निर्णय नं. ५३१ - चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५३१ - चोरी भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०१/२० २४३० निर्णय नं. ५३१ ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०२५ सालको फौज्दारी पुनरावेदन नम्बर ५४७ पुनरावेदक : जि.बाजुरा कुप्राफैति हाल कं.कारागारमा थुनिएका शिवलाल भण्डारी समेत विरुद्ध विपक्षी : जि.अछाम पानसौ रिडीकोट घर भई अछाम बैल पाटा दोकान गरी बस्ने मिनबहादुर स्वाँरको जाहेरीले श्री ५ को सरकार मुद्दा : चोरी (१) मधेश गोश्वारा ऐन, २०१२ को दफा २–२ खण्ड (ख) ६–साहुमहाजनको भारी चोरीमा पक्राउ गरी बजार अड्डाले बुझाउन नल्याएको निजी सम्पत्ति चोरी मुद्दा प्रमुख जिल्ला अधिकारीले छिन्न नहुने । मधेश गोश्वरा ऐनको दफा २–२ खण्ड (क) ६ बमोजिम भंसार अड्डाले बुझाउन पठाएको पनि नदेखिएको । जाहेरवाला मिनबहादुरको निजी सम्पत्ति चोरी भएकोमा सरकारी मुद्दा सम्बन्धी ऐनबमोजिम सम्बन्धित जिल्ला अदालतबाट निरोपण हुनुपर्नेमा भंसार एरिया भित्र चोरी भएको देखिंदा यो मुद्दा यस अदालतबाट हेर्न साधारण अन्य चोरी नभइ साहूमहाजनको भारी चोरी हुँदा फिर्ता पठाएको छु भनी कन्चनपुर जिल्ला अदालतले श्री ५ को सरकार महाकाली अञ्चलाधीश कार्यालयमा फिर्ता पठाएकोमा उक्त कार्यालयबाट श्री प्रमुख जिल्ला अधिकारीले जि.पं.कार्यालय कन्चनपुर महेन्द्रनगरमा पठाई प्रमुुख जिल्ला अधिकारीले ०२५।३।३१।१ मा छिनेको कानूनअनुरुप भन्न नमिल्ने हुनाले उक्त कारवाई निर्णय बदर गरी दिएको छ । (प्रकरण नं. १६) पुनरावेदक तर्फबाट : अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री रतनलाल कनौडिया उल्लेखित मुद्दा : x फैसला माननीय न्यायाधीश श्री नयनबहादुर खत्री १. भारत देहली टनकपुरबाट मालसामान खरीद गरी माघ १७ गते भारत टनकपुर बस्ने भोला सिंह खन्चरवाला जिम्मा सामान चलाई आएको महेन्द्र नगर भंसार एरिया भित्र महसुल तिरी माल छुट्याउन राखेको थियो । ०२४।१०।१७ गते राती २।।१ बजेको टायममा उक्त भंसार एरियाभित्रबाट मालसामान चोरी भएकोले खोजतलास गरी माल दिलाई चोरीमा कारवाई गरिपाउँ भन्ने समेत मालधनी मिनबहादुरको जाहेरी दरखास्त । २. चोरी भएको बुझीन आएको चोर्ने पत्ता नलागेको चोर दसिसाथ प्रमाणीत फेला परी पक्रिन आएका बखत ऐन सवाल बमोजिम कारवाई गरिने हुँदा कसै प्रति मुद्दा चलाउन प्रमाण नपुगको भन्ने समेत प्रहरी प्रतिवेदन । ३. प्रहरीका साथ चलान भई आएको पोका नं. ६ को कपडा मेरो घरबाट खानतलासी गरी बरामद भएको ठिक साँचो हो । मैले कहीं पनि चोरी नगरेको र महेन्द्र नगर बजारमा छिट चोर्न पठाएको प्रहरीले झुठ्ठा अन्जाम लगाएको हो भन्नेसमेत धनमल शाहीको बयान । ४. मैले आफ्नो रुपैयाँले कपडा किनेको हो । प्रहरीले मेरो घर तलास गरी गुमरा पोका नं. ४ को कपडा बरामद भएको हो भन्ने समेत टंकबहादुर शाहीको बयान । ५. मेरै गाउँको रनपतिले ज्यालामा मलाई कपडा लैजाउ भनी ज्याला वापत कपडा दिएको सोही कपडा मेरो घरबाट प्रहरीले वरामद गरेको हो भन्ने समेत जुठे सार्कीको बयान । ६. मैले धर्मे बामनको भारी बोकेवापत निज धर्मवामनबाट ज्यालावापत पोका नं ७ को कपडा पाउँ भन्ने समेत गजरुप सत्यालको बयान । ७. बलकामीको भारी बोकेवापत निजबाट ज्यालाको रुपमा पोका नं. १० को कपडा पाए सो पोकामा मैले किनेको धोती एकजोर एक सारी पनि छ भन्नेसमेत जोखे सार्कीको बयान । ८. पोका नं.१२ मेरो होइन । रनपतिको पसलबाट कपडा ल्याई प्रहरीले मेरो घरबाट फेला पारेको भनेको प्रहरीका हकदारसंग मेरो जग