निर्णय नं. ५३३ - भैंसी चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५३३ - भैंसी चोरी भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०२/०२ २६१८ निर्णय नं. ५३३ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री रङ्गनाथ उप्रेती सम्वत् २०२३ सालको फौ.फु.नं. ३९ पुनरावेदन : का.ई.लाजिम्पाट बस्ने कालु महर्जन समेत विरुद्ध विपक्षी : का.जि.कंकेश्वरी बस्ने भक्तिनारायण खड्गी समेत मुद्दा : भैंसी चोरी (१) सबूद प्रमाणको अभावमा पोलिएको भरमा मात्र कसैलाई कसूरदार ठहराउन नमिल्ने । यस्तो अवस्थामा सबूद प्रमाणको बिलकुलै अभावमा प्रहरीमा भएको कागजमा सम्म पोलावट गरेको भरले मात्र कसुर ठहराउन मिल्दैन । (प्रकरण नं. २१) वादी पुनरावेदक तर्फबाट : x प्रतिवादी तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ उल्लेखित मुद्दा : x फैसला न्या.श्री रत्नबहादुर १. भैंसी १ कृष्णबहादुर खत्री, धनबहादुर सुवाल समेत भई विष्णुमती खोलै खोला ल्याउन लागेको बखत पुलिसले पक्रन लाग्दा धनबहादुर भागी बेपत्ता भएको, कृष्णबहादुर भैंसी समेत पक्राउ गरेमा चोरीमा सावित भएको भनी दाखिला गरेकोले पुलिस अफीसबाट कृष्णबहादुरको कागज हुँदा धनबहादुर समेत भई कालु महर्जन समेतको घरबाट भैंसी चोरी गरी कंकेश्वरी भक्तिनारायणको घरमा लान लागेको हुँ, मेरो साथी कृष्णबहादुर बानियाँ समेत छन, ६/७ ठाउँको भैंसी चोरी भक्तिनारायण कसाहीको घरमा लगी बिक्री गरेका छौं भनेबाट पोलेका मानिस समेत खोजतलास गर्दा काले ढकाल समेत पक्राउ भई आएकोले यसैसाथ पठाएको छु भन्नेसमेत सोह«खुट्टे ठानाको चलानी । २. ०१४ साल जेष्ठ २० गतेका राती हामी घरका जाहान सवै परिवार सुती निदाएको मौका पारी म सुत्ने घरको छिंडीमा बाँधीराखेको लाहुरे भैंसी मो.रु.७५०। परेको दुहुनु भैंसी चोरी लगेछन् । त्यस्तैमा पुलिसद्वारा पक्राउ भई आएका धनबहादुरले मेरो भैंसी चोरी गरेमा समेत सावित भएकाले भैंसी कहाँ छ दिलाई पाउँ भन्नेसमेत कालु महर्जनको पुलिसमा ठाडो कागज । ३. ठाउँ ठाउँको भंैंसी चोरी भक्तिनारायण कसाहीकहाँ लगी बिक्री गरेको भन्ने कृष्णबहादुर बानियाँ, कृष्णबहादुर कार्की, दिलबहादुर थापा क्षेत्री, ढकाल काले भन्ने वेदप्रसाद, नरबहादुर, रेल काले भन्ने धनबहादुर, पूर्ण भन्ने कृष्णबहादुर समेतको पुलिसमा साविती ठाडो कागज, गोरे खडुकाको इन्कारी ठाडो कागज । ४. चोरलाई सजाय गरी चोरीको बिगो जसबाट दिलाउन पर्छ दिलाई पाउँ भन्नेसमेत मालधनी कालु मर्हजन समेतको अदालतमा बयान । ५. पुलिसले कुटपिट गरी सास्ती साशना गरेकोले सहीछाप गरेको मात्र हो, हामीले चोरी गरेको छैनौ भन्नेसमेत पूर्ण भन्ने कृष्णबहादुर १, नरबहादुर १ सुरे भन्ने दिलबहादुर, कृष्णबहादुर कार्की, ढकाल काले भन्ने रेल काले धनबहादुर थापा क्षेत्री, ग्वाली भन्ने कृष्णबहादुर समेतको अदालतमा इन्कारी बयान । ६. लेखिएका मानिस मैले चिनेको छैन । मैले राँगो भैंसी काटी मासु बिक्री गर्ने काम र खरीद बिक्री गर्ने काम समेत गरेको छैन । आफ्नो ठेक्काको काम गरी आएको फाइदाबाट खान लाउन पुग्नेभई सालभरको आम्दानी केही बचतसमेत हुने हैसियतको काम भएको स्त्री जाती चौपाया भैंसी ऐनसवाल धर्मले काटी मासु बेच्न पनि नहुने हुँदा झुठ्ठा पोल गरेमा निजहरुलाई नै सजाय गरिपाउँ भन्नेसमेत भक्तिनारायण खड्गीको अदालतमा इन्कारी बयान । ७. रेल काले भन्ने धनबहादुरले ३९ ठाउँमा अबाटोबाट चोरी गरेको ठहरेकाले बिगोको डेडो दण्ड मोहरु २४४४१।६२।२ दण्ड र कैद वर्ष १२, पूर्णे भन्ने कृष्णबहादुर खत्री के बिगोको डेडो रु.५९०७।२ दण्ड र