निर्णय नं. ५३४ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५३४ - अंश भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०२/२३ २५०३ निर्णय नं. ५३४ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री प्रकाशबहादुर के.सि. सम्वत् २०२० सालको दे.फु.नं. १६१ निवेदक : भ.पू.ई. जितपुर बस्ने टंकबहादुर कार्की क्षेत्री विरुद्ध विपक्षी : ऐ ऐ बस्ने थलबहादुर कार्की क्षेत्री मुद्दा : अंश (१) साविक मुलुकी ऐन, अंशबण्डाको ६ नं.–तागाधारीले विवाह गर्न हुने जातका कन्या ल्याएमा–२० को १९ खण्ड अंश पाउने व्यवस्था । साविक मुलुकी ऐन अंशबण्डाको ६ नं.मा विवाह गर्न हुने र विवाह गर्न नहुने २ किसिम राखी तागाधारी जातले विवाह गर्न हुनेमा आफु मिल्दाका कन्या ल्याएकोमा र आफू बराबर नमिल्दाका कन्या ल्याएकोमा सम्म २० को १९ पाउने व्यवस्था भएको पाइन्छ । (प्रकरण नं. १३) (२) साविक मुलुकी ऐन, विहावारीको २ नं.–तागाधारी जातले विवाह गर्न नहुनेमा चालिस रुपैयाँसम्म विवाह खर्च पाउने, जातको कन्या (जस्तोः गुरुङ जातको) कन्या ल्याएमा ६ को १ खण्ड र चालिस रु. देखि घटी विवाह खर्च पाउने, पानी चल्ने जातको कन्या ल्याएमा ७ को १ खण्ड अंश पाउने । साविक मुलुकी ऐन, विहावारीको २ नं. मा विवाह गर्दा तागाधारीले आफू बराबर अथवा आफू भन्दा कम तागाधारी सम्ममा विवाह गर्न हुन्छ भन्ने उल्लेख भएको, तागाधारीले विवाह गर्न हुने भित्र गुरुङ जात पर्न नआउने समेत हुनाले गुरुङसेनी पट्टिको छोरा निवेदक प्रतिवादीले २० को १९ पाउन सक्ने देखिंदैन । विवाह गर्न नहुनेमा चालिस रुपैयासम्म विवाह खर्च पाउने जातको कन्या ल्याएकोमा ६ को १ र चालिस रुपैयादेखि घटि विवाह खर्च पाउने पानी चल्ने जातका कन्या ल्याएकोमा ७ को १ पाउने उक्त ऐनले व्यवस्था गरेको, गुरुङ जात चालिस रुपैयासम्म विवाहखर्च पाउने भित्रपर्न आउनेसमेत हुँदा उक्त ऐन अनुसार निवेदक प्रतिवादीले ६ खण्डको १ खण्ड नै अंश पाउने देखिन्छ । (प्रकरण नं. १३) निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी वादीतर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट उल्लेखित मुद्दा : धनकुमारी खत्रिनी वि.पखनकुमारी खत्रीनी, दे.फु.नं.३३६ मुद्दा : अंश धनमाल, फु.बे. फैसला न्या.श्री नयनबहादुर १. बाबु बमबहादुरको २ स्वास्नी जेठी ल्याइता गुरुङसेनीबाट टंकबहादुर भएको कान्छी विवाहिताबाट म जन्मेको ३ वर्षको हुँदा आमा र २०११ सालमा अन्यायको आमा म्याकु २०१२।२।६ गते बाबु समेत परलोक भएको अंशीयार अन्याय र म बाहेक अरु कोही नभएको मलाई खान लाउन समेत नदिएबाट २०१३।१।१५ गतेका अघिल्ला दिन ऐ १४ गते तकको अन्यायवाला खण्डि अंश पाउने मानिस हुँदा श्री सम्पत्तिको तायदाती फाँट लिई अंश गरी दिलाई पाउँ भन्नेसमेत व्यहोराको थलबहादुरको फिराद । २. बाबुहरु २ भाइमा जेठा हाम्रो बाबु, कान्छा बाबु चन्द्रबहादुर सगोलै बसी आएकोमा १९९८ साल बैशाख महिनामा मानु छुट्टी भिन्न भई अंशबण्डा भयो । कागज भएको छैन । बाबु र कान्छा बाबु भिन्न भई बसेपछि सौता सौती आमाहरुको मेल नभएबाट ९८ साल विजया दशमीको दिन जेठी आमाको सन्तान नहुँदा निजलाई धानको ब्यू ।३।४ जाने खेत ९।११ को घर र ३ रोपनी जति बारी छुट्याई दिएको, हामीपट्टि मेरो आमा र म समेत दुईजना वादीपट्टि बाहिर वादीका आमा भई २।२ जना भएकोले ल्याइता–विवाहिता भेदभाव राख्दिन धान मुरि २३। गँहु २। दुवैतर्फका जग्गाबाट आएस्ता लिन्छु, दान धर्मलाई रु.५०००। हजार राख्छु । मरेपछि दुवै छोराले आधी खानु भनी बण्डा लगाई दिएको, आफ्नु आफ्नु व्यवहार छ