निर्णय नं. ५४२ - फट्टा दिलाई पाउँ भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५४२ - फट्टा दिलाई पाउँ भन्ने भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०१/२९ २४४० निर्णय नं. ५४२ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री रङ्गनाथ उप्रेती सम्वत् २०२६ सालको दे.फु.नं. ६८ पुनरावेदक : ल.पु.जि.नगर पञ्चायत अन्तर्गत ननटोल बस्ने नन्दकिसोर महर्जन विरुद्ध विपक्षी : का.जि.न.पं.अन्तर्गत त्रिपुरेश्वर बस्ने नेत्रबहादुर राउत क्षेत्री मुद्दा : फट्टा दिलाई पाउँ भन्ने (१) साहु आसामीको ४ नं.–शिर व्यहोरामा “उल्लेखित देहायमा लेखिएबमोजिमको रीत पुर्याई लिनु दिनु पर्छ सो बमोजिमको रीत पुर्याई लिनु दिनु नगरेको सदर हुँदैन“ भन्ने भित्र दफा १।२।३।४ अनुसार रुपैयाँ लिंदा बुझाउँदा पुर्याउनु पर्ने रीतको सबै अंगहरु पर्ने । शिर व्यहोरामा देहायमा लेखिए बमोजिमको रीत पुर्याई लिनु दिनु गर्नु पर्छ, सो बमोजिमको रीत पुर्याई लिनु दिनु नगरेको सदर हुँदैन भन्ने उल्लेख भएको त्यसभित्र देहायका दफा १।२।३।४ मा रुपैयाँ लिंदा बुझाउँदा रीत पुर्याउने अंगका जे जति कुरा उल्लेख छन् ती सबै पर्न आउने प्रष्टै छ । (प्रकरण नं. १४) (२) साहु आसामीको ४ नं. र कागज जाँचको २०,२० (ग)–रुपैयाँ बुझेको रसिद भरपाईहरु साहू लेख्न जान्ने भएमा साहूकै हस्ताक्षरले लेखाई लिनु पर्ने समेत साहू आसामीको ४ नं.को बिशेष व्यवस्थाको रीत नपुर्याई कागज जाँचको २०,२० (ग) मा उल्लेखित कागजमा सहिछाप गर्दा गराउँदा रीत पुर्याउनु पर्ने साधारण व्यवस्था मुताविक कारणीको सहिछाप सम्म गराएको कागजलाई मान्यता दिन नमिल्ने । जहाँसम्म कागज जाँचको २०,२० (ग) नं.हरुको कुरा छ, त्यसमा उल्लेख भएका कुराहरु कागजमा सहिछाप गर्दा गराउँदा रीत पुर्याउने बिषयको एउटा साधारण व्यवस्था हो र साहू आसामीको ४ नं.मा रुपैयाँ बुझेको रसिद भरपाईहरु साहू लेख्न जान्ने भएमा साहूकै हस्ताक्षरले लेखाई लिने समेत जुन व्यवस्था छ, त्यो कागज लेखाउने कुराको एउटा छुट्टै बिशेष व्यवस्था हो, उक्त साहू आसामीको ४ नं.मा त्यस किसिमको बिशेष व्यवस्था भइराखेको कुरामा सो अनुसार रीत पुर्याइएको छैन भने यस्तो अवस्थामा कागज जाँचको २०,२० (ग) नं.समेत बमोजिम कारणीको सहिछाप सम्म गराइएको हुँदैमा त्यस्तो कागजलाई मान्यता दिन मिल्दैन । (प्रकरण नं. १५) प्रतिवादी पुनरावेदक तर्फबाट : अधिवक्ता श्री होराप्रसाद जोशी विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा उल्लेखित मुद्दा : फैसला प्र.न्या.श्री भगवतीप्रसाद १. मेरो का.त्रिपुरेश्वरको घर रु.२१,०००। कर्जा लिई भोगबन्धकी दिएको घरमा ९।१० सय देखि अरुले बहालमा कबूल गर्दै नगर्नेमा मलाई सयकडा १० का दरले ब्याज नभई हुन्न भनी मलाई नै बहाल कबूलियत समेत गराएको साहूको दवाव र प्रेरणाले गर्दा सो बहाल कबूलियत गरी दिन मजबुरी साथ बाध्य हुन करै लाग्यो, ६।६ महिनामा कपाली तमसुक गराउँदै गएको र ब्याजको स्याज पनि खाएको, ०१८।९।२ गते कानून विरोध रु.७०००। को कपाली तमसूक गराएको र हाल लेनदेन गरेको हो भन्ने अघि ०१६।११।१।७ मा झुठ्ठा गरी गराई लिए पछि भोगबन्धकी तमसुक समेत गाँसिएको र कपाली फट्टा गराई थप भोग बन्धकीमा गाँसी पास गराई आए अनुसार मेरो घर ४५।४६ हजार मोल जानेमा त्यति नै रुपैयाँबाट फार्छे गराउने नियत गरेकाले अन्यायवालासंगको व्यवहार फस्र्याउन भोगबन्धकी साँवा रु.२१,०००। त्यस्तो बहाल सयकडा १० को दरले ०१६।११।९ गतेदेखि ०१९।१०।१४ तकको रु.४०६०। समेत जम्मा रु.२५,०६०। रुयैयाँ ०१८।१०।१५ का