निर्णय नं. ५५२ - बेइज्जती
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५५२ - बेइज्जती भाग: १२ साल: २०२७ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०४/१६ २११२ निर्णय नं. ५५२ ने.का.प. २०२७ फुल बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री राजा इश्वरीजंगबहादुर सिंह सम्वत् २०२६ सालको फौ.फु.नं. ३० वादी : ल.पु.ई. लगनखेल बस्ने हापु भन्ने चुर्णशम्शेरको सकार गर्ने शिलादेवी विरुद्ध प्रतिवादी : का.ई. भाटभटेनी घर भई कलकत्ता १२ नं.सरकस एभेन्यू बस्ने श्री ले.ज.एकराज शम्शेर ज.ब.रा मुद्दा : बेइज्जती (१) आदेश बमोजिम गुज्रेको हदम्याद थामिने अवस्था नदेखिएमा–वादी कस्का छोरा हुन् भनी तहकिकात गर्न पठाउँदा अंश मुद्दापट्टि निजलाई अंश दिन नपर्ने सर्वोच्च अदालतबाट ठहराई फैसला गरेमा–निज वादीलाई अंश मार्ने नियतले अर्काको छोरा भनी बेइज्जती गरेको भन्ने वादीको नालेस खारेज हुने । उपरोक्त आदेश बमोजिम गुज्रेको हदम्याद थामिनसक्ने अवस्था देखिएन, पहिले शुरु र अपीलले खारेज गरेकोमा ०२६।३।१९।६ को डिभिजन बेञ्चबाट अंशमा मार्न अर्कोको छोरा भनी बेइज्जती गरे भन्ने दावी हुँदा वादी कस्का छोरा हुन ठहर तहकिकात गर्नुपर्ने, अरु बेइज्जती सरहको भनी खारेज गर्न नहुने भनी तहकिकात गर्न पठाएको हकमा अंश मुद्दापट्टि अंशमा वादीको दावी लाग्न नसक्ने हुँदा खारेज हुने ठहरी आजै यसबेञ्चबाट फैसला भएको समेत हुँदा ऐनको हदम्याद नाघी दर्ता भएको नालेस खारेज हुने ठर्हछ । (प्रकरण नं. ११) वादीतर्फबाट : विपक्षी तर्फबाट : अधिवक्ता श्री गंगाप्रसाद उप्रेती उल्लेखित मुद्दा : फैसला न्या.श्री इश्वरीजंगबहादुर सिंह १. मेरी आमा गणेशमाया श्रेष्ठनी १२ वर्षको उमेर मै प.क.ज.धर्म शमशेर कहाँ बसी भैगोलिया भन्ने नाउँ राखेको पछि मजकुर धर्मसम्शेरका विर्यबाट मेरो आमाको गर्भ रही म जन्मेपछि छैटी न्वारान समेत गरी दिएको ज.नारायण सम्शेरद्वारा क्षेत्रीकी छोरी विवाह गरीदिएको बुबा धर्मसम्शेर स्वर्गे भएपछि वहाँको सम्पत्ति लिने धर्मपुत्र दाजु अन्यायका एकराज सम्शेरसंग अंश माग्दा नदिएकोले अंश भराई पाउँ भनी मैले देवानीमा नालिस गर्दा डोले जितलालको विर्यबाट गर्भ रही जन्मेकाले अंश दिन नपर्ने भन्ने प्रतिवादी दिनु भएछ । म खास धर्मशम्शेर कै छोरा हुँ । बुबा स्वर्गे भए तापनि वहाँको फोटो झिकी मेरो अनुहार समेत विचार भई म खुद धर्म शमशेरको छोरालाई पाप चिताई अंश मार्नका लागि ज्यापूको छोरा हो भनी प्रतिवादी दिएमा निज दाजुलाई ऐनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत चुर्णशम्शेरको ०९।४।१९।१ को फिरादपत्र । २. वादी हाम्रो घरमा जन्मेको र न्वारान छैटी यहाँ भए गरेको समेत कौनै कुरा हैन । जात भातै फरक पर्ने गरी अंश मुद्दाको प्रतिवादीमा लेखेको भनेकालाई बुबा मुमा छन्जेल कुराकानी केही नभएकोमा बुबाज्यू स्वर्गे भईबक्सेको यतिका वर्षपछि अब बुबाको छोरो भनी अर्कोको श्रीसम्पत्ति लुट्न खोज्ने वादीको अंशमा फिराद परेपछि भएको व्यहोरा प्रतिउत्तर दिएको हुँ । जन्माउने आमा समेत मरी सकेपछि अब बुबाको छोरा भनी जो भन्न आउँछ उसलाई अंश दिइरहनु कसरी निर्वाह होला, अनाहकमा दुःख दिएमा वादीलाई नै सजाय होस् भन्नेसमेत ले.ज.एकराज शमशेरको ०९।१०।२६।१ को प्रतिवादी । ३. निवेदनमा बेइज्जती गरेमा ३५ दिन भित्र नालेस दिनुपर्ने भन्ने र तोकमा व्यहोरा साँचो हो र पहिलापटक ७८ दिन भित्रको हो भने ऐनबमोजिम ७ दिनभित्र हाजिर भए रु.१। जरिवाना गरी म्याद थामी ऐन सावल बमोजिम गर्नु भन्ने भएको । सो दिन हिसाब गर्दा ८१ दिनका दिन दर्ता भएकोमा पनि बिरामी भई नालिस दिने म्याद गुज्रेको भन्