निर्णय नं. ५४१ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५४१ - अंश भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०२/०९ ३३९२ निर्णय नं. ५४१ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२६ सालको दे.फु.नं. १०६ निवेदक : ल.पु.जि.बागमती पारी बाकपोट बस्ने मे.क.बल्लभ शमशेर ज.ब.रा.समेत विरुद्ध विपक्षी : ल.पु.ई.पुल्चोक आनन्द निकेतन घर भई हाल भारत बंगलोर बस्ने ले.जनरल आनन्द शमशेर ज.ब.रा.समेत मुद्दा : अंश (१) अंशबण्डाका १० नं.–छोरालाई मानु छुट्याएको देखिएमा–खाने प्रबन्ध समेत मिलाउने हुँदा मानाचामलमा माग दावी गर्ने छैन भनी छोराको कागज गराई इज्जत आमद अनुसार अरु परिबन्दबाट खान लाउन पुर्याएको नदेखिएमा–छोरा माथिको स्नेह पुरा रहेछ भन्ने नदेखिएमा–बाबुले छोरालाई अंश दिनपर्ने । यो मुद्दामा अंशबण्डाका १० नं. ले छोरालाई अंश दिन कर नलाग्ने भन्नेसमेत प्रतिवादी गरे पनि प्रतिवादीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तीपत्रको व्यहोराबाट र आफ्नो मुमाको बकसको व्यहोरा परेको बिन्तीपत्रमा भएका ख.नि.तोकको व्यहोराबाट माईला र कान्छाछोरालाई मानुछुट्याएको देखिएकोले र आनन्दनिकेतन बिक्री भएपछि ०१५ साल चैत्रमा खाने परिबन्द समेत मिलाउने हुँदा माना चामलमा माग दावी गर्ने छैनौं भनी छोराहरुको कागज गराएको भए पनि अरु परिबन्दबाट इज्जत आमद अनुसार खान लाउन पुर्याएको नदेखिएको र आफू एक्लो छोरा भई आफूमा आउने आफ्ना मुमाको सम्पत्ति आफूले एकलौटी बकस खान निमित्त मानु छुट्याई पाउँ भन्ने छोराहरुको मञ्जुरीको लिखतै नभई वादी मे.क.बल्लभ शम्सेर समेत मानु छुट्टिएको छोराहरुले नपाउने परिबन्द पारी खड्गनिसाना तोकबाट मुमाको सम्पत्ती एकलौटी पाउने भएकोबाट छोराहरु माथिको स्नेह पुरारहेछ भन्ने नदेखिने हुनालेसमेत डिभिजन बेञ्चमा रायबाझी नभएको प्रतिवादीले वादीलाई अंश दिनुपर्ने कुरामा यसतहबाट केही बोली रहनुपरेन । (प्रकरण नं. ११) (२) परिआएको खर्चगर्ने र सम्पत्ती संरक्षण गर्नेसमेत संयुक्तपरिवारको मुख्यमालिकको अभिभारा को कर्तव्य भएकोले निज घरको मालिकले खर्च गरेको कारण आफ्नो एक्लौटी नहुने । संयुक्त परिवारको मुख्य मालिकले परी आएको खर्च गर्नु र आफ्नो सम्पत्तीको संरक्षण गर्न समेत अभिभाराको कर्तव्य भएकैले र त्यस्तो घरका मालिकले खर्च गरेको कारणले आफ्नो एक्लौटी हुन्छ भन्ने जिकिर मुनासिव देखिंदैन । (प्रकरण नं. १२) वादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी उल्लेखित मुद्दा : फैसला न्यायाधीश श्री हेरम्वराज १. अन्याय मध्येका जनरल आनन्द शम्सेर हामीहरुको पिता हुनुहुन्छ, हामीहरुको मुमा लिलेन्द्र राज्य लक्ष्मीबाट दाजु युधिष्ठीर शम्सेर १, म बल्लभ शम्सेर १, म फाल्गुण शम्सेर १, भाइ नहकुल शम्सेर १, सहदेव शम्सेर १ समेत छोराहरु जन्मेपछि बुबा आनन्द शम्सेरले हामी छोराहरुलाई हेलाहाको दृष्टिले देख्न थाल्नु भयो । बुबाका साथमा मिली बस्न नसकी अंशबण्डा नगरी सम्पूर्ण पैत्रिक सम्पत्ती बुबाकै नेतृत्वमा सगोलमा राखी ०३ सालदेखि म बल्लभ शम्सेर ०१४ साल कात्र्तिकदेखि म फाल्गुण शम्सेर मानो सम्म छुट्याई बेगल बसी आएका छौं र पैतृक सम्पत्तीमा अंश भाग बण्डा लाग्ने ७ अंशियार छौं, हामीहरु समेतको मञ्जुरीबाट हामीहरुको समेत हक लाग्ने पैतृक सम्पत्ती आनन्द निकेतन भवन र क्याम्प परखाल भित्रको जग्गा बंगला लगापात मात्र श्री ५ को सरकार अन्तरगत आर.टि.ओ. नामक सरकारी संस्थालाई