निर्णय नं. ५४९ - राजीनामा बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५४९ - राजीनामा बदर भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०४/०२ १९९९ निर्णय नं. ५४९ ने.का.प. २०२७ फुल बेञ्च का.मु. प्रधान न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२६ सालको दे.फु.नं. ८५ निवेदक : बुटवलतर्फ पाल्ही तप्पे जवा मौजे बास बस्ने चिराकदिन मियाँ विरुद्ध विपक्षी : ऐ. बस्ने मोतहरा मुसलमाननी समेत मुद्दा : राजीनामा बदर (१) कसैले बेहकमा बिक्री गरेमा बदर भई तत्काल प्रचलित साहू आसामीको ऐन अनुसार वादीको हकमा जाने र विधवा अंशधनको ऐन अनुसार जसको हकमा थियो उसैको रहने, पछिल्लो ऐन अन्तर्गत लिखत बदर गर्ने गरेको फिरादमा–पहिलो अन्तर्गत बिक्री गरेको सम्पत्ति थामिन्छ भनी दावी र विवाद नउठाएको कुरामा निर्णय गर्न नमिल्ने । तत्काल प्रचलित साहू आसामीको ऐनमा कसैले बेहकमा बिक्री गरेको बदर भई वादीको हकमा रहन जाने र विधवा अंशधनको ऐनमा भने लिखत बदर भई जसको हकमा थियो, उसैको हकमा रहन जाने कानूनी व्यवस्था भएकोमा विधवा अंशधनको ऐन अन्तर्गत लिखत बदर गरिपाउँ भन्ने मात्र फिराद परेको यो मुद्दामा लिखत बदर भएमा वादीको हक भोगमा हालै जग्गा रहन नआउने हुनाले लेनदेन व्यवहार बदर गरिपाउँ भन्ने फिराद सरह गरी वादीको हकमा सो बिक्री भएको जग्गा थामिन्छ भनी पहिले दावी र विवाद नउठाएको कुरामा यस मुद्दामा निर्णय गर्न मिल्दैन । (प्रकरण नं. ११) निवेदक वादीतर्फबाट : विपक्षी : उल्लेखित मुद्दा : फैसला न्या.श्री हेरम्बराज १. मोतहरा मेरी सौतेनी आमा हुन् । बाबु आबुदिन ०११ सालमा देहान्त भएकोले कान्छी आमा मोतहरालाई बाबु छँदै जस्तो हेरविचार पालन–पोषण मैले गरी आएको छँदा छँदै ऐनले अंश पाउने उमेर नपुगेकी निजले उमेर ढाँटी ४५ वर्षकी उमेर देखाई अंश पाउँ भनी म र मेरी आमाका नाउँमा फिराद दिएकोमा इतलायको म्याद गुज्रेको थामी पाउँ भनी बिन्तिपत्र परी रहेको हाम्रो प्रतिउत्तर दाखिल हुन नपाउँदै एकतर्फी फैसला भई अंश दिने गरी सर्वोच्च अदालत पश्चिम दौडाहा डिभिजन बेञ्चबाट ०१५।११।५।२ मा फैसला गरी दिएकोमा मेरो निवेदन परी रहेको छ । निज कान्छी आमाले मौजे वासाको जिमिदारी हिस्सा ।। मध्येबाट निज मोतहराले मेरो हकको भनी हिस्सा । को शिर विगाहा १९।।४।।४ को जिमिदारी । मध्ये विगाहा ९।।।=।२ जिमिदारी हिस्सामा भा.रु.१५०००। मा ०१९।९।२०।१ मा र लेवरी जग्गा विगाहा ६।।२।।।४ मध्ये विगाहा ३।२।।। भा.रु. ३८०१। मा ०१९।९।५ मा विपक्षी लक्ष्मीप्रसादलाई राजीनामा रजिष्ट्रेशन पास गरी दिएकी रहेछन । मैले हेरविचार गरी आएकै र अचलको आयस्ताले वर्ष दिन खान लाउन समेत पुग्ने भई सो जग्गा जिमिदारी बिक्री गर्ने अवस्थै नभएकोमा विधवा अंशधनको १ नं.को १ दफाले पिता पुर्खाको अचल सम्पत्ति ४० वर्ष नपुगेको कान्छी आमाले ४ खण्डको १ खण्डसम्म आफू खुसी गर्न पाउनेमा ३ पुस्ता भित्रको नजिकको हकवालाको मञ्जुरी बेगर बेचविखन गरेको सदर नहुने हुँदा उक्त राजीनामा लिखत बदर गरिपाउँ भन्नेसमेत चिराकदिन मियाको ०१९।११।८।४ को फिरादपत्र । २. यो वादीले हेरचाह खान लाउन समेत नदिई दुःख दिएबाट अंशमा नालिस गरी मैले अंश पाएकी हुँ । पिता पुर्खाको आर्जन नभई लोग्नेको पालाको आर्जन भएको र मेरो उमेर समेत पुगी सकेकोले विधवा अंशधनको १ नं.को १ दफा बमोजिम मैले बिक्री गरेको हो, सदरै हुने भन्नेसमेत मोतहरा मुसलमाननीको ०२०।१।३०।२ को प्रतिवादी । ३. दाता मोतहराले पाएकी अंश मध्ये आधी जग्गा मलाई बिक्री गरी दिएकोमा विधवा अंशधनको १ नं. १ दफा बमोजिम लोग्नेको