निर्णय नं. ५४३ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५४३ - ठगी भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०२/०६ ४८४५ निर्णय नं. ५४३ ने.का.प. २०२७ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२६ साल फौ.फु.नं. ३३ निवेदक : म्याग्दी जिल्ला बेनीबजार बस्ने मसिना श्रेष्ठनी विरुद्ध विपक्षी : स्याङ्गजा जिल्ला देउराली थान बस्ने पुण्यलाल श्रेष्ठ समेत मुद्दा : ठगी (१) तत्काल प्रचलित मुलुकी ऐन र नयाँ मुलुकी ऐन–पुरानो र नयाँ मुलुकी ऐन दुवैबाट सजाय हुने २० साल भाद्र १ गते भन्दा अघि भए गरेको अपराधमा पुरानो मुलुकी ऐनले तोकेको सजायमा नबढ्ने गरी नयाँ मुलुकी ऐनले व्यवस्था गरेको सजाय तोक्नु पर्ने । सजायको हकमा नयाँ मुलुकी ऐन जारी हुनुभन्दा अगावै परेको यो मुद्दा भएको र तत्काल प्रचलित मुलुकी ऐन ढाँट ठग लुच्चाको १२ नं.मा पोली सावित गर्न नसक्ने पोलाहालाई बिगोको आधी दण्ड गर्ने व्यवस्था भए पनि केही फौजदारी मुद्दा खारेज गर्ने र दण्डसजाय मिन्हा दिने ऐन, २०२० को दफा ५ (१) मा साविक मुलुकी ऐन अन्तर्गत अपराधी ठहरिने कुनै काम कुरा अनुसूचीमा उल्लेख भएको नेपाल ऐन अन्तर्गत पनि अपराध ठहरिने रहेछ भने २० साल भाद्र १ गते भन्दा अघि भए गरेको त्यस्तो अपराधमा समेत अनुसूचीमा उल्लेख भएका नेपाल ऐनबमोजिम सजाय हुनेछ भन्ने उल्लेख भएकोले अनुसूचीमा परेको नयाँ मुलुकी ऐनबमोजिम सजाय गर्ने अधिकार भएकै हुँदा शुरुले वादीलाई सजाय गर्दा नयाँ मुलुकी ऐन ठगीको ४ नं.र दण्डसजायको १८ नं.प्रयोग गरेको वेमनासिव भन्न भएन । तर उक्त केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्डसजायको मिन्हा दिने ऐन, २०२० को दफा ५ (१) को प्रतिबन्धात्मक वाक्यांश खण्ड (क) मा साविक मुलुकी ऐनले तोकेको सजायभन्दा अनुसुचीमा उल्लेख भएका नेपाल ऐनमा बढी सजायको व्यवस्था भएको रहेछ भने यस उपदफाबमोजिम सजाय तोक्दा साविकको मुलुकी ऐनले तोकेको सजायमा नबढाई सजाय तोकिने छ भन्ने उल्लेख भएकोले समेत नयाँ मुलुकी ऐन ठगीको ४ नं.मा ठगी गर्नेलाई पाँचसय रुपैयाँ वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने छ भन्ने र दण्डसजायको १८ नं.मा झुठ्ठा पोल गर्नेलाई त्यसको आधी सजाय हुने समेत व्यवस्था भए पनि साविक मुलुकी ऐन ठग लुच्चाको १२ नं. मा कैद सजाय नपरेको हुँदा साविक मुलुकी ऐनले तोके भन्दा बढी हुन जाने गरी कैदको सजाय गर्न मिल्ने देखिएन । (प्रकरण नं. १०) निवेदन तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : उल्लेखित मुद्दा : फैसला न्या.श्री हेरम्बराज १. अन्याय मध्येकी सानु श्रेष्ठनी मेरो एकाघरको कान्छो भक्तलालको विवाहिते स्वास्नी हुन । निजबाट छोरा भक्तलालाको छोरी १ पैदा भएपछि छोरा भक्तलालको परलोक भयो । छोरा भक्तलाल परलोक भएपछि निज सानु श्रेष्ठनी बराबर माईत अर्थात अन्याय मध्ये साप सिंह निज सानुको झट्केलो बाबु भएकोले निजको घरमा गई कहिले १२।१५ महिना कहिले ५।७ महिना बसी आउने गरेकी थिईन । ०१८ साल बैशाख महिनामा निज सानु माइत अर्थात साप सिंहको घरमा गएकी थिइन । १२।१३ महिना साप सिको घरमा बसी ०१९ साल बैशाखको आखिरीमा घर आएकी थिइन । आषाढ महिनामा निज साप सिंह मेरो घरमा आई ०१९ सालकै आषाढ १८ गते छोराको विवाह हुने भएकोले छोरीलाई लिन आएकोहुँ । विवाह सिद्धिनासाथ म आफै पर्याउन आउँला भनी कुरा गरेछन् । निज सानुले पनि विवाहमा जान घरको इज्जत औकात अनुसार गरगहना पनि लगाउन पर्यो भनी मसंग गहना मागेकोले तपसीलका गहनाहरु सानुलाई लगाई दिई ०१९।३।१३ गते साप सिंहका साथ लगाई पठाई