निर्णय नं. ५५० - तलब दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५५० - तलब दिलाई पाउँ भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०४/०२ २२७६ निर्णय नं. ५५० ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२६ सालको दे.फु.नं. ९० पुनरावेदक : नेपालगञ्ज कसगर टोल बस्ने प्रेमलाल तुलाधर विरुद्ध विपक्षी : नेपालगञ्ज बाँकी गाउँ बस्ने पृथ्वीबहादुर शाही मुद्दा : तलब दिलाई पाउँ (१) ज्याल मजुरीको २ नं. र ५ नं.–२ नं.अन्तर्गत तलब दिलाई पाउँ भन्ने दावीमा ५ नं. को हदम्याद (काम कुरा भए गरेको मितिले ३५ दिन भित्र) को व्यवस्था लागू हुने । ज्याला मजुरीका २ नं.ऐन अन्तर्गत तलब दिलाई पाउँ भन्ने वादीको दावी भएकोमा हेर्दा उक्त ज्याला मजुरीको ५ नं.मा यस महलको कुरामा सो काम कुरा भए गरेका मितिले ३५ दिन भित्र नालेस नदिए लाग्नै सक्दैन भन्ने व्यवस्था भएको पाइयो । ०२१ साल फाल्गुण ३ गते यताको हकमा वादी नोकरीमा रही कामकाज गरेको प्रमाण नभएको र ०२१ साल फाल्गुण ३ गतेसम्मको हकमा सो मितिसम्मको कामकाज गरेको तलब नदिएको भए उक्त ज्याला मजुरीको ५ नं.बमोजिम सोही मितिले ३५ दिन भित्र नालेस दिनुपर्नेमा सो हदम्याद नाघिसकेपछि ०२३।२।२५।३ मा मात्र वादीको नालेस दर्ता भएको देखिएको समेत हुँदा ऐनको म्याद नाघी दायर भएको नालेस खारेज गर्ने ठहराई ०२६।८।३०।२ को डिभिजन बेञ्चमा माननीय न्यायाधीश राजा इश्वरीजंगबहादुर सिंहले व्यक्त गर्नुभएको राय मनासिव छ । (प्रकरण नं. ८) पुनरावेदन वादीतर्फबाट : अधिवक्ता श्री मधुप्रसाद शर्मा विपक्षी तर्फबाट : अधिवक्ता श्री सुधानाथ पन्त उल्लेखित मुद्दा : फैसला न्या.श्री नयनबहादुर १. प्रतिवादी निजको अहित हुने काम नगरेसम्म वर्तमान पदबाट हटाउन नपाउने शर्तमा ०२१ साल पौष १ गतेदेखि मासिक रु. ४८०। दिने गरी कामकाज लगाई राखेको र आजसम्म निजको काम काज गर्दै रहेको छु । ०२१ साल पौष १ गतेदेखि ०२३ साल बैशाख मसान्त तक १७ महिना काम गरेकोमा ०२१ साल पौष र माघको मात्र तलब दिई अरु बाँकी रहेको । ०२३ साल जेष्ठ १ गते माग्दा मसंग बाँकी छैन भनी जबाफ दिए । ०२१ साल फाल्गुण १ गतेदेखि ०२३ साल बैशाख मसान्त तक वर्ष १।३ को मासिक रु. ४८०। का दरले हुने तलब रु. ७२००। प्रतिवादीबाट ज्याला मजुरीको २ नं.बमोजिम दिलाई भराई पाउन सोही ऐनको ५ नं.को म्याद भित्र नालेस दिन आएको छु । सो तलब दिलाई भराई पाउँ भन्ने प्रेमलाल तुलाधरको ०२३।२।२५।३ को फिरादपत्र । २. वादीलाई ०२१ साल पौष १ गतेदेखि मासिक रु.४८०। दिने शर्त गरी काम लगाएको हुँ । भारत लखनौ कानपुरमा गई डिब्बावाला दुध र जिरासमेत किनी ल्याउनु भनी ०२१ साल फाल्गुण ३ गते रु.१५०००। वादीलाई दिई पठाएको, फर्की काम गर्न नआएकोले ऐ.१० गते दुध र जिरा नल्याएको भए रुपैयाँ नै दिनुहोस् भनी वादीसंग माग्दा टारवार गरी सो रुपैयाँ पचाउने नियतबाट यो उजूर दायर गरेको हो । सो रु. नदिएमा ठगीतर्फ छुट्टै दावा गर्ने छु । म कहाँ काम गर्ने कर्मचारीहरुको हाजिरी वादीले आफ्नै हस्ताले लेख्ने गरेकोमा ०२१ साल फाल्गुण ३ गतेसम्म वादीको हाजिरी भएकोबाट सो मितिसम्म नै काम गरेको प्रमाणीत छ । वादीले काम गरेको तलब महिना महिनामै लिइसक्नु पर्ने, नदिएको भए उसै बखत ऐनबमोजिम दावी गरी लिनुपर्ने कुरा हो । मैले ०२३ साल बैशाख मसान्त सम्मको तलब दिनुपर्ने होईन भन्नेसमेत पृथ्वीबहादुर शाहको ०२३।६।९ को प्रतिउत्तर । ३. प्रतिवादीले पेश गरेको हाजिरी रिकर्डबाट ०२१ साल फाल्गुण ३ गतेसम्म कामकाज गरेको देखिएको त्यसपछि हाजिर रही