निर्णय नं. ५३६ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५३६ - जबरजस्ती करणी भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/१२/२६ ४४६० निर्णय नं. ५३६ ने.का.प. २०२७ फुल बेञ्च का.मु. प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२५ सालको फौज्दारी फु.नं. ३४ पुनरावेदक : श्री ५ को सरकार विरुद्ध विपक्षी : जिल्ला बाँके तप्पे रजहट मौजे सोनवर्सा बस्ने जिमिदार कुर्मी मुद्दा : जबरजस्ती करणी (१) कस्तोमा करणी गरेकै प्रमाणित हुने ?–करणी भएको भनेको समयमा करणीको अभियुक्तले आफु अन्यत्र रहेको प्रमाणीत गर्न नसकेमा–निजलाई झुठ्ठा करणी गरेको दोष लगाउनु पर्ने कारणको अभाव भएमा–करणी गरेको साविती कागज प्रहरीले लेखाउँदा मौकैमा बिरोध नदर्शाइ सहीछाप गरेमा र जबरजस्ती सावित गराएको भन्ने निजको भनाई नभएमा–आफुले करणी गरेको अदालतमा इन्कार गरे तापनि निजले करणी गरेकै प्रमाणित हुने । प्रतिवादी जिमिदार कुर्मीले पहिले प्रहरीमा ठाडो कागज गर्दा खुशी राजीबाट करणी गरेको हुँ भनी करणी गरेको कुरा स्वीकारै गरेको र पछि अदालतमा बयान गर्दा मैले करणी गरेकै होइन भनी इन्कार गरेको समेत रहेछ । म कहिले पनि भैंसी चराउन जाँदैनथें । वारदात भएको भनेको २०२१ साल भाद्र ६ गते बिहान अं.१० बजे मेरो घरदेखि अं.१ मिल टाढा कलंहश भन्ने गाउँमा मुन्सि खाँको घरमा उनीको भाइ भाइमा झगडा भएकोले मिलाई दिन पञ्चायत गर्न गएको थिएँ भन्ने निज प्रतिवादीले अदालतको बयानमा जिकिर लिएकोमा मुन्सी खाँले बयान गर्दा सो दिन जिमिदार कुर्मी कहाँ थियो मलाई थाहा छैन । मसंग भेटघाट भएन भनेको र निज प्रतिवादीकै साक्षी कलहंश गाउँको अम्बास खाँ, महबुर खाँ, बदलु खाँ महवुर खाँ रजनवा गाउँको मुसैली भन्ने गयाप्रसाद कुर्मी सोनवर्सा गाउँको छोटेलाल लुहार समेतले सो भाद्र ३ गते जिमिदार कुर्मी कहाँ थियो थाहा छैन भन्ने बकेको समेत हुँदा कलहंश गाउँ मन्सी खाँको घरमा गएको भन्ने प्रतिवादी जिमिदार कुर्मीको उपरोक्त जिकिर प्रमाणीत हुन आएन । ०२१।५।८ गते सोनवा गडरीनलाई जाँच गराउँदा निजको कुमारी छेदरेपचर भएको भन्नेसमेत लेडी डाक्टरले र गुप्ताङ्गमा केही कडा चिज पसाएको हो तर करणीबाट हो अथवा अरु कुनै कारणबाट हो किटानसाथ लेख्न सम्भव छैन भन्ने डाक्टरहरुको बोर्डले लेखी दिएको पाइन्छ । करणी बाहेक अन्य केही कडा चिज पसाएको हो कि भन्नलाई त्यसकुराको परिबन्द पुग्ने सबूद आएको छैन । केही कडा चिज पसाई आफ्नो नारी जीवनमा कलंक लाग्ने गरी सोनवाले प्रतिवादीउपर झुठ्ठा करणी दोष लगाउनु पर्नेसम्मको विश्वासलायक कारण पनि मिसिलमा केही पाईदैन । जहाँसम्म प्रहरीमा गरेको कागजको प्रश्न छ, त्यसको हकमा आफु इन्कार रहेको व्यक्तिको प्रहरीले साविती कागज लेखाएको भए मौकैमा सहिछाप नगरी बिरोध गर्नुपर्नेमा पहिले कागज नसुनाई सहीछाप गरी सकेपछि सुनाएकोले आफ्नो भएको व्यहोरा अदालतमा बयान गर्दा भनौंला भन्ने विचारले पछि बिरोध गरिंन भन्ने प्रतिवादीले अदालतमा गरेको बयानमा लेखाएको छ । प्रहरीले कुनै जबरजस्ती गरेको भन्ने भनाई नभएकाले पहिला कागजै नसुनी त्यस किसिमले सहीछाप गरेको भन्नेसमेत कुरा प्रतितको देखिंदैन । निज प्रतिवादी जिमिदार कुर्मीले थुनाबाट छुटकारा गरिपाउँ भनी ०२१।५।२९ गते जेल अफीस मार्फत दिएको निवेदनपत्रमा प्रहरीमा भएको कागजउपर कुनै बिरोध देखाउन पनि नसकेको समेत हुँदा प्र.जिमिदार कुर्मीले सोनवा गडरीनको करणी गरेकै प्रमाणित हुन्छ । (प्रकरण नं. १५) (२) करणी गरेको छिपाउन नसक्ने अवस्था परी पछि जबरजस्ती करणी गरेको भनेकी भए