निर्णय नं. ५३८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५३८ - अंश भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०१/२२ ३०८० निर्णय नं. ५३८ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वाशुदेव शर्मा सम्वत् २०२४ सालको दे.फु.नं. ७४ निवेदक : का.ई. नक्साल भगवती बहाल बस्ने उमाकुमारी क्याल विरुद्ध विपक्षी : वीरगञ्ज महाविरस्थान बस्ने सीताराम क्याल समेत मुद्दा : अंश (१) तत्काल प्रचलित अंशबण्डाको १६ नं.–प्रकाश नगरी राखेकी स्वास्नीले लोग्ने जिउँदो छँदै अंशमा दावी गर्न पाउने । प्रकाश नगरी राखेकी स्वास्नीले भन्ने जिकिर लिएको हकमा तत्काल प्रचलित अंशबण्डाको १६ नं.मा प्रकाश नगरी राखेको जायजन्म भएकी स्वास्नीले लोग्ने मरेपछि अंशको हक गर्न आएकोमा सम्म अंश नपाउने व्यवस्था छ । वादीले लोग्ने सीताराम छँदै अंशमा हक गर्न आएकीले प्रकाश गरी राखेकी स्वास्नी नै भएको खण्डमा पनि छोरा छोरी जायजन्म समेत भइसकेको यस्तो अवस्थामा लोग्ने छँदै अंशमा हक गर्न आएकोमा निजले अंश पाउने कुरामा कानूनले कुनै असर पुग्न नसक्नेसमेत हुँदा त्यसतर्फ अरु विवेचना गरी रहनुपरेन । (प्रकरण नं. २१) (२) तत्काल प्रचलित अंशबण्डाको २८ नं. र हालको अंशबण्डाको १० नं.–सौता भएकी स्वास्नीलाई प्रकाश नगरी राखेकी स्वास्नी भनी पन्छाउन खोजेको देखिएमा–इज्जत आमद अनुसार खान लाउन दिई राखेको भन्न नमिल्ने । तत्काल प्रचलित अंशबण्डाको २८ नं.मा सौता भएकी स्वास्नीलाई इज्जत आमद अनुसार खान लाउन दिएन वा निकाल्यो भने लोग्नेले अंश दिनु पर्छ भन्ने र हालको अंशबण्डाको १० नं.मा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन । इज्जत आमद अनुसार खान लाउन दिनै पर्छ नदिए अंश दिनु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ । सौता भएकी स्वास्नी वादीलाई इज्जत आमद अनुसार खान लाउन दिइराखेको भन्न प्रतिवादीले नसकी प्रकाश नगरी राखेकी स्वास्नी भनी पन्छाउन खोजी राखेको निजकै प्रतिवादी लेखाईबाट देखिएकोले इज्जत आमदअनुसार खान लाउन दिइराखेको भन्न नमिल्ने । (प्रकरण नं. २२) (३) लोग्नेको अंशमा स्वास्नीले दावी गरेको मुद्दा पर्दा पर्दै–लोग्नेले आफूले पाउने भन्दा कम लिई अरु अंशियारहरुसंग अंशबण्डा गरेमा उक्त बण्डापत्रको औचित्यमा सोही अंश मुद्दाबाट विचार गर्न मिल्ने । जुन लोग्ने सीतारामको अंश भागबाट आफ्नो अंश दिलाई पाउँ भन्ने वादीको दावी हो उनै लोग्ने सीतारामले ०१६ सालमा यो मुद्दा पारी सकेपछि आफुले पाउने भन्दा कम्ती लिई अरु अंशियारहरुसंग अंशबण्डा गरेको छ भने लोग्ने सीतारामको भागबाट अंश पाउने वादीको भागमा पनि कम्ति पर्न गई वादीको दावीमा असर पुग्न जाने समेत देखिएको र अंशमा नदेखाई दवाए छपाएकोमा कानूनले छुट्टै उजूर गर्नुपर्ने यो त्यस किसिमको कुरा पनि नभएकोले समेत ०१६ सालमा वादीको यो नालेस परीसके पछि २०२०।४।३१।५ मात्र वादीको मञ्जुरी बेगर खडा भए गरेको विवादास्पद उक्त बण्डाको औचित्यमा छुट्टै दावी बेगर यस मुद्दाबाट विचार गर्न नमिल्ने देखिन आउँदैन । (प्रकरण नं. २३) (४) स्वास्नीले लोग्नेको अंशमा दावी गरेको मुद्दा पर्दा पर्दै–पाउन पर्ने भन्दा ज्यादै कम्ति लोग्नेले पाउने गरी बण्डा गरेमा–स्वास्नीलाई अंशमा ठग्ने नियतले बण्डा गरेको देखिने कारण उक्त बण्डापत्र शुद्ध रुपको भन्न नमिल्ने । उक्त २०।४।३१।५ को बण्डापत्र जम्मा हेर्दा सम्पत्तिको मूल्याङ्कन प्रतिवादीहरुको बाबुको भागमा पर्ने यो यति भन्नेसमेत नखुलाई गोल मोल हचुवा किसिमले बण्डा गरी घर जग्गा समेतमा प्रतिवादी सीतारामको बण्डामा निज