निर्णय नं. ५५१ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५५१ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाउँ भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०३/०५ २६३३ निर्णय नं. ५५१ ने.का.प. २०२७ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०२६ सालको रिट नम्बर ४१२ निवेदक : का.जि.पक्नाजोल सल्लाघारी बस्ने सुकुमान श्रेष्ठ विरुद्ध विपक्षी : श्री अध्यक्ष, उच्च स्तरीय दौडाहा, ना.तथा बा.अ.मुकाम त्रिशुलीको हाल श्री ५ को सरकार गृहपञ्चायत मन्त्रालय, सिंहदरवार समेत बिषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाउँ (१) नेपाल बिशेष अदालत ऐन, २०१३ को दफा २ (२)–तिनजना सदस्य रहेको विशेष अदालतमा–अध्यक्ष सहित दुईजना सदस्यको उपस्थिति नभई अध्यक्ष एकजनाले मात्र कारवाई चलाएमा–उक्त कारवाईलाई अनधिकृत कारवाई भन्नु पर्ने । प्रस्तुत केशमा कानून मन्त्रालयको ०२५।८।९।१ को श्री ५ को सरकारको निर्णय अनुसार विभिन्न अञ्चलहरुको दौडाहा टोली खटाइएको सूचना १८ अतिरिक्ताङ्क २४ को २०२५।९।१३ गतेको राजपत्रमा प्रकाशित भएको छ र त्यसमा दौडाह टोली भनी अध्यक्ष सहित २ जना सदस्यहरु समेतको उल्लेख छ । प्रस्तुत केशमा उपरोक्त लेखिएअनुसार विशेष अदालत ऐन, २०१३ को दफा २ (२) अनुसार कम्तिमा १ जना अध्यक्ष र १ जना सदस्य सामेल भई विशेष अदालत गठन गरी मुद्दा मामिलामा कारवाही नगर्ने, कानूनी व्यवस्था प्रतिकूल केवल १ जना अध्यक्षले राममाया श्रेष्ठको निवेदनपत्र लिई कारवाई चलाई मिलापत्र गरे गराएको मिसिल सामेल रहेको सक्कल पानाहरुबाट देखिएकोले यस्तो कारवाई उक्त विशेष अदालत ऐन, २०१३ को दफा २ (२) अनुकूल भन्न कुनै हालतमा पनि नमिल्ने हुनाले अनधिकृत कारवाही भन्नु परी सोबाहेक अन्य जिकिर खोजी बुझिरहन दरकार नभएकोले संविधानको धारा ७१ अन्तर्गत २०२५।१२।२९।६ मा दौडाहाको अध्यक्षले गराएको मिलापत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने ठर्हछ । (प्रकरण नं. ६) निवेदक तर्फबाट : अधिवक्ता श्रीमुकुन्द रेग्मी विपक्षी तर्फबाट : सरकारी अधिवक्ता श्री प्रचण्डराज अनिल उल्लेखित मुद्दा : आदेश न्या.श्री रत्नबहादुर विष्ट १. विपक्षी राममाया श्रेष्ठले अंश ले भन्दा दिन्न भने मलाई र मेरो छोरा छोरीलाई समेत निकाली दिए । सगोलको जग्गा र गैह्र श्री सम्पत्ति निजैसंग छ । मलाई थाहा नदिई घरजग्गा समेत बिक्री गरेकाले खोजी गरी अरु जग्गा र गैर श्रीसम्पत्ति समेत बण्डा गरिपाउँ भनी रु.१। को टिकट टाँसी निवेदन गरेको छु । कारवाई गरिपाउँ भनी मेरा उपर विपक्ष अध्यक्षज्यू समक्ष निवेदन दिनु भएछ । सोही सिलसिलाबाट मैले नचिनेका प्रहरीद्वारा बिना म्याद बिना सूचना बिना वारेण्ट पक्राउ गरी लगी बयान गराई अन्तमा यसै निवेदनसाथ संलग्न रहेको विपक्ष अध्यक्षज्यूले आफ्नो अधिकारक्षेत्र नाघी गरैकानूनी तरिका अपनाई गराइएको तथाकथित मिलापत्र भनिएको कागजमा लेखिएअनुसार मेरा जिम्माको २ तले घर १ मा ३ भागको १ भाग र नातक मठतिरको काल मोचलने गुठी जग्गा ३।। को ३ भागको १ भाग र मोहियानी हकको जग्गा रोपनी २ को ३ भागको १ भाग दिनेछु र कान्छा बाबुबाट अपुताली आएको खेत ३। रोपनीको ३ भागको १ भाग र बाबुको भाग बेचेको घरको रु.७२५। को ३ भागको १ भाग समेत दिई आजको ७ दिनभित्र रीतपूर्वकको कागज गरी दिने छु भन्नेसमेत व्यहोरा पारी ०२५।१२।२९।६ मा मिलापत्र गराई दिनुका साथै यसमा विधवा आईमाई हुँदा हाल मिलापत्रानुसार अविलम्ब अंश पाउने दिलाउने आवश्यक कारवाई गरीदिनु होला भनी विपक्ष प्रमुख जिल्ला अधिकारीज्यूलाई ०२५।१२।३० मा आदेश दिई लेखी पठाइएक