निर्णय नं. ५३७ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५३७ - जग्गा भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२६/०५/३१ २२२५ निर्णय नं. ५३७ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री रङ्गनाथ उप्रेती न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी २०२० सालको देवानी फुल बेञ्च नं. २५० निवेदक : प.२ नं. गोर्खा स्यारतां मध्ये अंपुको प्रो बस्ने गणेशराज गुरुङ विरुद्ध विपक्षी : ऐ ऐ अपुंङ बस्ने जि.मु.चंफ सिं गुरुङ समेत मुद्दा : जग्गा (१) अरुको नाममा तत्काल दर्ता भएकोलाई मान्यता प्राप्त भइरहेमा–अरुको जग्गामा हटक गरेको ठहर्‍याई फैसला भइरहेको देखिएमा–राजीनामा गरी दिनेले अरुलाई राजीनामा गरी दिएको स्वीकार गरेमा–उक्त लिखतको आधारमा गरेको दर्ता बदर गर्न ऐनको म्यादभित्र उजूर दावी नगरेमा–आफूलाई अघि र अरुलाई पछि गरेको राजीनामा भन्नेसम्म कुराले उक्त पछि गरी दिएको राजीनामा जालसाजी भन्न नहुने । रैतिहरुका नाममा सर्पट नापीमा तत्काल दर्ता भएकोलाई मान्यता प्राप्त भइराखेको र वादी लालसिंह गुरुङ समेत २५ जना प्रतिवादी गणेशराज गुरुङको बिजाई विदुत मुद्दा परेकोमा इउने भन्ने जग्गामा रैतिको समेत हक भएको कायम गरी निज गणेशराजले आफ्नो दर्ता जग्गा बाहेक रैतिको दर्तापट्टि जग्गामा हटक गर्नु भएको समेत ठहर भई अपील पैलाबाट ०९६।१०।१८।४ मा फैसला भएको समेत प्रमाणको मिसिलहरुबाट देखिन आएको, राधामायाले पनि प्रतिवादीहरुलाई राजीनामा गरिदिएको भनेकी र सो राजीनामा लिखतको आधारमा गराएको प्रतिवादीहरुको दर्ता बदर गरिपाउँ भन्नेतर्फ ऐनबमोजिम २ वर्षभित्र वादीको उजूरदावी नभएकोलेसमेत मिति अगाडि पछाडिको भन्नेसम्म कुराले प्रतिवादीहरु पट्टिको उक्त राजीनामा लिखतलाई जालसाजी भन्न मिल्ने देखिन आएन । (प्रकरण नं. ३६) (२) आफूले पाएको बकसपत्र दाखेल गर्न नसकेमा–दर्तामा चार किल्ला नखुलेमा–एकै पलट चक्ला मिलेको जग्गा छुट्टा छुट्टै दर्ता गरेमा–यसरी दर्ता गर्न पर्ने कारणको अभावमा–झगडा परेको उक्त जम्मै जग्गा आफ्नो भन्ने दावी जिकिर मनासिव नदेखिने । वादी प्रतिवादी दुवैपक्षको दावी जिकिर दर्ताको जग्गा एकै बेगल के रहेछ भन्नेतर्फ फिराद दावीमा बलाङ गाउँको सिरानको देउरालीको डिलदेखि पूर्व बराहा थान स्वारा छेउको खोल्सी देखी दक्षिण मतुने च्याँस्वारा सिरानको चौतारादेखि पश्चिम इउने खोलादेखि उत्तर भन्ने ४ किल्ला उल्लेख गरेको हकमा सो ४ किल्ला भित्रको जम्मै जग्गा वादीले पाएको भन्नलाई वादीले पाएको भनेको बकसपत्र दाखेल हुनसमेत नसकेको, दर्तामा ४ किल्ला नखुलेको र झगडा परेको जम्मै जग्गा वादी दावी बमोजिम मेरो दर्ताको भन्ने वादीको दावी जिकिर भए पनि एकै पलट चक्ला मिलेको सो जम्मै जग्गा वादीको मात्र एकलौटी हक भए छुट्टाछुट्टै कित्ता गरी दर्ता गरीरहनु पनि कुनै कारण नदेखिनेसमेत हुँदा झगडा परेको जम्मै जग्गा मेरो मात्र दर्ता हकको भन्ने वादीको दावी जिकिर मनासिव देखिन आउँदैन । (प्रकरण नं. ३७) (३) अरुले दावी गरेको जग्गा मध्ये आफ्नो नाममा दर्ता भएको भन्ने जिकिर लिएको केही जग्गा–मोठ दर्तामा र प्रमाणको निमित्त प्रस्तुत राजीनामामा उल्लेखित जग्गासंग मिल्न भिड्न नआएमा–उक्त केही भाग जग्गा निज जिकिर लिनेको नठहरिने । इउने मितने च्याहान तल्लो उपल्लो स्वारा बिज ।।२ दर्ताको भनी वादीले दावी लिएको मध्ये नं.क (४)को जग्गा सोमान गुरुङको दर्ता, इउने बिज ।.।२ (क) दर्ताको भनी प्रतिवादीहरुले नक्सामा जिकिर लिएको मोठ दर्तामा भिडाउँदा सोमान गुरुङका नाममा इउने बिज ।.।