निर्णय नं. ५३२ - चाँदी निकासी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५३२ - चाँदी निकासी भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०१/२९ २४८७ निर्णय नं. ५३२ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री रङ्गनाथ उपे्रती सम्वत् २०२६ सालको फौं.फु.नं. ३७ पुनरावेदक : बाग्लुङ भिमा पोखरा उप्रेतथोक बस्ने नारायणदत्त उपाध्याय समेत विरुद्ध विपक्षी : स.इ. कृष्णमान श्रेष्ठ समेतको जाहेरीले श्री ५ को सरकार मुद्दा : चाँदी निकासी (१) विदेशमा निकासा गर्न मनाही भएको मालसामान (जस्तोः विदेशी चाँदी सिक्का) विदेशमा निकासा गर्ने उद्देश्यले लिई गएको भन्ने सबूद प्रमाणको अभावमा–उक्त माल लुकाई लगेको भन्ने आधारमा सिमाना भन्दा टाढा स्वदेश (नेपाल) भित्रै पक्राउ गरेमा–उक्त मालसामान विदेश निकासी गर्न लागेको कसूर गरेको भन्न नमिल्ने । निजहरुले भारत निकासी गर्ने उद्देश्यले नै लिइगएको भन्न मिल्ने भरपर्दो सबूद वादी पक्षबाट कुनै आउन नसकेको र कम्मरमा बाँधी कसैले नदेख्ने गरी लुकाई लगेको भन्ने तर्कको हकमा त्यस्तो नगदी जस्तो चीज सुरक्षाको लागि कसैले नदेख्ने गरी कम्मरमा बाँधी छिपाई लग्नु स्वभाविकै हुनाले सबूद प्रमाणको अभावमा शंकासम्मको भरमा भारत निकासी गर्ने उद्देश्यले नै लिई गएको भन्न मिल्ने देखिंदैन । प्रतिवादीहरुले अबाटोबाट लुकी छली हाम्रो देशको भंसार समेत नाँघी बाहीर लगी सकेको समेत नभई बुटवल खस्यौलीमै प्रहरीले पक्राउ भए गरेको भन्ने देखिएको र बुटवल खस्यौलीबाट भैरहवा त्यसपछि भंसार अनि मात्र नेपाल भारतको सिमाना बोर्डर आउने समेत भई प्रतिवादीहरुलाई पक्राउ गरेको ठाउँ बुटवल खस्यौलीबाट बोर्डर टाढा पर्ने समेत हुनाले यस्तो अवस्थामा प्रतिवादीहरुले भारत निकासी गर्न लागेको कसूर ठहराउन नमिल्ने प्रष्टै छ । (प्रकरण नं. १५) निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री सुधानाथ पन्त विपक्षी वादी श्री ५ को सरकार तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल उल्लेखित मुद्दा : x फैसला न्यायाधीश श्री नयनबहादुर १. २०२५ साल पौष ४ गतेको साँझ ५।। बजेको टायममा पहाड बागलुङका ६ जना मानिसले चाँदीको सिक्का तिनाउ नदीको किनारा हुँदै भारततर्फ निकासी गर्न लागेका छन् भन्ने गोप्य खबर पाई पिछा गर्दै हिंड्दा तिनाउ नदीको किनार हुँदै ६ जना मानिस खस्यौली बालमन्दिर पछाडि आएको देखी शंका लागी बोलाई थानामा लगी तलासी लिँदा कम्मरमा हरेक मानिसले कपडाको लोतो गराई नारायणदत्त उपाध्याले चाँदीको सिक्का १ रुपैयाँ वाला रु.४७०। अठन्नी सिक्काको हुने रु.१३२। चउन्नी सिक्काको हुने रु.४३।५० समेत ६४५।५० तक्मा चाँदीको सिक्का ८ चन्द्रमणीले भारतीय सिक्का १ रुपैयाँ वाला रु.१०७। ऐ अठन्नीको रु.१३। समेत रु.१२०।, खडानन्दले भारतीय सिक्का चाँदीको रु.१ बाला रु.१३३। चाँदीको तक्मा सिक्का १ हकबहादुरले चाँदीको सिक्का १ रुपैयाँ बाला ४०० मोतीलालले भारतीय सिक्का चवन्नीको रु.८६ ऐ अठन्नीको रु.३५। जयबहादुरले भारतीय सिक्का १ रुपैयाँबाला २८४ चाँँदीको टुक्रा तोला ११८ समेत बोकेको निस्केकाले दाखिल गरेका छौं, भारततर्फ निकासी गर्न लागेमा कानूनबमोजिम भई पक्राउ गर्नेलाई कमिसन दिलाई दिने व्यवस्था गरिपाउँ भन्नेसमेत बुटवल प्रहरी ठानाका स.ई. कृष्णमान श्रेष्ठ हे.कं.रङ्गनाथ शर्माको प्रतिवेदन । २. मैले र हर्षबहादुर पुन, चन्द्रमणी, खडानन्दले बोकेको समेत सिक्का रुपैयाँ तक्मा सबै मेरो हो । घरमा नै थियो, मेरो कपडाको दोकान हुँदा कपडा समेतको माल दोकानमा सकिएकोले पुरानो कपडाको ऋण तिर्नु पर्न