निर्णय नं. ५४४ - लिखित पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५४४ - लिखित पास भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०२/२९ २२६२ निर्णय नं. ५४४ ने.का.प. २०२३ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री राजा इश्वरी जंगबहादुर सिंह सम्वत् २०२५ सालको दे.फु.नं. ८४ निवेदक : चिसापानी पालुङ कुइभिर बस्ने बहादुर सिंको मुद्दा सकार गर्ने भिमबहादुर तामाङ विरुद्ध विपक्षी : ऐ.पालुङ सोल्टु गाउँ बस्ने इन्द्रबहादुर बस्नेत मुद्दा : लिखित पास (१) एक कागज भनी अर्कै कागजमा झुक्याई सही गराएको भनी वारेसले बयान गरे पनि जुन कागज भनी सही गराएको हो, सो कागज छुट्टै छ भनी प्रस्तुत भएकोलाई जसको वारिस हो उसैले स्वीकार गरेमा–झुक्याई सही गराएको भन्न नहुने । उक्त लिखित सुनाउँदा वादीको दाजु भाइ नाता पर्ने गगनबहादुर बस्नेत क्षेत्रीसंग खर चोरी मुद्दा परेको ०२४ साल फाल्गुणमा निज गगनबहादुरको घरमा लगी सो मुद्दाको मिलापत्र भनी झुक्याई सही गराएको भन्ने प्रतिवादीको वा.शेरबहादुरले बयान गरेको रहेछ । गगनबहादुर बुझिएकोमा खर चोरी मुद्दामा भएको मिलापत्र छुट्टै छ भनी ०१४।१२।६।४ को अर्को छुट्टै घरायसी मिलापत्र कागज पेश गरेको । सो कागजलाई प्रतिवादीले स्वीकारै गरी बयान गरेको समेतबाट उपरोक्त उल्लेख भए बमोजिम मिलापत्र भनी झुक्याई सहीछाप गराएको रहेछ भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) एक औंठाको ल्याप्चे सही मसी बाक्लो भई अस्पष्ट र अर्को औंठाको ल्याप्चे अर्कै औंठासंग भिड्न आउँछ भन्ने विशेषज्ञको राय भएमा–कीर्ते सहिछाप हो भन्ने सबूद पुग्न नआउने। पछि पुनरावेदन समेतमा कीर्ते भनेको हकमा विशेषज्ञलाई जचाउँदा दायाँ औंठाको ल्याप्चे सही मसी बाक्लो भई अप्रष्ट र बायाँ औंठाको ल्याप्चे सही बहादुर सिंहको बायाँ औंठाको ल्याप्चेसंग भिड्छ भन्ने राय व्यक्त गरी लेखी दिएको समेतबाट कीर्ते हो भन्ने सबूद पुग्न पनि नआएको समेत हुँदा उक्त, राजीनामा लिखत सद्दे नै ठहराए तर्फ ०२३।८।५।१ को डिभिजन बेञ्चको रायसंग यो बेञ्च सहमत हुन्छ । (प्रकरण नं. १५) (३) कस्तो राजीनामा लिखत रजिष्ट्रेशन पास हुन नसक्ने ?–दर्ता बमोजिमको कुनै जग्गा दर्तावालाबाट हक छुटाई राजीनामा लिदाँ दर्ता बमोजिमको तिरो उल्लेख नभएमा एकै कित्ता मध्येको राजीनामा गरेको केही जग्गा कित्ता फोर गरी राजीनामा लिए दिएको भन्ने जिकिर समर्थित नभएमा–उक्त राजीनामा लिखत रजिष्ट्रेशन पास हुन नसक्ने । दर्ता बमोजिमको कुनै जग्गा दर्तावालाबाट हक छुटाई राजीनामा लिँदा दर्ता बमोजिमकै तिरो उल्लेख भएको हुनु बेगर राजीनामा लिनेको नाममा नामसारी दाखेल दर्ता हुन नसक्ने त छंदैछ । किल्लामा पनि मैले उक्त तिरो रु.।८३ दर्ताको सम्पूर्ण जग्गाको ४ किल्ला खुलाई त्यसमध्ये यो यो ४ किल्ला भित्रको यो यो कित्ता भनी उल्लेख गरेको नभई राजीनामा लिएको भनेको ३ कित्तासम्मको फरक फरक ४ किल्ला उल्लेख गरेको र जग्गाको नाम पनि घरबारी नभनी अरु नै तिनै कित्ताको फरक फरक लेखिएको समेतबाट तिरो रु.।८३ दर्ताकै एकैकित्ता मध्येको जग्गा कित्ताफोर गरी राजीनामा लिए दिएको भन्ने जिकिर समर्थित हुन पनि नसकेको समेत हुनाले तिरो रु.।६३ दर्ता मध्येको भनी उल्लेख गरेको राजीनामाबाट तिरो रु.।८३ दर्तामध्येको जग्गा राजीनामा लिए दिएको कायम हुन सक्ने देखिंदैन । तसर्थ उपरोक्त उल्लेख भएबमोजिम जग्गा तिरो समेत प्रष्टरुपले दर्तामा मिल्न भिड्न नआएको उक्त ०१६।१०।१९।३ को राजीनामा लिखत रजिष्ट्रेशनको ऐनबमोजिम रीत नपुगेको ऐनले रजिष्ट्रेशन पास हुन नसक्ने हुँदा पास गराई पाउँ भन्ने