निर्णय नं. ५४६ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५४६ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०४/२१ ३४१३ निर्णय नं. ५४६ ने.का.प. २०२७ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वाशुदेव शर्मा सम्वत् २०२७ सालको रिट नम्बर ९०६ निवेदक : ल.पु.चालाछे टोल घर भई हाल भद्रगोल कारागार थुनिएको गंगाराम वोकिको हकमा निजको साथी ल.पु.भिन्दो बहालबस्ने आशारत्न बज्राचार्य विरुद्ध विपक्षी : श्री दर्गादास श्रेष्ठ, बागमती अञ्चल विशेष अदालत, अध्यक्ष, श्री ५ को सरकार, गृह पंचायत मन्त्रालय समेत बिषय : बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ (१) प्रतिबन्धात्मक वाक्यांश र उपदफामा भेद–प्रतिबन्धात्मक वाक्यांशले मूल दफाको विपरित मूल दफाबाट केही कुरा झिक्ने वा हटाउने वा सिमित पार्ने मूल ऐन खारेज भएमा–उक्त वाक्यांश पनि खारेज हुने–उक्त वाक्यांशले नयाँ कुराको ऐन नबनाउने–तर केही कुरा भन्ने अर्थात गर्न हुने वा नहुने केही कुरा रहने गरी सम्बन्धित धेरै कुराहरुलाई उपदफामा विभक्त हुने–एकले अर्कोको स्थान नलिने एकले अर्कोको काम नगर्ने । प्रतिबन्धात्मक वाक्यांश र उपदफाको के स्थिति छ, सो हेर्न पर्ने हुन आयो । मूल दफाबाट केही कुरा झिक्नु परेमा (जुन नझिक्नाले मूल दफामा परेको हुन्छ) वा अर्थ सिमित गर्नु परेमा कुनै दफामा प्रतिबन्धात्मक वाक्यांश दिएको हुन्छ । मूल दफा खारेज भएमा प्रतिबन्धात्मक वाक्यांश पनि मूल दफा साथ साथ जान्छ । प्रतिबन्धात्मक वाक्यांशले केही नयाँ कुराको ऐन बनाउने काम गर्दैन । (प्रकरण नं. ९) एउटा दफामा सम्बन्धित धेरै कुराहरुको उल्लेख गर्नु परेमा ती कुराहरुलाई फोरी उपदफा गरेर राखिन्छ । हरेक उपदफाले केही कुरा भन्छ अर्थात हरेक उपदफामा गर्न हुने वा नहुने केही कुराहरु हुन्छन । तर प्रतिबन्धात्मक वाक्यांशमा मुल दफाको कुराको ठीक विपरित हुनेगरी मुलदफाको केहीकुरा कटाई वा झिकी राखिएको हुन्छ । (प्रकरण नं. १०) उपदफा उपदफा नै हो । प्रतिबन्धात्मक वाक्यांश प्रतिबन्धात्मक वाक्यांश हो । एकले अर्कोको स्थान लिंदैन । एकले अर्कोको काम गर्दैन । (प्रकरण नं. ११) (२) राष्ट्रिय निर्देशन (दोश्रो संशोधन) ऐन, २०२४ को दफा ३ को उपदफा ८–“माथि उपदफाहरुमा जुनसुकै कुराहरु लेखिएको भए तापनि” भन्ने वाक्यांशको रुप उपदफा हो, प्रतिबन्धात्मक वाक्यांश होइन । राष्ट्रिय निर्देशन (दोश्रो संशोधन) ऐन, २०२४ को दफा ३ को उपदफा (८) मा माथिका उपदफाहरुमा जुनसुकै कुरा लेखिएको भए तापनि भन्ने वाक्यांशबाट प्रतिबन्धात्मक वाक्यांशको रुप आयो भन्ने भनाई रहेछ । उपदफा (८) त उपदफा नै गरेर राखिएको छ । यसलाई प्रतिबन्धात्मक वाक्यांशको रुप दिएको देखिंदैन । दफा ३ बमोजिम विद्यार्थी सङ्गठन खोल्ने स्वीकृति चाहिने भन्ने कुरालाई मानेको खण्डमा उपदफा (८) मा माथि जेसुकै लेखिएको भए तापनि भन्ने लेखिनु पर्दैन । किनभने माथिका उपदफाहरुमा स्वकिृति लिनु पर्ने छँदैछ । यदि माथि स्वीकृति लिनुपर्ने छैन भने अनि उपदफा (८) मा लेखिए जस्तै माथि जेसुकै लेखिएको भएता पनि अर्थात स्वीकृति लिनु पर्छ भन्ने व्यवस्था गरेको भन्नु पर्छ । माथिका उपदफाहरुमा जुनसुकै कुरा लेखिएको भए तापनि भन्नाले त्यस्तो माने आउँछ । उपदफा उपदफा नै हो, प्रतिबन्धात्मक वाक्यांश प्रतिबन्धात्मक वाक्यांश हो । एकले अर्कोको स्थान लिंदैन । एकले अर्कोको काम गर्दैन । यस हालतमा देशव्यापी सङ्गठन खोल्न स्वीकृति नचाहिने विश्वविद्यालय र महाविद्यालयमा विद्यार्थी संघ खोल्न भने स्वीकृति चाहिने भन्ने तर्कक