निर्णय नं. ५३९ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५३९ - अंश भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०२/२३ २२१५ निर्णय नं. ५३९ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री प्रकाशबहादुर के.सी. सम्वत् २०२६ सालको दे.फु.नं. ७३।७४ निवेदक : भ.पु.जितपुर बस्ने कान्छी कर्केनी विरुद्ध विपक्षी : ऐ ऐ बस्ने थलबहादुर कार्की क्षेत्री समेत मुद्दा : अंश (१) जेठी आमालाई बाबुले अगाडि घर जग्गा समेत छुट्याई बाहिर राखेको भन्ने स्वीकार गरी सकेको देखिएमा–प्रकाश नगरी बाहिर राखेकी स्वास्नी भन्ने जिकिर खम्बिर मान्न नमिल्ने । यिनै प्रतिवादी थलबहादुर टंकबहादुरको अंश मुद्दामा टंकबहादुरले दिएको प्रतिवादीमा बाबाले जेठी आमा र म मेरी आमा समेतलाई छुट्याई जेठी आमा पट्टि छोरा नभएकोले केही घर जग्गा दिइराखेको भन्ने र प्रतिवादी थलबहादुरले यो मुद्दाको प्रतिवादीमा जेठी आमालाई ९८ सालमै घर जग्गा समेत छुट्याई बाहिरै राखेको स्वसिद्धै छ भन्नेसमेत उल्लेख गरी राखेको देखियो । यसरी बाबुले जग्गा दिइराखेको समेत भएपछि प्रकाश नगरी राखेको भन्ने प्रश्नै उठ्न नसक्ने हुँदा निवेदक प्रतिवादीको उपरोक्त जिकिर खम्बिर मान्न मिलेन । (प्रकरण नं. १५) (२) साविक मुलुकी ऐन, अंशबण्डाको ३५ नं.–विवाह गर्न नहुने कम जातकी स्वास्नी मानिस भन्ने भनाई नभएमा ल्याईते भन्ने कुराको सबूद गुज्रन पनि नआएमा–अ.बं.३५ नं.बमोजिम अंश पाउने । अब के कति अंश पाउने हो भन्नेतर्फ वादीकी आमा विवाह गर्न नहुने कम जातकी भन्ने प्रतिवादीको भनाई नभएको र ल्याईता भन्ने कुराको सबूद गुज्रन पनि नआएकाले साविक मुलुकी ऐन, अंशबण्डाको ३५ नं.बमोजिम आफू मिल्दाको भाइ प्रतिवादी थलबहादुरले पाउने सरह अंशमा वादीले आधा भाग पाउने देखिन्छ । (प्रकरण नं. १६) निवेदक वादीतर्फबाट : अधिवक्ता श्री होराप्रसाद जोशी निवेदक प्रतिवादीतर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट उल्लेखित मुद्दा : फैसला न्यायाधीश श्री नयनबहादुर १. बाबु बमबहादुरको ३ स्वास्नीमा जेठी मैयाँ भन्ने सन्तकुमारी म वादीको आमा माहिली विष्णुकुमारी प्र.टंकबहादुरको आमा कान्छी मैया प्र.थलबहादुरको आमा हुन् । बाबु ०१२।२।३ मा र आमाहरु त्यस अघिनै परलोक भएको हामी ३ जनाको चित्त नबुझी ०१३।४।२४ देखि मान्नु छुट्टिभिन्न बसेको म माहारोगी बुढी कन्या भई बसेकिले अंश देउ भनी प्रतिवादीहरुलाई भन्दा तँ उमेर नपुगेकी रोगी भनी आलटाल गरी नदिएको र मलाई अंश दिनु पर्ला भनी प्रतिवादी २ जना मिली बुढी कन्या भई बसेकी म अंशियार छँदाछँदै छ भन्ने नदेखाई अंश मुद्दा गरी स.अ.डिभिजन बेञ्च लगायतबाट २ जनाले मात्र अंश खाने गरी ०१९।१०।२।३ मा फैसला गराएको छ भनी प्रमाणका मानिसले ०१९।११।१९ मा भनेको बाट थाहापाएको ३५ दिनभित्र नालिस गर्न आएको छु । सो फैसला बदर गरी मानु छुट्टिएको ०१२।४।२३ को मिति कायम गरी जम्मा ३ अंश हुनुपर्नेमा स्वास्नी मानिस हुँदा जम्मा ५ खण्ड गरी २।२ खण्ड प्रतिवादीहरुलाई र १ खण्ड प्रतिवादीहरुबाट मलाई दिलाई पाउँ भन्ने ०१९।१२।२५ को कान्छी कर्केनीको फिरादपत्र । २. बाबु बमबहादुरको २ स्वास्नीमा जेठी ल्याइता गुरुङसेनीबाट प्र.टंकबहादुर, कान्छी विवाहिताबाट म थलबहादुर जन्मेको, म वर्ष ३ को नाबालकमै आमा र ११ सालमा जेठी आमा म्याकु ०१२।२।६ मा बाबु समेत परलोक भएको, ०१३।१।१५ गते मलाई खान लाउन नदिई निकाला गरी दिएकोले टंकबहादुरको अंश खण्डे कटाई मेरो अंश पाउँ भनी नालेस दिएकोमा आमा ३ वटी छन् सौता सौताको चित्त नमिली ९८ साल बिजया दशमीको दिन जेठी