प्र.पञ्चमाया र ०१२ सालको